टान्डो महम्मद खान जिल्ला
टान्डो महम्मद खान ضلعو ٽنڊو محمد خان |
|
---|---|
— जिल्ला — | |
सिन्ध प्रदेशमा टान्डो महम्मद खान जिल्लाको अवस्थिति | |
देश | ![]() |
प्रदेश | सिन्ध |
सदरमुकाम | टान्डो महम्मद खान |
क्षेत्रफल | |
- जम्मा | १,७३३.९९ किमी२ (६६९.५ वर्ग मी) |
जनसङ्ख्या (२०१७)[१] | |
- जम्मा | ६७७,२२८ |
- जनघनत्व | ३९०.६/किमी२ (१,०११.५/वर्ग मी) |
समय क्षेत्र | पाकिस्तानी समय (युटिसी+५) |
तहसीलको सङ्ख्या | ३ |
टान्डो महम्मद खान जिल्ला (सिन्धी: ضلعو ٽنڊو محمد خان, उर्दू: ضلع ٹنڈو محمد خان) पाकिस्तानको सिन्ध प्रदेशमा रहेको एक जिल्ला हो । यस जिल्लाको उत्तरमा हैदराबाद र टान्डो अलाहर जिल्ला रहेको छ भने बादिन जिल्ला दक्षिण र पुर्वमा रहेको छ त्यस्तै थट्टा जिल्लाले पश्चिमा घेरेको छ । यस जिल्लाको उत्तर-पश्चिमहुँदै सिन्धु नदी बगेको छ । यस जिल्लाको सदरमुकाम टान्डो महम्मद शहर हो ।
सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या ६,७७२,०० रहेको छ । सन् १९९८ जनगणनाका अनुसार यस जिल्लाको प्रमुख भाषा सिन्ध भाषा हो जुन ९१% मानिसहरूको मात्रृभाषा हो भने उुर्दु २.८% छ भने पञ्जाबी २.३% रहेको छ ।
मौसम[सम्पादन गर्ने]
यस जिल्लाको वातावरण मध्यम खालको छ । यद्यपि अप्रिल मे र जुनको महिनामा धेरै तातो हुने गरेको छ । डिसेम्बर र जनवरी सबैभन्दा जाडो महिना हो जुन क्रमश अधिकतम ३० डिग्री देखि न्युनतम १० डिग्री तापमान हुन्छ । वर्षा लगभग १३० मिलिमिटरको औसतमा पर्छ वर्षा ऋतु जुलाई देखि सेप्टेम्बर महिना सम्म हुन्छ ।
कृषि[सम्पादन गर्ने]
यस जिल्लाको कुल ७०% जनसङ्ख्या कृषिमा अवद्ध छन् । जिल्लामा भएको मुख्य खेतीहरू गँहु, घान, उखु, कपास अादि हुन् । पिनयारी र अकराम यस जिल्लाको प्रमुख सिंचाइ गर्ने नहरहरू हुन् । सन् २०१७ को जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ६,७७२,२८ रहेको छ जसमा पुरुषको सङ्ख्या ३,५००,१० रहेको छ भने महिलाको सङ्ख्या ३,२७२,०२ रहेको छ । यस जिल्लाको सन् १९९८-२०१७ को तथ्याङ्क अनुसार वार्सिक जनसङ्ख्या विद्धि दर २.३१% रहेको छ ।[२]
इतिहास[सम्पादन गर्ने]
यस जिल्लाको नाम मिर महम्मद खान सहावान तालपुरको नामबाट राखिएको हो । यो जिल्ला बादिन-हैदराबाद राष्ट्रिय राजमार्गमा हैदराबादबाट ३५ किलोमिटरको दुरीमा पर्छ ।
शिक्षा[सम्पादन गर्ने]
टान्डो महम्मद खान जिल्ला अालीफ अालिएनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस जिल्ला पाकिस्तानको ११५अौँ स्थानमा पर्छ । शिक्षा अंकमा सिक्ने अंक, अवधारण अंक र लैङ्गिक समानता अंक समावेश गरिएको छ ।
मध्य विद्यालयको पूर्वाधार अंक सूचकांकमा आधारभूत सुविधाहरूको उपलब्धता र विद्यालयको भवन परिस्थितिमा ध्यान केन्द्रित गरिएको छ । टन्डो मोहम्मद खानलाई ८६ औं स्थानमा राखेको छ । विद्यालयहरूमा बिजुली बत्ती, पिउने पानी र अन्य अाधारभूत पुर्वाधारहरूको कमी र असुरक्षित भवनको अवस्थाको कारणले जिल्लाको अंक चिन्ताजनक रहेको छ ।
सरकारी विद्यालयहरूमा धेरै जसो पाठ्यपुस्तकहरू हरेक बालबालिकाको निशुल्क प्रदान गरिन्छ भने केही पुस्तकका लागि उच्च सुल्क लाग्ने हुँदा आमाबाबुहरूले वस्तुहरूको लागि शुल्क लगाएकामा विरोध गर्दै अाएका छन् । शिक्षाको स्तरमा टुन्डो मुहम्मद खान जिल्ला सिन्धको अन्य जिल्लाको रूपमा प्रासंगिक रहेको छ जहाँ मूल शिक्षिक पाठ्यपुस्तकहरू उुर्दु र अङ्ग्रेजीमा नभई सिन्ध भाषामा उपलब्ध गराइएको छ ।[३]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "२०१७-पाकिस्तानको जिल्ला अनुसारको जनसङ्ख्या", पिबिएस सेन्सस, मूलबाट २०१७-०८-२९-मा सङ्ग्रहित।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ जिल्ला सरकार - टान्डो महम्मद खान जिल्ला
- ↑ २०१७ पाकिस्तान जिल्ला शिक्षा बरियता-२०१७. इस्लामाबद: अालीफ अालिएन
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा टान्डो महम्मद खान जिल्ला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |