मालिनी छन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो छन्दको प्रत्येक पाउमा क्रमशः ’न न म य' गणको प्रयोग हुन्छ । हरेक पाउको आठौँ र अन्तिम अक्षरमा विराम हुन्छ ।

गणपरिचय:- छन्दमा तीनवटा अक्षरको समूहलाई गण भनिन्छ । यो आठ प्रकारको हुन्छ ।

गणसूत्र:- यमाताराजभानसलगा यो सूत्रले गणको स्वरूप बताउँछ । जुन गणको स्वरूप आवश्यक छ, त्यो सहित तीन अक्षर लिई पत्ता लगाउन सकिन्छ । जस्तै:- यगण पत्ता लगाउँदा यमाता तीन अक्षर लिने जसको स्वरूप ।ss हुन्छ । त्यसैगरी सबै गणहरू तल प्रस्तुत गरिएका छन् ।

  • य=।ss - चमेली, गुलेली, जुनेली, बनेली, कमारो, कमेरो
  • मा=sss - आवारा, कोहोलो, दोहोलो, कालेको, बालेको
  • ता=ss। - दुनाम, दुगन्ध, नामर्द, बेनाम, बेचैन, बेताल, संहार
  • रा=s।s - भावना, राम्ररी, बेसरी, सुस्तरी, गुल्मिले, मादिले
  • ज=।s। - कुबुद्धि, कुमार्ग, कुकर्म, कुदृष्टि, कुपुत्र, चलान
  • भा=s।। - दुर्गुण, दुजन, राष्ट्रिय, क्षेत्रिय, साधन, दीपक, निर्बल
  • न=।।। - कमल, मकल, सबल, सजल, मुलुक, मिलित
  • स=।।s - गहना, लहना, रसिलो, नुनिलो, गुनिलो, सुरिलो, बलियो
  • ल=। - यो सङ्केतले ह्रस्व वा लघु मात्रा र स्वर भन्ने जनाउँछ
  • गा=s - यो सङ्केतले दीर्घ वा गुरू मात्रा र स्वर भन्ने जनाउँछ।

लक्षण:-

  • संस्कृत - - ननमयययुतेयं मालिनी भोगिलोकैः ।
  • नेपाली - - ननमयय भएमा मालिनी छन्द भन्छन् ।

उदाहरण:- प्रथम घर कलाको व्यासको पाठशाला, प्रथम बल यही हो आर्यहृत्-को उज्याला । कुसुमहरू यहीँ छन् वेदका पत्रतुल्य सृजन प्रलयका छन् चित्र राम्रा अमूल्य ॥ ©महाकवि लक्ष्मीप्रसाद देवकोटा

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]