सामग्रीमा जानुहोस्

टोटल एक्सेस कम्युनिकेसन पब्लिक कम्पनी लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(डिट्याकबाट अनुप्रेषित)
पूर्ण पहुँच सञ्चार सार्वजनिक कम्पनी लिमिटेड
व्यवसाय प्रकार
सार्वजनिक कम्पनी
व्यावसायिक रूपढाँचा:SET
ढाँचा:Sgx
उद्योगदूरसञ्चार
स्थापित३१ अगस्ट १९८९; ३६ वर्ष पहिले (१९८९-०८-31)
स्थापनाकर्ताBoonchai Bencharongkul विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
केन्द्रीय कार्यालयबैङ्कक, थाइल्यान्ड
मुख्य व्यक्ति
अलेक्जेन्ड्रा रिचा (कार्यकारी अधिकृत)
उत्पादनहरूमोबाईल, इन्टरनेट
आम्दानीह्रास ८७,७५३ मिलियन (२०१५)
ह्रास ५,८९३ मिलियन (२०१५)
कुल सम्पत्ति ११०,९६५ मिलियन (२०१५)
मूल सङ्गठनटेलिनर
वेबसाइटwww.dtac.co.th

पूर्ण पहुँच सञ्चार सार्वजनिक कम्पनी लिमिटेड सामान्यतया डिटिएसी थाइल्याण्डमा उन्नत जानकारी सेवा कम्पनी वा एआइएस र ट्रु पछिको तेस्रो-सबैभन्दा ठूलो जीएसएम मोबाइल फोन प्रदायक हो । डीटीएसीले टेलिनरको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वामित्व लिएको छ, र दुवै कम्पनीले एउटै लोगोको प्रयोग गर्दछन् । ३१ डिसेम्बर २०११ का अनुसार, डीटीएसीका २३.२ मिलियन प्रयोगकर्ताहरू रहेका छन् भने कुल बजार साझेदारीको ३०% भाग आेगट्न सफल रहेको छ । [] यसले रोमिङ सम्झौताको लागि १४७ वटा राष्ट्रहरू सँग सहकार्य गरेको छ ।

सन् २०१५ मा डिटीएसीको १,१०,९६५ मिलियन कुल सम्पत्ति रहेको छ भने ८७,७५३ मिलियन राजस्व सङ्कलन गरेको छ र यसले ५,८९३ मिलियन मुनाफा कमाएको छ । यसको मुख्य कार्यलय थाइल्यान्डको बैङ्ककमा रहेको छ ।

११ अप्रिल २०१२ का अनुसार, डिटीएसीको मालिक कम्पनी बीसीटीएन होल्डिङ्स वनेको थियो ।[]

एसियाली मोबाइलन्यूज म्यागजिन द्वारा आयोजित कार्यक्रममा, डिटीएसीलाई लगातार तीन वर्षसम्म (२००५-२००७) थाईल्याण्डको सर्वश्रेष्ठ मोबाइल सञ्चालकको पुरस्कार दिइएको थियोे । यो निजी लिमिटेड कम्पनीको रूपमा स्थापित भएको थियोे ।

सेवा र सेवा क्षेत्र

[सम्पादन गर्नुहोस्]

यसको मुख्य प्रतिद्वन्द्वी, जानकारी सेवा कम्पनीको तुलनामा पूर्ण पहुँच सञ्चार सार्वजनिक कम्पनी लिमिटेडले देशभरीको सबै ठाउँमा आफ्नो सेवा विस्तार गरेको दावी गरेको छ । सन् २०१६ सम्ममा यसका १३,००० भन्दा अधिक आधार स्टेशनहरु रहेका छन् भने ८५० मेगाहर्ज, १८०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्यान्डमा यो स्थापित भएको थियोे ।

हाल यसले ३ जी को वाणिज्यिक सेवालाई सुलभ दरमा उपलब्ध गराएको छ ।[][] ३ जी + सेवा पनि यसको सेवा योग्य मोबाईल फोनहरूमा उपलब्ध रहेको छ र ब्यापक रूपमा प्रयोग हुँदै आइरहेको छ । २०१४ का अनुसार २१०० मेगाहर्ज ब्याण्डमा यसको ४ जी एलटिइ सेवा सुरूवात गरिएको थियोे र त्यसपछि १८०० र २१०० मेगाहर्ज ब्याण्डमा अधारित उन्नत ४ जी एलटिइ सेवा सुरु गरिएको थियोे । डिटिएसीले ४ जी एलटिइ सेवालाई ३ गुणाले वृद्धि गरेको दावी गरेको छ ।

नियन्त्रित कम्पनीहरू

[सम्पादन गर्नुहोस्]

डिटिएसी ट्राइ नेट र डिटिएसी फोन यसका सहायक हुन् ।

प्रतिस्पर्धा

[सम्पादन गर्नुहोस्]

पूर्ण पहुँच सञ्चार सार्वजनिक कम्पनी लिमिटेड थाइल्यान्डको तेस्रो सबैभन्दा ठूलो दुरसञ्चार सेवा प्रदायक हो । यसका मुख्य प्रतिस्पर्धीहरू: उन्नत जानकारी सेवा कम्पनी, क्याट टेलिकम, थाइल्यान्ड टेलिकम कम्पनी, ट्रु कर्पोरेसन , ट्रु मुभ एच लगायतका दूरसञ्चार कम्पनी हुन् ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]