सामग्रीमा जानुहोस्

वसन्ततिलका छन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वसन्ततिलका छन्दमा १४वटा अक्षर र ४ वटा गणहरू हुन्छन् । यसमा एक त गण, एक भ गण, दुई ज गण र दुई गुरु हुन्छन् ।

वसन्ततिलका छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा यसप्रकार छन् । यसमा S को अभिप्राय दीर्घ अक्षर र । को अभिप्राय ह्रस्व अक्षर हुन्छ । यहाँ S र । गरेर १४ वटा अक्षर छन्, जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।

गण--
मात्रा-- ss। s।। ।s। ।s। s s

संस्कृतमा यसको उदाहण यस प्रकार एकै श्लोकमा दिएको छ ।

उक्ता वसन्ततिलका तभजा जगौ गः।

गर्ने लडाइँ भनियो अनि जोस आयो ।

खाएर ठक्करहरू अनि होस आयो ।।

जो लड्छ उठ्न पनि सिक्दछ फेरि जान्नू ।

घोडा चढेर लडिए किन दु:ख मान्नु ।। (जीवनबोध : सुदेश सत्याल)


फुल्दो लतासरि छ यो बुझ जिन्दगानी ।

थाक्रो दिएर धर्तीको अनि शील पानी ।।

राम्रो दिएर यसको गर छाँटकाँट ।

फुल्ने छ यो सकल मग्मग दिव्यठाँट ।। (लक्ष्मीप्रसाद देवकोटा)

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]