ढाँचा:प्रमुख लेख/भरतपुर महानगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भरतपुर नेपालको बागमती प्रदेशको चितवन जिल्लाको एक महानगरपालिका तथा सहर हो। नेपालको मध्य भूभागमा रहेको भरतपुर महानगर देशकै चौथौ ठूलो सहर र चितवन जिल्लाको सदरमुकाम हो। यो नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको सहरहरू मध्येको एक हो। नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर चितवन लगायत केन्द्रीय नेपालको व्यापारिक केन्द्र हो। यो महानगरपालिका क्षेत्रभित्र पर्ने नारायणगढ सहरमा मुख्य व्यापारिक पसल र ठूला होटेलहरू रहेका छन् भने अन्य आवश्यक पूर्वाधारका साधनहरू नगरको अन्य क्षेत्रहरूमा रहेका छन्। कुल २९ वटा वार्ड रहेको भरतपुरको जनसङ्ख्या वि.सं. २०६८ को जनगणना अनुसार २,८०,५०२ रहेको छ भने यो सहर ४३२.९५ वर्ग किलोमिटरमा फैलिएको छ। यहाँको साक्षरता दर ९८.५४ प्रतिशत रहेको छ जसमध्ये महिलाको साक्षरता दर ९७.८४% छ भने पुरुषको साक्षरता दर ९९.१४% रहेको छ।

प्रत्येक पाँच वर्षमा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि भरतपुर महानगरपालिकालाई चितवन निर्वचन क्षेत्र १ र निर्वाचन क्षेत्र ३ मा विभाजन गरिएको छ भने गण्डकी प्रदेश सभाको लागि चितवन निर्वचन क्षेत्र २ (क), (ख) र चितवन निर्वचन क्षेत्र ३ (क), (ख) मा विभाजन गरिएको छ। (पूरा  पढ्नुहोस्...)