सामग्रीमा जानुहोस्

टम ह्याङ्क्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फेब्रुवरि २००४मा टम ह्याङ्क्स

थोमस जेफरी ह्याङ्क्स (जन्म जुलाई ९ १९५६) एक अमेरिकी अभिनेता हुन् जो लोकप्रिय एवम् उत्कृष्ठ समालोचित चलचित्रहरूमा उल्लेख्य भूमिका खेलेर सुप्रसिद्द छन्। उनले आफ्नो अभिनय क्षमताका लागि प्रसिद्दि पाएका छन्, र उनी फरेस्ट गम्पको निमुखो देखि, फिलाडेल्फियाको प्रेरणादायी नेत्रित्व र, अपोलो १३को डटि रहने कमाण्डर सम्मका धेरै प्रकारका भूमिका निभाउन सक्षम छन्। ह्याङ्क्स सामान्यतया प्रेरणादायी असल ब्यक्तिको भूमिका न्यानोपनका साथ निभाउन सक्षम छन्, तर रोड टु पर्डिशनमा ज्यानमाराको भूमिका खेल्न पनि उत्तिकै सक्षम छन्।

ह्याङ्क्सले सुरु सुरुमा धेरैजसो हास्यहरूमा अभिनय गरेता पनि, पछि हास्यबाट टाढिदै बढि गम्भिर नाट्य बनाउन सुरुगरे। तैपनि, हालसालका वर्षहरूमा उनी आफ्नो पुरानै हास्यव्यङ्गको जरो तिर फर्कँदै, धेरै हास्यहरूमा खेल्न पुगेका छन्।

ह्याङ्क्स अहिलेका सबैभन्दा खोजिने मुख्य अभिनेताहरू मध्येका एक हुन्। हालैका दुई चलचित्रका लागि उनको पारिश्रमिक प्रत्येकको २ करोड अमेरिकी डलर (लगभग, रु १ अर्ब ४० करोड) थियो। फरेस्ट गम्पको लोकप्रिय मुख्य भूमिकाको लागि उनले ७ करोड अमेरिकी डलर (लगभग रु. ५ अर्ब) आम्दानि गरे।

कङ्कर्ड, क्यालिफोर्नियामा जन्मेका ह्याङ्क्सले, पछि क्यालिफोर्निया राज्य विश्वविद्यालय, साक्रामेन्टोमा रङ्गमञ्च अध्ययन गरे। उनले कलेजको नाटकमा भाग नपाए पछि, सामुदायिक रङ्गमञ्चमा जाँच दिए। निर्देशकले क्लिभल्यान्ड, ओहायो जान उनलाई बोलाए, र त्यहिँबाट उनको अभिनय इलम सुरु भयो।

ह्याङ्क्स राष्ट्रिय अन्तरिक्ष समाजका सदस्य हुन् र उनले अन्तरिक्षयात्रीहरूलाई चन्द्रमा पुर्याउने अपोलो कार्यक्रम सम्बन्धि, एचबिओको लघुश्रीङ्खला फ्रम द अर्थ् टु द मुनको निर्माण गरे।

सन् १९८८देखि ह्याङ्क्स अभिनेत्री रिटा विल्सनसँग विवाहित छन्। उनिहरूको भेट चलचित्र भोलेन्टियर्स (१९८५)मा काम गर्दा भएको हो। उनिहरूका दुई सन्तान छन्। ह्याङ्क्सको अघिल्लो विवाह १९७८ देखि १९८७ सम्म समान्था लिविससँग भएको थियो। त्यस विवाह बन्धनले पनि दुई सन्तान जन्मायो (जसमध्येका एक, अभिनेता कलिन ह्याङ्क्स हुन्)।

ह्याङ्क्सले एकपछि अर्को सर्बोत्कृष्ठ अभिनेताका लागि ओस्कार जिते, फिलाडेल्फिया (१९९३) र फरेस्ट गम्प (१९९४)मा गरेको अभिनयका लागि। उनी अहिलेसम्मकै कम उमेरका अमेरिकन फिलिम इन्स्टिच्युटको लाईफ अचिभमेन्ट अवार्ड २००२ पाउने ब्यक्ति हुन्।

ह्याङ्क्स, अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनकी आमा, न्यन्सि ह्याङ्क्सको एक सम्भावित पिता, जेम्स ह्याङ्क्सको नातेदार हुन भन्ने दावि गर्छन। उनको एक बंशावलीले त्यो सम्बन्ध देखाउन खोजेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]