ढाँचा:अघिको लेख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुरूप्रसाद मैनाली
जन्मवि. सं. १९५७
कानपुर, काभ्रेपलाञ्चोक जिल्ला, नेपाल
मृत्युवि. सं. २०२८
राष्ट्रियतानेपाली
पेशाकथाकार, लघुकथाकार

गुरूप्रसाद मैनाली (जन्म:वि.सं. १९५७, भाद्र शुक्ल चतुर्दशी, मृत्यु:वि.सं. २०२८ साल जेठ २५) नेपाली भाषाका एक प्रसिद्ध साहित्यकार हुन्। सबैले मन पराउने र बुझ्ने खालका कथा थोरै लेखे पनि प्रसिद्ध हुन सकिन्छ भन्ने शिक्षा कथाकार गुरूप्रसाद मैनालीबाट पाउन सकिन्छ।

जन्म[सम्पादन गर्नुहोस्]

उनको पुख्र्यौली घर काभ्रेपलाञ्चोक जिल्लाको कानपुर हो। उनका बाबु जागीरे थिए। जागीरको सिलसिलामा उनका बुबा धनकुटा गएका थिए। त्यही बेलामा धनकुटामा नै गुरूप्रसाद मैनालीको जन्म भएको हो। उनको जन्म वि.सं. १९५७ साल भाद्र शुक्ल चतुर्दशीका दिनमा भएको थियो। उनका बाबुको नाउँ काशीनाथ र आमाको नाउँ काशीरूपादेवी हो।

शिक्षा[सम्पादन गर्नुहोस्]

गुरूप्रसादले धेरै पढ्न सकेनन्। बाबुको जागीर सरुवा हुँदा बाबुसँगसँगै जानुपर्ने भएकाले उनको बसाइ एकै ठाउँमा हुन सकेन। त्यसैले पहिले घरमै उनले अक्षर चिने, त्यसपछि 'लघुकौमुदी', 'अमरकोश', 'रुद्री', 'दुर्गासप्तशती' आदि पढे। अनि स्रेस्ता पाठशालामा पढे। त्यस बेला नेपालमा धेरै विद्यालय थिएनन्। पूरा लेख पढ्नुहोस् ...