टम हल्यान्ड
टम हल्यान्ड Tom Holland | |
|---|---|
सन् २०१६ सान डिएगो कमिक-कनमा हल्यान्ड | |
| जन्म | थोमस स्टेनली हल्यान्ड १ जुन १९९६ किङ्स्टन अपोन टेम्स, लन्डन, इङ्ल्यान्ड |
| शिक्षा | ब्रिट स्कूल |
| पेशा | अभिनेता |
| कार्यकाल | सन् २००६–वर्तमान |
कार्य | पूर्ण सूची |
| पिता | डोमिनिक हल्यान्ड |
थोमस स्टेनली हल्यान्ड (जन्म १ जुन १९९६)[१] एक अङ्ग्रेजी अभिनेता हुन्। लन्डनको ब्रिट स्कूलको स्नातक, उनले सन् २००८ देखि २०१० सम्म लन्डनको वेस्ट इन्डमा 'बिली इलियट द म्युजिकल'को शीर्षक भूमिकामा मञ्चमा आफ्नो अभिनय जीवन सुरु गरेका थिए। यङ ब्रिटिस पर्फर्मर अफ द इअरका लागि लन्डन चलचित्र क्रिटिक्स सर्कल पुरस्कार प्राप्त गर्दै उनले प्रकोप चलचित्र द इम्पोसिबल (सन् २०१२) मा उनको अभिनीत भूमिकाका लागि उनले थप मान्यता प्राप्त गरेका थिए।
मार्भल सिनेमेटिक युनिभर्सका सुपरहिरो चलचित्रहरू क्याप्टेन अमेरिका: सिभिल वार (सन् २०१६), स्पाइडर-म्यान: होमकमिङ (सन् २०१७), एभेन्जर्स: इन्फिनिटी वार (सन् २०१८), एभेन्जर्स: इन्डगेम (सन् २०१९), स्पाइडर-म्यान: फार फ्रम होम (सन् २०१९) र स्पाइडर-म्यान: नो वे होम (सन् २०२१) मा स्पाइडर-म्यानको भूमिका खेल्नको लागि हल्यान्डले स्टारडम प्राप्त गरेका थिए। सन् २०१७ मा, हल्यान्डले बाफ्टा राइजिङ स्टार पुरस्कार प्राप्त गरेका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- टम हल्यान्ड अलमुभीमा
- इन्टरनेट चलचित्र डेटाबेसमा टम हल्यान्ड
- रोटेन टमेटोजमा टम हल्यान्ड
- टम हल्यान्ड ट्विटरमा
- इन्स्टाग्राममा टम हल्यान्ड