डेरा इस्माइल खान जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डेरा इस्माइल खान
ضلع دیره اسماعیل خان‎
डेरा इस्माइल खान जिल्लाको अवस्थितीको अवस्थिति
डेरा इस्माइल खान जिल्लाको अवस्थिती
देश पाकिस्तान
प्रदेशखैबर पख्तुनख्वा
सदरमुकामडेरा इस्माइल खान
क्षेत्रफल
 • जम्मा७,३२६ किमी (२८२९ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा१,६२७,१३२
 • घनत्व२२०/किमी (५८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
प्रमुख भाषाहरूसकराइ, पश्तो

डेरा इस्माइल खान जिल्ला (पस्तो: دېره اسماعیل خان ولسوالي, उर्दु: ضلع دیره اسماعیل خان) पाकिस्तानको खैबर पख्तुनख्वा प्रदेशमा रहेको एक प्रमुख जिल्ला हो । यो जिल्लाको सदरमुकाम डेरा इस्माइल खान सहर हो । सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ८५२९,९५ रहेको छ भने यस जिल्लाले पाकिस्तानको कुल क्षेत्रफल ७,३२६ (२,८२९ वर्ग माइल) वर्ग किलोमिटर रहेको छ ।

भूगोल[सम्पादन गर्नुहोस्]

डेरा इस्माइल खान जिल्ला चारै तिरबाट जिल्लाहरूले घेरेको छ जसमा पुर्वमा भक्कर र डेरा गाजी खान जिल्ला रहेको छन् । यस जिल्लाको पुर्वी भागमा सिन्धु नदि छ र छेउछाउका ठाउँहरू उब्जनी गर्न उपयुक्त छ । यस जिल्लाको उत्तरपश्चिममा टङ्क जिल्ला रहेको छ । डेरा इस्माइल खान जिल्लालाई पाकिस्तानको केन्द्र रूपमा रहेको छ किन भने यो दक्षिण पञ्जाब प्रदेशको भक्कर, उत्तर पञ्जाबको मिलवाली, बलुचिस्तानको झोब र दक्षिण वारिस्तानको बिचमा रहेको छ ।

भाषा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको प्रमुख भाषा सराइकी हो जसलाई हिन्द्को भाषा पनि भन्ने गरिन्छ तर यहाँका मानिसहरू यसलाई सराइकीनै भन्ने गर्छन् । सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या मध्य ७२.५% मानिसहरूको प्रमुख भाषा सराइकी हो भने द्रितिय भाषा उर्दु हो जुन कुल जनसङ्ख्याको २२.०% मानिसहरूको मातृभाषाको रूपमा रहेको छ भने अन्य भाषाको आवाधी भने ३.२६% मात्र रहेको छ ।

खेलकुद[सम्पादन गर्नुहोस्]

यस जिल्लाका थुप्रै खेलहरू खेलिने गर्दछन् जसमा क्रिकेट, हक्की, ब्याडमिन्टन, फुटबल आदि छन् ती मध्य यस जिल्लामा फुटबल खेल सबैभन्दा लोकप्रिय खेलको रूपमा रहेको छ । यस जिल्लाका खेलकुद मन्त्री अली अमीन खानले यहाँको खेलकुदमा विकास गर्नका लागि एक ठूलो मन्चको स्थापना पनि गरेका छन् । सन् २०१७ मा खानले टेनिस बल क्रिकेट लिगको स्थापना गरेका थिए जसलाई डेरा प्रिमियर लिगको नाम दिइएको थियो जसमा पाकिस्तानका सबैभन्दा क्षेत्रबाट प्रतिस्पर्धा गर्नका लागि टोलीहरू आउने गरेका छन् । यस प्रतिस्पर्धाको दोस्रो संसकरण खेल यहि २०१८ मा सम्पन्न भएको छ । यस जिल्लाको क्रिकेट टिम डेरा इस्माइल खान क्रिकेट टिम हो । यस जिल्लामा अन्य परम्परागत खेलहरू जस्तै कबड्डि, मिलो आदि खेल खेल्ने गरिन्छ ती मध्य कोदि खेल सबैभन्दा लोकप्रिय रहेको छ जसमा तीन जना खेलाडिहरू जसलाई पहलवान भनिन्छ । यस खेलमा एक ठूलो घेरा रहेको हुन्छ जसमा एक पहलवान दौडिन्छ भने अन्य दुई पहलवानहरूले उसलाई समाउन पर्ने हुन्छ । यो खेल अहिले पनि सराइकी मानिसहरूमा दसकैं देखिन प्रख्यातमा रहेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "२०१७- पाकिस्तानका जिल्ला अनुसरको जनसङ्ख्या", पिबिएस सेन्सस, मूलबाट २०१७-०८-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-०६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-२९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]