टम हल्यान्ड (अभिनेता)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
टम हल्यान्ड
Tom Holland
Tom Holland by Gage Skidmore.jpg
सन् २०१६ सान डिएगो कमिक-कनमा हल्यान्ड
जन्मथोमस स्टेनली हल्यान्ड
(१९९६-०६-०१) १ जुन १९९६ (उमेर २४)
किङ्स्टन अपोन टेम्स, लन्डन, इङ्ल्यान्ड
शिक्षाब्रिट स्कूल
पेशाअभिनेता
कार्यकालसन् २००६–वर्तमान
कार्य
पूर्ण सूची

थोमस स्टेनली हल्यान्ड (जन्म १ जुन १९९६)[१] एक अङ्ग्रेजी अभिनेता हुन्। लन्डनको ब्रिट स्कूलको स्नातक, उनले सन् २००८ देखि २०१० सम्म लन्डनको वेस्ट इन्डमा 'बिली इलियट द म्युजिकल'को शीर्षक भूमिकामा मञ्चमा आफ्नो अभिनय जीवन सुरु गरेका थिए। यङ ब्रिटिस पर्फर्मर अफ द इअरका लागि लन्डन चलचित्र क्रिटिक्स सर्कल पुरस्कार प्राप्त गर्दै उनले प्रकोप चलचित्र 'द इम्पोसिबल' (सन् २०१२) मा उनको अभिनीत भूमिकाका लागि उनले थप मान्यता प्राप्त गरेका थिए।

मार्भल सिनेमेटिक युनिभर्सका सुपरहिरो चलचित्रहरू 'क्याप्टेन अमेरिका: सिभिल वार' (सन् २०१६), 'स्पाइडर-म्यान: होमकमिङ' (सन् २०१७), 'एभेन्जर्स: इन्फिनिटी वार' (सन् २०१८), 'एभेन्जर्स: इन्डगेम' (सन् २०१९), र 'स्पाइडर-म्यान: फार फ्रम होम' (सन् २०१९) मा स्पाइडर-म्यानको भूमिका खेल्नको लागि हल्यान्डले स्टारडम प्राप्त गरेका थिए।

सन् २०१७ मा, हल्यान्डले बाफ्टा राइजिङ स्टार पुरस्कार प्राप्त गरेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Profile, tribute.ca; accessed 24 June 2015.

बाह्य कडीहरू[सम्पादन गर्ने]