अनुष्टुप छन्द

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

अनुष्टुप छन्द संस्कृत भाषाको एउटा अत्यंतै प्रसिद्ध वार्णिक छन्द हो। श्रीमद्भग्वद्गीता, श्रीसुक्तम, गायत्री कवचम्, विष्णु सहस्रनाम आदिको रचना यही छन्दमा भएको छ। [१]

वाल्मिकीको उच्चारित पहिलो श्लोक अनुष्टुप छन्दमा छ।[२]

अनुष्टुप् छन्दका चारवटा पाउ हुन्छन् यसको बनोट यसप्रकारको छ। यसको एक पाउमा आठवटा अक्षर हुन्छन्। [३]

  1. चारवटै पाउका पाँचौँ अक्षरकामात्रा या स्वर ह्रस्व लघु हुन्छन्।
  2. चारवटै पाउका छैटौँ अक्षरकामात्रा या स्वर दीर्घ गुरू हुन्छन्।
  3. प्रथम र तेस्रो पाउका सातौँ अक्षरकामात्रा या स्वर दीर्घ गुरू हुन्छन्।
  4. दोस्रो र चौथो पाउका सातौँ अक्षरकामात्रा या स्वर लघु ह्रस्व हुन्छन्।
  5. प्रत्येक पाउका एक, दुइ, तीन अक्षरकामात्रा वा स्वरमध्ये जसरी पनि एउटामात्रा वा स्वर दीर्घ भइदिएमा सुनमा सुगन्ध हुन्छ।
  6. पाउहरूको सातौं अक्षर क्रमश: गुरू-लघु हुँदै जान्छ। अर्थात् पहिलो पाउमा गुरू, दोस्रो पाउमा लघु, तेस्रो पाउमा गुरू र चौथौं पाउमा लघु।[२]

उदाहरण:[३]

१) तताई भानुले सिन्धु, १) मेघ बर्सेर यो धर्ती,
२) महावाष्प बनाउँछ। २) बन्दैछ अति उर्वरा।
३) उर्डाई वायुले वाष्प, ३) हरियाली बढी आफै,
४) मेघमाला रचाउँछ।।१।। ४) सजिन्छे राम्ररी धरा।।२।।

हिन्दी पद्यमा अनुष्टुप छंदको चरण निम्न प्रकारमा हुन्छ:[१]

विषम चरण - वर्ण क्रमांक पाँचौं, छैठौं, सातौं, आठौं क्रमशः लघु, गुरू, गुरू, गुरू
सम चरण - वर्ण क्रमांक पाँचौं, छैठौं, सातौं, आठौं क्रमशः लघु, गुरू, लघु, गुरू

उदाहरण:[१]

श्रीमद्भग्वद्गीता

तेस्रो अध्यायको तेस्रो श्लोक
लोकेऽस्मिन द्विधा निष्ठा पुरा प्रोक्ता मयानघ
ज्ञानयोगेन सांख्यानां कर्म योगेन योगिनां ॥

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

यो पनि हेर्नुस[सम्पादन गर्ने]