शम्भुप्रसाद ढुङ्गेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शम्भुप्रसाद ढुङ्गेल

देवीचरण ढुङ्गेलका छोरा शम्भुप्रसाद ढुङ्गेल (विक्रम सम्वत(१९४६-१९८६)को जन्म बि.स. १९४६, भाटभटेनि, काठमाडौँमा भएको हो |उनी नेपाली साहित्यको माध्यमिक काल उत्तरार्धका एक चम्किला तारा हुन् । कविता, गजल, समस्यापूर्ति, गद्याख्यान, पद्याख्यान, निबन्ध, उपन्यास आादिका साथै नाटकका क्षेत्रमा पनि महत्त्वपूर्ण प्रतिभाका रूपमा चिनिने झन्डै ३०० जति पुस्तक लेखेको पाइन्छ । [१]

दरबारमा तुरुन्त कविता सुनाउन सकेका हुँदा चन्द्र शमशेरले खुसि भै यिनलाई वि.सं १९७० मा आँशु कविको उपाधि दिइएको पाइन्छ । [२]

शिक्षा[सम्पादन गर्नुहोस्]

निजामती चार पास

सेवा, पेसा र संलग्नता[सम्पादन गर्नुहोस्]

१. भन्सारमा मुखिया(१९७०)
२. पदमप्रसाद पुण्यप्रसाद प्रकाशन संस्थाका मुख्यलेखक
३. केशर पुस्तकालयका कर्मचरी

साहित्यिक यात्रा[सम्पादन गर्नुहोस्]

आशुकविका रूपमा परिचित शम्भुप्रसाद ढुङ्गेल माध्यमिक कालका विशिष्ट कवि हुन् | नेपाली पद्यक्षेत्रका साथै गद्य क्षेत्रमा पनि यिनको खास योगदान रहेको छ | पद्यतर्फ यिनले फुटकर कवितादेखि खण्डकाव्य सम्मको रचना गरेका छन् भने गद्यतर्फ निबन्ध, नाटक आदिको रचना गरेका छन् | मोतीराम भट्टझैँ अल्पायु(४० वर्ष)मै दिवंगत भएका शम्भुप्रसादले प्रचूर मात्रामा साहित्य रचना गरेको देखिन्छ | यिनले मौलिक सिर्जनाका साथै कतिपय अनुबाद पनि गरेका छन् ।

काव्यप्रवृति[सम्पादन गर्नुहोस्]

गद्य र पद्य दुवै क्स्जेत्रमा कलम चलाई तीन सय जति पुस्तक लेखेको पाइन्छ । कवितामा यिनले भजन, गजल, समस्यापूर्ति र काव्यहरु लेखेका छन्पौ । राणिक आख्यान तथा सामाजिक घटनालाई काव्यको विषय बनाउने यिनका कवितामा प्रवाहमय कवित्वशक्ति भेटिन्छ । समस्यापूर्ति तथा भजनहरूको शृङ्गारका अतिरिक्त आध्यात्मिक भाव पनि प्रस्फुटित भएको छ ।

उनी शास्त्रीय छन्दका सफल कवि हुन् । छन्दनियमले कतैकतै व्याकरणको नियम वेवास्ता गरेको पनि भेटिन्छ । यिनी विभिन्न अलंकारको प्रयोग गर्न पनि सफल देखिएका छन् । [२]

सम्मान/पुरुस्कार[सम्पादन गर्नुहोस्]

आशुकविको उपाधि(१९७०)

कृतिहरु[सम्पादन गर्नुहोस्]

ढुङ्गेलका उपलब्ध नाटकहरू
  1. :रत्नावली नाटिका (१९७२)
  2. :शकुन्तला नाटक (१९७२/७३)
  3. :मालतीमाधव नाटक (१९७६)
  4. :विद्यासुन्दरी (१९७५)
  5. :उत्तररामचरित (१९७५)

शम्भुप्रसाद ढुङ्गेल समालोचक पनि हुन् । उनले कविताको फल (१९९६) शीर्षक समालोचना लेखेका छन् ।

मृत्यु[सम्पादन गर्नुहोस्]

बि. स. १९८६, काठमाडौँ

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. भट्टराई, घटराज (२०५६) नेपाली लेखककोश काठमाडौँ : देवकोटा प्रकाशन
  2. २.० २.१ नेपाली कविता उपन्यास र कथा श्रीराम न्यौपाने , पैरवी प्रकाशन

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]