ढाँचा:प्रमुख लेख/नेपाल वायुसेवा निगम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल वायुसेवा निगम

नेपाल वायुसेवा निगम नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी हो। २०१५ सालमा शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो। यसले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक सहित अन्तर्राष्ट्रिय मध्यम दूरीका कुल ३६ गन्तव्यहरूमा निगमले नियमित उडान सञ्चालन गर्दछ। डगलस डिसी-३ 'डकोटा' विमानबाट आन्तरिक र भारतका केही गन्तव्यमा उडान सुरु गरेको निगमले वि.सं २०२८ मा आफ्नो पहिलो जेट विमान, बोइङ ७२७ लाई सेवामा ल्याएको थियो। २०७७ असार २९ सम्ममा निगमद्वारा कुल ७ विमान सेवामा प्रयोग गरिएको छ। वि.सं २०६९ देखि निगम लगायत नेपालका सबै वायुसेवा प्रदायक युरोपेली सङ्घद्वारा प्रतिबन्धित वायुसेवाका सूचीमा समावेश छन्।(पूरा  पढ्नुहोस्...)