इन्द्रवज्रा छन्द
स्वरूप
त.त.ज.गु.गु. भएमा इन्द्रवज्रा छन्द बन्दछ। [१]
- संस्कृत: स्यादिन्द्रवज्रा यदि तौ जगौ गः
- नेपाली: त त जा गगो
द्रष्टव्य:
गण र गुरू लघु बनाउने स्वर,मात्राका रूपमा आए पनि अथवा एक्लै आए पनि गण र गुरू लघुको सङ्केत नै सम्झनुपर्छ।
इन्द्रवज्रा छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा येस प्रकार रहेको छ। यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर ११ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।
गण-- | त | त | ज | ग | ग |
---|---|---|---|---|---|
मात्रा-- | ss। | ss। | ।s। | s | s |
उदाहरण (विराम ५.६) (पहिलो विराम ५ र, दोस्रो विराम ६मा)
- काला बजारी अनमोल चाला, भोकाहरूको कटुभोक ज्वाला।
- सम्पन्नताको र विपन्नताको, सङ्घर्ष हुन्थ्यो नीति भिन्नताको।।७।।
- ऊर्णायु महाकाव्य