उपेन्द्रवज्रा छन्द
स्वरूप
यो छन्दमा एघार अक्षर, ‘ज त ज’ गण र दुई गुरू हुन्छन्। [१]
- संस्कृत: ज त जा गगौ सा:
- नेपाली: ज त जा गुगो
उपेन्द्रवज्रा छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा। यसमा S को अभिप्राय दीर्घ अक्षर र । को अभिप्राय ह्रस्व अक्षर हुन्छ । यहाँ S र । गरेर ११ वटा अक्षर छन् जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।
गण-- | ज | त | ज | गु | गु |
---|---|---|---|---|---|
मात्रा-- | ।s। | ss। | ।s। | s | s |
उदाहरण (विराम ५.६) (पहिलो ५मा विराम र, दोस्रो ६मा विराम)
- कलङ्कले पूर्ण विपन्नताले, महाकलङ्की अविधानताले।
- सबैजनाको असमन्वयैले, थियो अँध्यारो जगतै त्यसैले।।८।।
- ...........................
एक रुबाइगत मुक्तकिलो रचना थप उदाहरणका लागि यहाँ प्रस्तुत छ ।
अहो कसो प्यार न यार भन्छौ,
छ एकतामा जग-सार भन्छौ,
सगोलको माल निजी गराई
अझै छ उम्दा परिवार भन्छौ !
- नारायण नेपाल