उपजाति छन्द
स्वरूप
उपेन्द्रवज्रा छन्द र इन्द्रवज्रा छन्दको मिश्रण भएमा उपजाति छन्द बन्दछ।[१]
उदाहरण (पहिलो विराम ५मा र, दोस्रो विराम ६मा हुन्छ)
- एकै थिइन् ती जननी सबैकी, थिइन् धरित्री सब एकताकी।
- सामन्त नै काल हुँदा सबैको, थिएन आत्मा सुखमा कसैको।।९।।
- यो छाक खायौँ सबैले बिहान, भरे त खाइन्छ कि खाइँदैन -
- सुत्यौँ निशामा तर ज्ञान छैन, ब्यूझिन्छ वा भोलि त ब्यूझिँदैन।।१०।।
उपजाति छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा। यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर ११ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।
गण-- | त | त | ज | ग | ग |
---|---|---|---|---|---|
मात्रा-- | ss। | ss। | ।s। | s | s |