ढाँचा:Portal:Government of India/Intro

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भारत सरकार संघीय ससदीय प्रजातान्त्रिक प्रतिनिधित्वगणतन्त्रको रुपरेखामा संचालित हुन्छ, जसमा प्रधान मन्त्री सरकारका प्रमुख हुन्छन्. यो व्यवस्था संविधानद्वारा मिति २६ जेनवरी १९५० का दिन लागू भएको हो अनि २८ वटा राज्यहरु र केन्द्र शासित राज्यहरुको संघीय संघको अभिशासन हो। यसको राष्ट्रीय राजधानी नयाँ दिल्ली हो। सामूहिक रूपमा, यसलाई संघीय संघ भनिन्छ गणतन्त्र भारत भनिन्छ।
भारत सरकारका विधायिका, कार्यपालिका र न्यायपालिका अंगहरु छन्। कार्यपालिकामा संसदहरु (लोक सभा र राज्य सभा) छन् भनें राष्ट्रपति उपराष्ट्रपति प्रधान मन्त्री र मन्त्रीमण्डल कार्यपालिका अन्तर्गत पर्छन्। न्यायपालिका शाखा विधायी र कार्यकारी शाखाहरुदेखि स्वतन्त्र छ। सुप्रीम कोर्टमा मुख्य न्यायाधीश प्रमुख हुन् र २५ सहयोगी न्यायाधीशहरु छन्। संघीय सरकार र सबै राज्य सरकारहरु आम कानुन र वैधानिक कानुनमा आधारित प्रणालीका अधीन छन् र भारत अनिवार्य रुपमा धेरैवटा आरक्षणमा अन्तरराष्ट्रीय न्यायालयको क्षेत्राधिकारलाई स्वीकार गर्दछ।