ट्वान्टी२० अन्तर्राष्ट्रिय
ट्वान्टी२० अन्तर्राष्ट्रिय (टि२०आइ उच्चारण "टि ट्वान्टी आइ") क्रिकेटको एउटा रूप हो जुन दुई राष्ट्रिय क्रिकेट टिम बीच खेलिने २० ओभरको एउटा प्रतियोगिता हो । यो खेल ट्वान्टी२० क्रिकेटको नियम अन्तर्गत खेलिन्छ । पहिलो ट्वान्टी२० अन्तर्राष्ट्रिय खेल १७ फेब्रुअरी २००५ मा अस्ट्रेलिया तथा न्यू जील्यान्ड बीच इडेन पार्क अकल्यान्डमा खेलिएको थियो जसमा अस्ट्रेलिया ४४ रनले बिजयी भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले पहिलो आधिकारिक क्रमाङ्क सन् २०११ अक्टोबर २४ मा जारि गर्दा इङ्ल्यान्ड शिर्ष स्थानमा रहेको थियो ।[१]
टि२०आइ दर्जा प्राप्त टिमहरू
[सम्पादन गर्नुहोस्]टेस्ट क्रिकेट खेल्ने १० राष्ट्र (जो आइसीसीको पूर्ण सदस्य पनि हुन्) लाई स्थायी टि२०आइ दर्जा प्राप्त छ । तल उल्लेखित टिमहरूको पहिलो टि२०आइ सुरु गरेको मिति कोष्ठमा दर्साइएको छ:
- न्युजिल्यान्ड (१७ फेर्ब्रुअरी २००५)
- अस्ट्रेलिया (१७ फेर्ब्रुअरी २००५)
- इङ्ल्यान्ड (१३ जुन २००५)
- दक्षिण अफ्रिका (२१ अक्टोबर २००५)
- वेस्ट इन्डिज (१६ फेब्रुअरी २००६)
- श्रीलङ्का (१५ जुन २००६)
- पाकिस्तान (२८ अगस्त २००६)
- बङ्गलादेश (२८ नोभेम्बर २००६)
- जिम्बाब्वे (२८ नोभेम्बर २००६)
- भारत (१ डिसेम्बर २००६)
सन् २००५बाट आइसीसीले ओडीआई तथा टि२०आई दर्जा ६ अन्य टिमहरू (एसोसिएट/संबद्ध सदस्यहरूको रूपमा रहेको)लाई दिंदै आएको छ । कुनै पनि टिमले सो अस्थायी दर्जा ४ वर्षको लागि प्राप्त गर्न आइसिसी क्रिकेट लिग चौ वर्षीय प्रदर्शनको आधारमा प्राप्त गर्न सक्छन – वा, आइसिसी विश्वकप छनौट प्रतियोगिताको अन्तिम ६ टिम बनेर प्राप्त गर्न सक्छन । आइसिसी विश्वकप छनौट प्रतियोगिता विश्व क्रिकेट लिगको अन्तिम प्रतियोगिता हो । सन् २०१४ जुन २८ मा आइसिसीले नेपाल तथा नेदरल्यान्डलाई टि२०आई दर्जा प्रदान गरेको थियो, दुवै टिम जुन २०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीमा छनौट तथा सहभागी भएका थिए ले ओडीआई दर्जा प्राप्त गर्न असक्षम भएका थिए ।[२] निम्नलिखित ८ टिमहरू वर्तमानमा यस दर्जा प्राप्त गरेका छन् (कोष्ठकमा दिइएको मितिले उनीहरूले अस्थायी ओडीआई तथा टि२०आई दर्जा प्राप्त गरेपछी खेलेको पहिलो टि२०आई म्याच दर्साइएको छ ):
- स्कटल्यान्ड (१२ सेप्टेम्बर २००७ बाट, २०१८ क्रिकेट विश्वकप छनौट सम्म)
- आयरल्यान्ड (२ अगस्ट २००८ बाट, २०१८ क्रिकेट विश्वकप छनौट सम्म)
- अफगानिस्तान (१ फेब्रुअरी २०१० बाट, २०१८ क्रिकेट विश्वकप छनौट सम्म)
- हङकङ (१ फेब्रुअरी २०१४ बाट, २०१८ क्रिकेट विश्वकप छनौट सम्म
- पपुवा न्युगिनी (१ फेब्रुअरी २०१४ बाट, २०१८ क्रिकेट विश्वकप छनौट सम्म)
- संयुक्त अरब इमिरेट्स (१ फेब्रुअरी २०१४ बाट, २०१८ क्रिकेट विश्वकप छनौट सम्म)
- नेपाल (२८ जुन २०१४ बाट, २०१८ क्रिकेट विश्वकप छनौट सम्म)
- नेदरल्यान्ड (२८ जुन २०१४ बाट, २०१८ क्रिकेट विश्वकप छनौट सम्म)
लगत्तै, चार अन्य एसोसिएट राष्ट्र विश्व क्रिकेट लिगमा राम्रो प्रदर्शन गरेको आधारमा अस्थायी एकदिवसीय र टि२०आई दर्जा दिइएको थियो जुन पछि विश्वकप छनौटमा स्तरीय प्रदर्शन नगरेकोले हटाइएको छ :
- केन्या (१ सेप्टेम्बर २००७ बाट, ३० जनवरी २०१४सम्म)
- नेदरल्यान्ड (२ अगस्ट २००८ बाट, २८ जनवरी २०१४सम्म)
- क्यानडा (२ अगस्ट २००८ बाट, २८ जनवरी २०१४सम्म)
- बर्मुडा (३ अगस्ट २००८ बाट, ८ अप्रिल २००९सम्म)
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- नेटवेस्ट अन्तर्राष्ट्रिय ट्वान्टी२० वेब्याक मेसिन अभिलेखिकरण २००६-०२-०५ मिति