टेन्सेन्ट विबो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टेन्सेन्ट विबो
चित्र:टेन्सेन्ट विबो.png
साइटको प्रकार
सुक्ष्म ब्लगिङ
उपलब्ध भाषाचिनियाँ, अङ्ग्रेजी[१]
मालिकटेन्सेन्ट
युआरएलt.qq.com
व्यवसायिकहो
चालु भएको मिति१ अप्रिल २०१० (2010-04-01)
वर्तमान स्थितिचालू
टेन्सेन्ट विबो
सरलीकृत चिनियाँ 腾讯微博
परम्परागत चिनियाँ 騰訊微博

टेन्सेन्ट विबो एक चिनियाँ सुक्ष्म ब्लगिङ (विबो) वेबसाइट हो जुन प्रख्यात चिनियाँ इन्टरनेट निगम टेन्सेन्टद्वारा अप्रिल २०१० मा सुरु गरिएको थियो। प्रयोगकर्ताहरूले वेब, सन्देश वा स्मार्टफोन मार्फत १४० चिनियाँ वर्णहरू सहित सन्देश प्रसारण गर्न सक्दछन्।[२]

परिचय[सम्पादन गर्नुहोस्]

टेन्सेन्ट विबो एक सामाजिक सञ्जाल हो जसले सबै प्रयोगकर्ताहरूलाई एकसाथ जोड्दछ। यसले मित्रहरू बीचको संवादलाई बढाउँदछ। प्रयोगकर्ताले तस्वीर, श्रव्य दृश्य र पाठ साझेदारी गर्न सक्दछ जसको सीमा १४० चरित्र हो। टेन्सेन्ट विबोको पुन: सार्वजनिक गर्ने कार्य टुइटर "रिटुइटि" सँग मिल्दोजुल्दो छ, जुन @ फारममा जवाफ दिइन्छ। तुलनात्मक रूपमा, टेन्सेन्ट विबोले प्रयोगकर्ताहरूलाई आफ्नै नयाँ विषयहरू सृजना गर्न प्रोत्साहित गर्दछ। क्युक्युको समर्थनसँग, कम्पनीले रणनीतिक स्तरमा टेन्सेन्ट विबो सुरु गर्न चाहेको थिएन, तर प्रतिस्पर्धीहरूलाई रोक्न एक बजारशास्त्र रणनीतिको रूपमा यसलाई सुरु गरिएको थियो।

धेरै चिनियाँ प्रख्यात मानिसहरू टेन्सेन्ट विबोका प्रयोगकर्ताहरू हुन् जसमा अरबपति मा हुवातेङ, झोउ हङ्ई, लियु जियाङ र जेट लि लगायतका समावेश छन्।

विशेषता[सम्पादन गर्नुहोस्]

सुरुमा केवल क्युक्यु प्रयोगकर्ताहरूले उनीहरूको आफ्नै क्युक्यु सङ्ख्याको अनुरूप थङ्सिज विबोमा खाता दर्ता गर्न सक्दथे। विबो खाताहरू क्युक्यु प्रयोगकर्ताहरूको लागि स्वचालित रूपमा दर्ता हुँदैन, उनीहरूले दर्ताका लागि टेन्सेन्ट विबो पृष्ठमा प्रवेश गर्न आवश्यक छ। ईडाँक ठेगाना दर्ताका लागि प्रयोग गर्न सकिन्छ (पहिला क्युक्यु ईडाँक ठेगाना मात्र समर्थित थियो)। सार्वजनिक सामग्रीको युआरएल डटसिएन डोमेन नाममा छोट्याउन सकिन्छ। प्रत्येक प्रयोगकर्ताहरूले २,००० व्यक्तिलाई पछ्याउन सक्दछन्। क्युक्यु ग्राहकहरू (क्युक्यु२०१० परीक्षण संस्करण वा पछिल्लो संस्करणको विन्डोज सरलीकृत चिनियाँ संस्करण), क्युक्यु पिनयिन प्रविष्ट विधि, सुशाङ्ख्य, स्मार्टफोनमा (आइफोन, एन्ड्रोइड , एस६० , र के जाभा), सन्देश र एमएमएस मार्फत , प्रयोगकर्ताहरूले सुक्ष्म ब्लगिङ सन्देशहरू प्रसारण गर्न सक्दछन्। यसको अतिरिक्त, तस्वीरहरू संक्षिप्त सन्देश सेवा बाहेक सबै फारममा घुसाउन सकिन्छ। साथै, प्रयोगकर्ताहरूले श्रव्य दृश्यहरू (टेन्सेन्ट श्रव्य दृश्य ) र गीतहरू ( क्युक्यु सङ्गीत) थप्न सक्दछन्, जुन हालको गृह पृष्ठमा मात्र समर्थित छ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २००७ को सुरुमा, टेन्सेन्टले एक सुक्ष्म ब्लगिङ जस्तो वेबसाइट टाओटाओ डटकमको सुरु गरेको थियो। यद्यपि, केहि सञ्चालन समस्याहरूको कारण, २६ जनवरी २०१० मा, टेन्सेन्टले वेबसाइट बन्द गर्ने र क्युजोनमा समायोजन गर्ने घोषणा गरेको थियो। [३] पछि मार्चमा, क्युओओसियु डटकम (टेन्सेन्टका उत्पादनहरूलाई ध्यान केन्द्रित गर्ने ब्लग) टेन्सेन्ट विबोको आन्तरिक परीक्षण संस्करणका केहि पर्दा चित्रणहरू जारी गरेको थियो।[४] १ अप्रिलमा, टेन्सेन्टले यसको सार्वजनिक परीक्षण संस्करणको सुरु गरेको थियो जसमा आमन्त्रित अङ्कको साथ व्यक्तिले परीक्षणमा भाग लिन सक्दछन्। सोही दिनमा, टेन्सेन्टले यसको क्युक्यु२०१० संस्करण जारी गरेको थियो जसमा सुक्ष्म ब्लगिङ सुविधाहरू समावेश थियो।[५] सन् २०१२ को दोस्रो त्रैमासिकमा यसमा ४६९ मिलियन दर्ता भएका प्रयोगकर्ताहरू रहेका थिए।[६] २३ जुलाई २०१४ मा, टेन्सेन्ट निगमले यसले आफ्नो सुक्ष्म ब्लगिङ सेवाको सञ्चालन टोलीलाई कम्पनीको समाचार टोलीमा एकीकृत गर्ने घोषण गरेको थियो। सञ्चार माध्यमले जनाएका अनुसार, पछि यसले आफ्नो सुक्ष्म ब्लगिङ विभाग खारेज गरेको र यसको सुक्ष्म-ब्लगिङ सेवा अद्यावधिक गर्न रोक्ने जनाएका थिए।[७]

विकासकर्ता मञ्च[सम्पादन गर्नुहोस्]

टेन्सेन्ट विबोले विकासकर्ता र प्रयोगकर्ताहरूलाई वार्ता गर्न र आँकडा साझा गर्नका लागि 'खुला' मञ्चको रूपमा कार्य सञ्चालन गर्दछ। प्रवेश गरेपछि, विकासकर्ता र प्रयोगकर्ताहरूले अनुप्रयोग सृजना गर्न खुला एपिआई प्रयोग गर्न सक्दछन्। अनुप्रयोगको माध्यमबाट, ती जानकारी प्राप्त गर्न वा नयाँ जानकारी फैलाउन सक्छन्।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Tencent Weibo Launches English Version, Goes Bilingual Faster than Sina", टेक इन एसिया, अन्तिम पहुँच कात्तिक २०७६ 
  2. 腾讯微博, "腾讯微博的官方微博", अन्तिम पहुँच २०१०-१२-३१  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-०२ मिति
  3. 新浪科技, "腾讯将关闭滔滔微型博客业务", अन्तिम पहुँच २०१०-०१-२६ 
  4. [टेक वेब, "腾讯微博内测图曝光:将与QQ无缝集成", अन्तिम पहुँच २०१०-०३-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०३-०७ मिति
  5. माई ड्राइभर्स, "配合腾讯微博公测 QQ2010 Beta3试用版发布", अन्तिम पहुँच २०१०-०४-०१ 
  6. ष्टिभ मिलवार्ड (२०१२-१०-२२), "中国被遗忘的第三个推特克隆点击2.6亿用户", टेक इन एसिया, अन्तिम पहुँच २०१२-१०-२५ 
  7. लियाङ फेई (२०१४-०७-२४), "腾讯将减少微博运营", अन्तिम पहुँच २०१४-०७-२४ 
  8. ZOL.名人聚集地 腾讯微博限量内测版初体验[EB/OL].http://xiazai.zol.com.cn/article_topic/172/1720982.html, 2010-4-1.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:टेन्सेन्ट ढाँचा:सुक्ष्म ब्लगिङ