शाकुन्तल (महाकाव्य)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
शाकुन्तल (महाकाव्य)  
लेखक महाकवी लक्ष्मीप्रसाद देवकोटा
आवरण कला टेकवीर मुखिया
राष्ट्र नेपाल
भाषा नेपाली
विधा साहित्य
प्रकार महाकाव्य
प्रकाशक साझा प्रकाशन
आइ.एस.बी.एन 978-99933-2-518-X

शाकुन्तल लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित साझा प्रकाशनले बजारमा ल्याएको नेपाली भाषाको काव्य हो। [१]

महाकाव्य परिचय[सम्पादन गर्ने]

महाकवि कालिदासकाे अभिज्ञान शाकुन्तलम् काे कथानकलार्इ प्रमुख अाधार मानी याे शाकुन्तल महाकाव्य रचना गरिएकाे हुनाले यसमा विश्व प्रसिद्ध संस्कृत साहित्यका महाकवि कालिदासलार्इ नेपाली सहात्यका महाकवि देवकाेटाले पछ्याएकाे देखिन्छ । प्रकृतिकी छाेरी शकुन्तलाकाे प्राकृतिक साहचर्य, मानव र प्रकृतिकाे मधुर मिलन प्रदर्शन गर्ने उद्देश्यले प्रस्तुत महाकाव्य लेखेकाे हुनुपर्दछ । शाकुन्तल महाकाव्य नेपालीमा प्रकाशित सर्वप्रथम माैलिक महाकाव्य हाे । यसकाे कथावस्तु प्राचीन इतिहास प्रसिद्ध भए तापनि कवि कल्पनाले गर्दा याे माैलिक बन्न पुगेकाे देखिन्छ । २००२ सालमा पहिलाे पल्ट प्रकाशित भएकाे याे महाकाव्य नेपाली महाकाव्यकाे मङ्गलाचरणका रूपमा अाएकाे छ ।

संरचना[सम्पादन गर्ने]

प्रस्तुत महाकाव्यमा जम्मा २४ सर्ग रहेका छन् । प्रत्येक सर्गमा माैलिकता र नवीनता झल्केकाे देख्न सकिन्छ । सर्गभरि एउटै छन्द र सर्गकाे अन्त्यमा छन्द बदल्नु पर्ने मसिनाे नियमकाे पनि कतै कतै पालना भएकाे पाइन्छ ।

छन्दविधान[सम्पादन गर्ने]

याे महाकाव्य छन्दकाे प्रयाेगशाला र पाठशाला दुबै बन्न गएकाे देखिन्छ । भानुभक्तद्वारा नेपाली भाषा र साहित्यमा प्रतिष्ठापित एवम् नेपालीहरूले ज्यादै मन पराएकाे शार्दूलविक्रीडित छन्द (चिम्ली लाेचन दीर्घकाल तपमा खाेलेर वासन्तिका)बाट महाकाव्यकाे श्रीगणेश गरेका देवकाेटाले मालिनी, ताेटक, भुजङ्गप्रयात, स्रग्विणी, इन्द्रवज्रा, वसन्ततिलका, अनुष्टुप्, शालिनी, स्रग्धरा, पृथ्वी, पञ्चचामर, वंशस्थ, रथाेद्धता, द्रुतविलंवित, प्रहर्षिणी अादि संस्कृतका विभिन्न वार्णिक छन्दहरूलार्इ यस महाकाव्यमा उपयाेग गरिएकाे छ । यति हुँदा हुँदै पनि भावलार्इ सर्वाधिक महत्त्व दिने महाकवि देवकाेटा छन्दकाे बन्धनबाट सर्वथा उन्मुक्त देखिन्छन् ।

अलङ्कार विधान[सम्पादन गर्ने]

मूलतः शब्दालङ्कारमा रमाउने देवकाेटा अर्थालङ्कारकाे प्रयाेग गर्न पनि पछि परेका छैनन् । अनुप्रास, श्लेष, उपमा, उत्प्रेक्षा अादिकाे साैन्दर्यले काव्यकाे शाेभा बढाएकाे छ । यमक अलङ्कारकाे प्रयाेगमा देवकाेटा कतैकतै साेमनाथलेखनाथ भन्दा पनि सशक्त देखिन्छन् । हेराै एउटा उदाहरण –

सुमनका मनका रस सारका ।

अधरका कलिला धरका थिए ।।

महक भै महकाे हकी भनी ।

भुनभुनाउँदथ्याे भँवराे बराे ।। १२।५३

लाक्षणिकता[सम्पादन गर्ने]

यसमा पूर्वीय महाकाव्य मान्यताका अधिकांश लक्षणहरू पाइन्छन् । शास्त्रीय छन्दमा कविताकाे रचना हुनु, कथानक पाैराणिक हुनु, शृङ्गार रस प्रधान हुनु, नायक प्रतापी क्षत्रीय राजा दुष्यन्त धीराेदात्त नभएपनि धीरललित प्रकृतिकाे हुनु, नायिका शकुन्तला स्वकीया मुग्धा हुनु प्राचीन परम्परा हाे । त्यसैगरी समुद्र, वन, ऋतुहरू, साँझ, बिहान, सूर्य, चन्द्र, शिकार अादिकाे वर्णनमा पनि प्राचीन परंपरा छाडिएकाे छैन ।

प्रकृतिचित्रण[सम्पादन गर्ने]

देवकाेटा प्रकृतिप्रेमी हुन् । उनी प्रकृतिकाे सुन्दर रूपका साथै भयानक रूपकाे पनि चित्रण गर्न सिद्धहस्त छन् । मेनकाकाे अागमनमा कविकाे कल्पना यसरी दाैडिएकाे देखिन्छ –

सुन बादल भाे सुन सूर्य भए ।

सुरद्वार खुल्याे सुनकाे नभमा ।।

सुनकाे भव भाे सुनकाे जलले ।

सुन तार बजाउँछ कल्कलले ।। ३।१

सामाजिक अादर्श[सम्पादन गर्ने]

प्रस्तुत महाकाव्यमा देवकाेटाले पराेक्ष शैलीमा सामाजिक अादर्शकाे सूचना दिएका छन् । राजा दुष्यन्तले शकुन्तलालार्इ गरेकाे तिरस्कार देखाएर देवकाेटाले अाफ्नाे देशका शासकलार्इ सतर्क गराएका छन् । उनले किसानकाे नयाँ प्रसङ्ग जाेडी सरलता र अतिथि सत्कार गर्ने नेपाली जातीय परम्पराकाे राम्राे चित्रण गरेका छन् । दुष्यन्त र शकुन्तलाकाे वादविवाद, शिष्य शार्ङ्गरव र दुष्यन्तकाे भनाभन, विश्वामित्रकाे तपाेभङ्ग गर्न उद्यत स्वर्गलाेक र त्यहाँकाे विलासीपन, शकुन्तलाकाे सरलता, शकुन्तलालार्इ घर पठाउने क्रममा कण्वले दिएकाे मार्मिक अभिव्यक्ति अादि सबै जसाे प्रसङ्गभित्र नेपाली सामाजिकता झल्किएकाे छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]