ढाँचा:प्रमुख लेख/साबित्रा भण्डारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साबित्रा भण्डारी (जन्म जेठ १०, २०५४) एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म लमजुङ जिल्लाको सिमपानी भन्ने ठाउँमा भएको थियो। साबित्रा भण्डारीको बुबाको नाम फम बहादुर भण्डारी तथा आमाको नाम मुना भण्डारी हो।

उनी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने गर्छिन्। उनी फुटबल मैदानमा अग्रपङ्क्तिबाट खेल्छिन्। नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले समेत परिचित साबित्रा नेपाली महिला टोलीका लागि हालसम्म ३८ गोल गरिसकेकी छिन्। साबित्रा भण्डारी हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुन्। उनले अनु लामाको ३५ अन्तर्राष्ट्रिय गोलको किर्तिमान भङ्ग गर्दै यो सफलता हात पारेकी थिइन्। साथै साबित्रा कुनै पनि एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी हुन्। यसो त साबित्रा नेपाली राष्ट्रिय महिला टोलीमा आउनु भन्दा पहिले भलिबल खेलमा आबद्ध रहेकी थिइन्, भने उनी एथलेटिक्स खेलमा पनि उत्तिकै सक्रिय अनि सफल रहेकी थिइन्। (पूरा  पढ्नुहोस्...)