ट्राभलओका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ट्राभलओका
साइटको प्रकार
इ-वाणिज्य
उपलब्ध भाषाअङ्ग्रेजी
इन्डोनेसियाली
थाई
मलाय
भियतनामी
मुख्यालयहरूजाकार्ता, इन्डोनेसिया
सेवा क्षेत्र
मालिकपर्सिरन टर्बटास त्रिनुसा ट्राभलइण्डो
मुख्य व्यक्तिहरूडेरियान्टो कुसुमा
फेरी उनर्डि
अल्बर्ट झाङ
उद्योगयात्रा अनलाइन
कर्मचारीहरू१२००+
अलेक्सा क्रमह्रास ३,९६७ (डिसेम्बर २०१९)[१]
चालु भएको मितिफेब्रुअरी २०१२
वर्तमान स्थितिचालू

ट्राभलओका एक इन्डोनेसियाली बहुमूल्य कम्पनी हो जसले उडान टिकट र होटल आरक्ष सेवाहरूको प्रदान गर्दछ। यसले दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा सेवा सञ्चालन गरिरहेको छ। [२] यो भर्खरै जीवन शैलीका उत्पादन र सेवाहरू प्रदान गर्न विस्तार भएको थियो जसमा आकर्षण टिकट, गतिविधि, कार भाडा, र रेस्टुरेन्ट भौचरहरू समावेश छन्।[३] कम्पनीको प्रधान कार्यालय इन्डोनेसियाको राजधानी जाकार्तामा रहेको छ भने यसका सेवा सञ्चालनमा रहेका देशहरूमा यसका क्षेत्रीय कार्यालयहरू रहेका छन्। [४]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २०१२ मा संयुक्त राज्य अमेरिकाबाट इन्डोनेसियामा फर्केका सूचना प्रविधि विज्ञहरू जस्तै डेरियान्टो कुसुमा, फेरी अनार्डी र अल्बर्ट झाङले ट्राभलओकाको स्थापना संयुक्त रूपमा गरेका थिए।[५] कम्पनीको टोलीमा सन् २०१३ मा कावलपेमिलु डट ओआरजीका आरम्भकर्ता ऐनुन नजीब सामेल भएका थिए।[२]

संयुक्त राज्य अमेरिकाबाट आफ्नो गृहनगर पादाङ, इन्डोनेसिया फर्कन चाहने बेलामा सह संस्थापक पेरी अनार्डीलाई विमान आरक्षमा कठिनाई भएको खण्डमा यसको स्थापनाको विचारको उत्पत्ति भएको थियो।[६]

जनवरी २०१९ मा, ट्राभलओकाले भारतको एक सहर बेङ्गलुरुमा अनुसन्धान र विकास केन्द्रको स्थापन गरेको थियो।[७] यो नयाँ अनुसन्धान र विकास केन्द्रमा सुविधा यसको सिङ्गापुरमा रहेको केन्द्र पछि यसको दोस्रो हो।[८]

सुरुमा, ट्राभलओकाले खोज संयन्त्रको रूपमा सेवा प्रदान गरेको थियो र यसले विभिन्न अन्य साइटहरूबाट हवाई टिकटको मूल्य तुलना गर्न प्रयोगकर्ताहरूलाई सक्षम तुल्याएको थियो। सन् २०१३ को मध्यमा ट्राभलओका त्यसपछि टिकट आरक्षण वेबसाइटमा परिणत भएको थियो, जहाँ प्रयोगकर्ताहरूले यसको आधिकारिक वेबसाइटमा माग राख्न सक्दछन्।[९] मार्च २०१४ मा, फेरी अनार्डीले ट्राभलओकाले चाँडैनै होटल कोठा आरक्षण व्यवसायमा प्रवेश गर्ने जनाएका थिए। जुलाई २०१४ मा, होटल आरक्ष सेवाहरू पहिलो पटक ट्राभलओकाको वेबसाइटमा बिक्री गरिएको थियो।[१०]

लगानी[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१२ मा ट्राभलओकाले इष्ट भेञ्चर्सले कम्पनीमा सुरुवातको लगानी गरेको घोषणा गरेको थियो। सेप्टेम्बर २०१३ मा ट्राभलओकाले ग्लोबल फाउन्डर्स क्यापिटलद्वारा कोष सङ्कलनको पहिलो चरणको कम्पनीमा लगानी गर्ने घोषणा गरेको थियो। लगानीबाट कोषहरू नयाँ सेवाहरू निर्माण गर्न प्रयोग गरिएको थियो जसमा होटल आरक्ष र यात्रा सुविधाहरू समावेश छन्।[११]

जुलाई २०१७ मा, ट्राभलओका अनलाइन यात्राका सर्वाधिक लोकप्रिय सेवा एक्सपिडिया, इष्ट भेञ्चर्स, हिलहाउस पूँजी समूह, जेडि डटकम र सेक्वाइया पूँजी जस्ता कम्पनीहरूबाट ४.६ खर्ब इन्डोनेसियाली रुपिया प्राप्त गरेको थियो। अन्य प्रतिष्ठित कम्पनीहरूबाट खरबौं रकम सङ्कलन गरेका कारण यसलाई मूल्यवान कम्पनी पनि भन्न सकिन्छ।[१२]

टोली[सम्पादन गर्नुहोस्]

ट्राभलओकाका संस्थापक सूचना प्रविधि विज्ञहरू थिए जो संयुक्त राज्य अमेरिकाबाट इन्डोनेसियामा फर्केका थिए।

१) डेरियान्टो कुसुमा संस्थापक टोलीका सदस्य हुन्। उनी स्टानफोर्ड विश्वविद्यालयका स्नातक हुन् र उनले सिलिकन उपत्यकामा लिङ्क्डइनको वरिष्ठ सफ्टवेयर अभियान्ताको रूपमा काम गरेका थिए।

२) फेरी अनार्डी, हार्वर्ड विश्वविद्यालय व्यवसाय विद्यालयका स्नातक थिए जसले पहिला माइक्रोसफ्टका लागि काम गरेका थिए।

३) अल्बर्ट झाङ, पर्डु विश्वविद्यालयका स्नातक थिए जसले पहिला सेल्सफोर्समा काम गरेका थिए।[१३]

सन् २०१५ को सुरूमा, कम्पनीको टोलीमा ५० भन्दा बढी व्यक्तिहरू रहेका थिए। तिनीहरूको टोलीमा सन् २०१३ मा कावलपेमिलु डट ओआरजीका आरम्भकर्ता ऐनुन नजीब सामेल भएका थिए।[१४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ट्राभलओका वेबसाइटको जानकारी", अलेक्सा इन्टरनेट, अमेजन डटकम, अन्तिम पहुँच २०१८-०४-०४  = Archive.today अभिलेखिकरण २०१८-०५-०४ मिति
  2. २.० २.१ http://dailysocial.net/post/layanan-pencarian-tiket-pesawat-traveloka-masuki-tahap-public-beta
  3. "Cerita Ferry Unardi Dirikan Traveloka Hingga Masuk ke Pasar Asia Tenggara | Surabaya Bisnis.com", अन्तिम पहुँच २०१९-०८-०१ 
  4. "Tech in Asia Indonesia - Komunitas Online Startup di Asia", id.techinasia.com (बहासा इन्डोनेसियामा), अन्तिम पहुँच २०१९-०८-०१ 
  5. http://www.bloomberg.com/research/stocks/private/snapshot.asp?privcapId=224266003
  6. http://www.eyerys.com/articles/people/way-travel-ferry-unardi
  7. http://www.tnooz.com/article/story-behind-travelokas-pivot-metasearch-ota/
  8. http://id.berita.yahoo.com/blogs/jagat-pintar/solid-di-bisnis-tiket-penerbangan--traveloka-segera-rambah-segmen-reservasi-kamar-hotel-034417895.html
  9. http://e27.co/east-ventures-funds-indonesian-travel-startup-by-ex-silicon-valley-engineer/
  10. http://e27.co/travel-portal-traveloka-is-first-investment-by-samwer-brothers-in-asia/
  11. "Traveloka raih investasi 500 juta dolar - ANTARA News", अन्तरा समाचार (बहासा इन्डोनेसियामा), अन्तिम पहुँच २०१८-०२-१९ 
  12. "Traveloka raih investasi 500 juta dolar - ANTARA News", अन्तरा समाचार (बहासा इन्डोनेसियामा), अन्तिम पहुँच २०१८-०२-१९ 
  13. "https://thuexecarnival.com/", १४ नोभेम्बर २०१७, अन्तिम पहुँच १७ नोभेम्बर २०१७ 
  14. http://www.beritasatu.com/food-travel/247382-ainun-najib-bergabung-dengan-traveloka.html

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]