सामग्रीमा जानुहोस्

ताला उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ताला
তালা
ताला is located in बङ्गलादेश
ताला
ताला
बाङ्लादेशको नक्शामा ताला उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २२°४५′उ॰ ८९°१५′पू॰ / २२.७५०°N ८९.२५०°E / 22.750; 89.250निर्देशाङ्कहरू: २२°४५′उ॰ ८९°१५′पू॰ / २२.७५०°N ८९.२५०°E / 22.750; 89.250
देश बङ्गलादेश
विभागखुलना विभाग
जिल्लासातखीरा जिल्ला
क्षेत्रफल
 • जम्मा३४४.१५ किमी (१३२.८८ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २००१)
 • जम्मा२९९,८२०
 • घनत्व८७०/किमी (२३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटtala.satkhira.gov.bd

ताला (बङ्गाली: তালা) बङ्गलादेशको सातखीरा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[][]

ताला उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २२°३२' देखि २२°५०' उत्तर अक्षांश र ८९°०५' देखि ८९°२०' पूर्वी देशान्तरणमा अवस्थित छ। ताला उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३४४.१५ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई कालारोया, केशवपुरडुमुरिया उपजिल्लाले उत्तर, आशाशुनी, उपजिल्लाले दक्षिण, डुमुरियापाइकगाछा उपजिल्लाले पूर्व र सातखीरा उपजिल्लाले पश्चिमबाट घेरेको छ। कपोताक्ष, दलुया, माधवखाली खाल, धरि खाल, मथुरा बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।[]

सन् १९०२ मा ज्ञानेन्द्रनाथ बसु, श्री अरविन्द र प्रमथनाथ मित्रले यस उपजिल्लामा अनुशिलन समितिको गठन गरेका थिए। सन् १९०५ मा राजकुमार बसुको नेतृत्वमा बङ्गालको विखण्डनलाई लिएर तिव्र आन्दोलन भएको थियो। सन् १९०९ अगष्ट १६ का दिन अनुशिलन समितिको अधिनमा सचिव सचिन मित्रले यस उपजिल्लाको नाङ्ला गाउँका मथुरा पाद्दारको घरमा डाका डालेका थिए। सन् १९४४ मा कुमिरा उच्च विद्यालयमा नेता सुवोध रायेल एक कृषक सम्मेलनको आयोजना गरेका थिए।

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २९४४०० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १५२०१७ छ भने महिलाको जनसङ्ख्या १४२३८३ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २१२०२९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ७९८६७, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २१४३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३६१ रहेको छ।[] यस उपजिल्लाका ९२.९०% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.५२% ले पोखरी, १.०८% ले टुटी र ४% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये २७.६८% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य संस्था, ३२ सङ्घ परिवार भलोकारी संस्था, ३६ सामुदायिक स्वस्थ्य संस्था, ४ स्थानीय स्वस्थ्य संस्थाहरू रहेका छन्।[]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, गहुँ, पिठो, जुट, तोरी, आलु, प्याज, बेसार लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, भुइँकटर, नरिवल, अम्बा, केरा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, गहुँ, आलु लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको आलको तेल र खैनी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १६ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, कुखुरापालन केन्द्र तथा दुग्ध सङ्कलन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७०.३४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा २.६७%, उद्योगमा १.३०% वाणिज्यमा १३.१७%, सञ्चार र यातायातमा ३.०२%, निर्माण क्षेत्रमा ०.८५%, सुविधामा ४.२१%, धार्मिक सेवामा ०.२५%, वैदेशिक रोजगारी तथा भाडामा ०.१५% र अन्यमा ४.०४% रहेका छन्।

प्रशासकीय ताला थानाको स्थापना सन् १९१३ मा भएको थियो भने सन् १९८९ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १२ सङ्घ परिषद्हरू छन् जुन यस प्रकार छन्; नगरघाटा सङ्घ परिषद्, सरुलिया सङ्घ परिषद्, कुमिरा सङ्घ परिषद्, धानदिया सङ्घ परिषद्, इसलामकाटि सङ्घ परिषद्, ताला सङ्घ परिषद्, खलिशखाली सङ्घ परिषद्, मागुराघोना सङ्घ परिषद्, तेतुलिया सङ्घ परिषद्, खेशरा सङ्घ परिषद्, जालालपुर सङ्घ परिषद् र खलिलनगर सङ्घ परिषद्।[]

यस जिल्लाको कुल साक्षरता दर ४५.६६% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५१.८५% छ भने महिलाको साक्षरता दर ३९.०८%रहेको छ। यस उपजिल्लामा १२ क्याम्पस, ७० माध्यमिक विद्यालय, ११९ प्राथमिक विद्यालय र २१ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; ताला सरकारी क्याम्पस (सन् १९६९), कुमिरा महिला डिग्री क्याम्पस (सन् १९९३), ताला बिदे सरकारी उच्च विद्यालय (सन् १८८८), कुमिया बहुमुखी उच्च विद्यालय (सन् १९०२), केएसएससी उच्च माध्यमिक विद्यालय, धानदिया सङ्घ शिक्षण संस्था (सन् १९१५), खालिशखालि शैब्या कन्या माध्यमिक विद्यालय (सन् १९२८), बालिया दहा के एस एससी शिक्षण संस्था (सन् १८९९), इसलामकाटि कन्या माध्यमिक विद्यालय (सन् १९१९), पाटकेलघाटा कओमी मदरसा (सन्दर्भ १९८०) आदि।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "তালা উপজেলা", বাংলাপিডিয়া। 
  2. इसलाम, सिराजुल; जामाल, आहमेद, सम्पादकहरू (सन् २०१२), "ताला उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৫ ফেব্রুয়ারী ২০১৫), "এক নজরে তালা উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। [स्थायी मृत कडी]
  4. "Bangladesh Population and Housing Census 2011: Zila Report – Satkhira", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच १७ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण १८ डिसेम्बर २०१८ मिति
  5. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  6. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]