सामग्रीमा जानुहोस्

चम्पा (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चम्पा (उपन्यास)
देवकोटाको 'चम्पा'
लेखकमहाकवि लक्ष्मीप्रसाद देवकोटा
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारसामाजिक
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
बि.सं. २०२४
आइएसबिएन978-99933-2-652-6

चम्पा महाकबि देवकोटाद्बारा लिखित औपन्यासिक कृति हो । साझा प्रकाशनले बजारमा ल्याएको यो पुस्तक लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको एकमात्र उपन्यास हो ।[] यो उपन्यास देवकोटाको मृत्युपश्चात् बि सं. २०२४ सालमा प्रकाशन भए पनि यसको रचना भने बि.सं.२००४ सालमै भएको जानकारी यसको प्रकाशकीय बाट थाहा पाउन सकिन्छ ।

यस उपन्यासको कथाले एक १२ वर्षीया केटी चम्पाको जीवनको वर्णन गर्दछ, जसको रामकान्तसँग विवाह भएको छ । आत्मनिर्भर भएको कारणले गर्दा चम्पा आफ्नो घरमा बस्न सक्दिनन् र उनी भाग्छिन् । कुनै रोगको कारणले गर्दा, रामकान्तले अन्य केटीहरूसँग शारीरिक सम्पर्क गर्न सक्दैनन् । एक दिन रामकान्तले घर छोड्ने निर्णय गर्छन्, किनभने उसलाई डर छ कि, यदि ऊ फेरि आफ्नी सुन्दर पत्नी चम्पाको नजिक गयो भने उसको जीवन जोखिममा पर्न सक्छ । यसका कारण चम्पालाई उनका सासुससुराले दोष दिन्छन् । यद्यपि, यस उपन्यासको कुनै छुट्टै अन्त्य भने छैन।

प्रकाशकबाट सामाजिक उपन्यास नाम दिइएको यस कृतिमा कविताका क्षेत्रमा स्वच्छन्दतावादी मानवतावादलाई आत्मसात गरेका देवकोटाले तत्कालीन समाजको यथार्थ चित्रण गर्न खोजेका छन् । 'चम्पा' देवकोटाका अन्य कृतिभन्दा भिन्न प्रवृत्तिका साथ देखा परेको उपन्यास हो । तत्कालिन राणाकालीन सामाजिक परिवेशका विकृति र त्यसमा नारीले भोग्नुपरेका विवशताहरूलाई देखाउन सक्षम यो कृति तत्कालीन पारिवारिक द्वन्द्वात्मक स्थिति र तनावको चित्रणमा पनि त्यतिकै सबल देखा पर्छ ।

  • चम्पा
  • रामकान्त
  • सुब्बा श्रीकान्त
  • निशा (सुब्बेनी बज्यै)
  • चुनु
  • बुलु
  • पण्डित रमाकान्त
  • सासू
  • जेठी बुहारी
  • कान्छी बुहारी

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]