ढाँचा:आजको लेख/२०१४-१०-२३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लक्ष्मीप्रसाद देवकोटा जन्म वि. सं. १९६६ (सन् १९०९), मृत्यु वि. सं. २०१६ (सन् १९५९)) नेपाली साहित्यका महाकवि हुन् । देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका थिए। विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् । देवकोटा पण्डित तिलमाधव र अमर राज्य लक्ष्मी देवीका तेस्रा छोरा थिए। उनी धोबीधारा, काठमाडौंँमा तिहारको लक्ष्मी पूजाका दिन जन्मेका थिए । (पूरा लेख...)