पाइकगाछा उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाइकगाछा
পাইকগাছা
उपजिल्ला
पाइकगाछा is located in बङ्गलादेश
पाइकगाछा
पाइकगाछा
बङ्गलादेशको नक्शामा पाइकगाछा उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २२°३५.३′उ॰ ८९°२०.२′पू॰ / २२.५८८३°N ८९.३३६७°E / 22.5883; 89.3367निर्देशाङ्कहरू: २२°३५.३′उ॰ ८९°२०.२′पू॰ / २२.५८८३°N ८९.३३६७°E / 22.5883; 89.3367
देश बङ्गलादेश
विभागखुलना विभाग
जिल्लाखुलना जिल्ला
सरकार
 • Political Leaderआक्तारुज्जामान बाबु
क्षेत्रफल
 • जम्मा४११.१९ किमी (१५८.७६ वर्ग माइल)
जनसङ्ख्या
 (१९९१)
 • जम्मा२२५,०८५
 • घनत्व५५०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटhttp://paikgasa.khulna.gov.bd

पाइकगाछा (बङ्गाली: পাইকগাছা) बङ्गलादेशको खुलना जिल्लाको एक उपजिल्ला हो।[१] यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[२][३]

भूगोल[सम्पादन गर्नुहोस्]

पाइकगाछा उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २२°२८' देखि २२°४३' उत्तर अक्षांश र ८९°१४' देखि ८९°२८' पूर्वी देशान्तरणमा अवस्थित छ। दौलतपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४११.१९ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई तालाडुमुरिया उपजिल्लाले उत्तर, कयरा उपजिल्लाले दक्षिण, बटियाघाटादाकोप उपजिल्लाले पूर्व, तालाआशाशुनि उपजिल्लाले पश्चिमबाट घेरेको छ। कपोताक्ष, शिबसा, मरिचाप, हाडिया, सेङ्ग्राइल, मरा भादर गाङ आदि यस उपजिल्लाका प्रमुख नदी हो।[४][५]

इतिहास[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाका सर्वसाधारणहरू ब्रिटिस विरोधी आन्दोलनबाट अत्यन्त प्रभावित थिए। सन् १९३० मा जनताले नुन कानूनको खुलेआम विरोध गरे, महात्मा गान्धीको आह्वानलाई स्वीकार गर्दै आन्दोलन गरेका थिए। बृहत खुल्ना जिल्लाका काङ्ग्रेस नेताहरूको नेतृत्वमा जनताले बरुलीको काटिपाडा पुग्न लामो यात्रा गरे र कपोताक्ष नदीको पानीबाट नुन उत्पादन गर्न शुरू गरेका थिए। यद्यपि प्रहरीले उनको प्रतिरोध गर्दै काङ्ग्रेस नेताहरू सहित केही स्थानीय व्यक्तिलाई पक्राऊ गरेका थिए जसको बदलामा ब्रिटिस विरोधी आन्दोलन तप सक्रिय भएको थियो। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने यस युद्धका बेला यस क्षेत्रमा बसोबास गर्ने उर्दु मात्रृभाषा भएका मानिसहरूले (राजाकार) र पाकिस्तानी सेनाले यहाँ रहेका बङ्गाली मातृभाषा भएका स्थानीय मानिसहरूको सामूहिक हत्या, घरटहरामा आगजनी, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार गरी आतङ्क मच्चाएका थिए। १७ सेप्टेम्बर १९७१ का दिन स्थानीय राजाकारहरूले बङ्गलादेशको स्वतन्त्रताका लडिरहेका लडाकुलाई बोयाली भन्ने स्थानमा आक्रमण गरेका थिए जहाँ राजाकारको समूह पराजित भएको थियो। १९ सेप्टेम्बर १९७१ का दिन यस उपजिल्लाका बाँकार भन्ने ठाउँमा राजाकार र बङ्गलादेशी लडाकु बीच युद्ध भएको थियो जहाँ कामरुल इसलाम, एनायेत आली मोडल र शङ्कर कुमार आधिकारीको मृत्यु भएको थियो। ६ डिभिजन देखि ९ डिसेम्बर सम्म पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच यस उपजिल्लाको विभिन्न स्थानहरूमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो। [६][७]

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २४८११२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १२७५७९ छ भने महिलाको जनसङ्ख्या १२०५३३ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १६२२४८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ८४८९२, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ८३१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १४१ रहेको छ। यस उपजिल्लामा १६२ मस्जिद, ५५ हिन्दु मन्दिर र ३ गिर्जाघरहरू रहेका छन्। यस उपजिल्लाका ७६.५% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १९.४२% ले पोखरी, १.३१% ले टुटी र २.७७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका ६५% पानीका धाराहरूमा आर्सनिकको मात्रा पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये १३.३७% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य संस्था, १० परिवार नियोजन केन्द्र, १ मातृ तथा शिशु हेरचाह केन्द्र र २५ सामुदायिक स्वस्थ्य संस्थाहरू यस प्रकार छन्। [८]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, गहुँ, बेसार, खैनी, पानको पात, मकै लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, आँप, कटहर, केरा, नरिवल, कागती, लिची आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, चकलेट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया जुट, नरिवल, माछा लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको अदुवा, उखु र तोरी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा केही हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा २८३७ माछापालन केन्द्र, ४८ कुखुरापालन केन्द्र तथा ६३ दुग्ध सङ्कलन केन्द्रहरू रहेको छ।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५३.१४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ५.४८%, वाणिज्यमा २२.९३%, सञ्चार र यातायातमा २.८२%, उद्योगमा १.५०% निर्माण क्षेत्रमा १.१६%, सुविधामा ४.११%, धार्मिक सेवामा ०.२१%, वैदेशिक रोजगारी तथा भाडामा ०.१२% र अन्यमा ८.५३% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय पाइकगाछा थानाको स्थापना सन् १९७२ अप्रिल २२ का दिन भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो।[९] पाइकगाछा नगरपालिकाको स्थापना १ फेब्रुअरी १९९८ का दिन भएको थियो। हाल यस उपजिल्लामा १० सङ्घ परिषद्, १७२ मौजा/महल्ला र २१२ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; हरिटाली सङ्घ परिषद्, गडइखाली सङ्घ परिषद्, कपिलमुनि सङ्घ परिषद्, लता सङ्घ परिषद्, देलुटि सङ्घ परिषद्, लस्कर सङ्घ परिषद्, गदाइपुर सङ्घ परिषद्, राडुली सङ्घ परिषद्, चाँदखाली सङ्घ परिषद्, सोलादान सङ्घ परिषद्।[१०][११]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ४५.८४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५३.९३% छ भने महिलाको साक्षरता दर ३७.३३% रहेको छ। यस उपजिल्लामा ९ क्याम्पस, ५३ माध्यमिक विद्यालय, १७० प्राथमिक विद्यालय, ४ बाल उद्धान केन्द्र, ३ सामुदायिक विद्यालय र ६० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; पाइकगाछा क्याम्पस (सन् १९६७), कपिलमुनि क्याम्पस (सन् १९६७), सहिद आयुब मुछा क्याम्पस (सन् १९६७), हरिटाली सङ्घ माध्यमिक विद्यालय, पाइकगाछा सरकारी उच्च विद्यालय, पाइकगाछा सरकारी कन्या उच्च विद्यालय।[१२][१३]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "पाइकगाछामा स्वागत छ", वेलकम टु पाइकगाछा  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०८ मिति
  2. Ashraful Islam Goldar (२०१२), "Paikgacha Upazila", in Sirajul Islam and Ahmed A. Jamal, Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh। 
  3. "पाइकगाछा उपजिल्ला", स्टडी मोस [dead link]
  4. ড. অশোক বিশ্বাস, বাংলাদেশের নদীকোষ, গতিধারা, ঢাকা, ফেব্রুয়ারি ২০১১, পৃষ্ঠা ৩৮৯ ।
  5. "पाइकगाछा उपजिल्लाको आधिकारिक नक्शा", विकि म्यापिया 
  6. "পাইকগাছা উপজেলা" (अङ्ग्रेजीमा), २०१९-०१-२५। 
  7. "बङ्गलादेश मुक्ति युद्ध", मोलवा 
  8. "Population Census Wing, BBS.", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  9. "खुलना जिल्लाका उपजिल्लाहरू", द बङ्गलादेश, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१८ 
  10. "खुलना जिल्लाका उपजिल्लाहरूको सूची", काबिरहाट डटकम, अन्तिम पहुँच ८ जनवरी २०१५ 
  11. "खुलना जिल्लाका उपजिल्लाहरूको जानकारी", डब्ल्युपी ग्रुप बिडी, अन्तिम पहुँच १ अगष्ट २०१७ 
  12. "पाइकगाछामा रहेको पाइकगाछा सरकारी क्याम्पस", ग्लुनिस  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०८ मिति
  13. "पाइकगाछा उपजिल्लाको जानकारी", युट्युब