सामग्रीमा जानुहोस्

कण्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रस्थान गर्नुअघि शकुन्तला ऋषि कण्वको आशीर्वाद लिँदै

कण्व त्रेता युग का एक प्राचीन हिन्दु ऋषि थिए।[] ऋग्वेदका केही सूक्तहरू उनैसँग सम्बन्धित छन्।[][] उनी अङ्गिरा वंशका थिए।[] उनलाई घोरका छोरा पनि भनिएको छ, तर यो वंश 'प्रगाथ कण्व' सँग सम्बन्धित छ, जो पछिल्ला समयका कण्व थिए।[][]

यद्यपि, पौराणिक साहित्यमा उनको वंशबारे अन्य विभिन्न विवरणहरू पाइन्छन्। कतै उनलाई अप्रतिरथका छोरा र राजा मतिनारका नाति भनिएको छ, भने कतै अजमीढका छोरा भनिएको छ।[][] पछिल्लो मतलाई नै आधुनिक विद्वानहरूको सहमति प्राप्त छ।[][] उनलाई कहिलेकाहीँ सात ऋषिहरू (सप्तर्षि) को सूचीमा पनि समावेश गरिन्छ।[]

कण्वका मेधातिथि नामक छोरा थिए।[][] महाभारतमा कण्वलाई शकुन्तलाका धर्मपिता (पाल्ने बुबा) का रूपमा पनि उल्लेख गरिएको छ।

  • कण्व (कण्र्णेश) शुक्ल यजुर्वेदको एक वैदिक शाखाका संस्थापकको नाम पनि हो, त्यसैले हिन्दु धर्मको त्यो शाखालाई कण्व शाखा भनिन्छ।[][१०]
  • कण्व धेरै राजकुमारहरू, राजवंशका संस्थापकहरू र लेखकहरूको नाम पनि हो।
  • कण्वहरू राजा वासुदेव कण्व (ई.पू. पहिलो शताब्दी) का वंशज हुन्।[११]
  • कण्वहरू एक प्रकारका आत्मा पनि हुन्, जसको विरुद्धमा अथर्ववेदको सूक्त २.२५ लाई मन्त्रको रूपमा प्रयोग गरिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Dowson, John (२०००), "Kanva", A Classical Dictionary of Hindu Mythology & Religion (D. K. Printworld second संस्करण), New Delhi: D. K. Printworld, पृ: १५४, आइएसबिएन 81-246-0108-9
  2. Arya, Ravi Prakash, सम्पादक (१८६६), ऋग्वेद संहिता [Ṛgveda Saṃhitā] (संस्कृतमा), सायणाचार्यको भाष्य सहित, Motilal Banarsidass, आइएसबिएन 9788171101382, अन्तिम पहुँच २० जनवरी २०२५
  3. Macdonell, Arthur Anthony; Keith, Arthur Berriedale (१९१२), Vedic Index of Names and Subjects (अङ्ग्रेजीमा) 1, London: Motilal Banarsidass, पृ: १३४, आइएसबिएन 9788120813328
  4. Monier-Williams, Sir Monier (१८९९), A Sanskrit-English dictionary (अङ्ग्रेजीमा), Motilal Banarsidass, पृ: २४६, आइएसबिएन 978-81-208-0065-6
  5. Patton, Laurie L. (१९९६), Myth as Argument: The Brhaddevata as Canonical Commentary, Berlin: Walter de Gruyter, पृ: २७०, आइएसबिएन 3-11-013805-0
  6. 1 2 3 Pargiter, F. E. (१९९७), Ancient Indian Historical Tradition, Delhi: Motilल Banarsidass, पृ: 226–228, आइएसबिएन 978-81-208-1486-8
  7. 1 2 Muir, John (१८७२), Original Sanskrit Texts on the Origin and History of the People of India (second संस्करण), London: Trübner, पृ: 234–236।
  8. 1 2 Sarmah, Thaneswar (१९९१), The Bharadvājas in Ancient India, Delhi: Motilal Banarsidass, पृ: १३८–१३९, आइएसबिएन 978-81-208-0639-9
  9. Monier-Williams, A Sanskrit-English Dictionary, p. 1062.
  10. Dowson 2000, p. 297
  11. Chaurasia, Radhey Shyam (२००२), History of Ancient India: Earliest Times to 1000 A.D. (अङ्ग्रेजीमा), Atlantic Publishers & Dist, पृ: 132, आइएसबिएन 978-81-269-0027-5