तीव्रग्राहिता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Anaphylaxis
Angioedema2010.JPG
वर्गीकरण तथा बाह्य सामग्रीहरू
विभागआकस्मिक चिकित्सा, इम्म्युनोलजी[*]
आइसिडी-१०T78.2
आइसिडी-९ सिएम995.0
डिजिज-डिबी29153
मेडलाइन प्लस000844
इ-मेडिसिनmed/128
एमई-एसएचD000707

तीव्रग्राहिता एउटा गम्भिर एलर्झी सम्बन्धी प्रतिक्रिया हो जो तीव्र रूपमा फैलिई मृत्यु समेत गराउन सक्दछ।[१] यसले सामान्यतया चिलाउने, खटीरा आउने, घाँटी सुन्निने तथा कम रक्तचाप जस्ता लक्षणहरू देखाउँछ। साधारण कारणहरूमा किराको टोकाइ/डसाइ, खानाहरू, तथा औषधिहरू पर्दछन्।

विश्वभरिमा ०.०५–२% मानिसहरूलाई उनीहरूको जीवनको केही अवस्थामा तीव्रग्राहिता भएको अनुमान गरिन्छ र यो दर बढ्दै गइरहेको देखिन्छ। यो शब्द युनानी शब्दहरूबाट आएको हो।

लक्षणहरू[सम्पादन गर्ने]

तीव्रग्राहिताका सङ्केत तथा लक्षणहरू।

तीव्रग्राहिता केही मिनेट वा घण्टा भरिमा नै थुप्रै फरक लक्षणहरूको साथमा देखापर्दछ[२][३] औषत सुरुवातमा यदि जोखीम नशाहरूमा छ भने ५ देखि ३० मिनेटसम्म र खाना खाएको २ घण्टामा देखा पर्दछ।[४] यस रोगबाट प्रभावित हुने साधारण क्षेत्रहरूमा: छाला (८०–९०%), श्वासप्रश्वास (७०%), मुटु र नशासम्बन्धी (१०–४५%) र केन्द्रीय स्नायु प्रणाली (१०–१५%)[३] पर्दछन् जसमा सामन्यतया दुई वा सोभन्दा बढी संलग्न हुन्छन्।[५]

छाला[सम्पादन गर्ने]

तीव्रग्राहिता भएको व्यक्तिको पछाडीपट्टीको भाग

यसका सामान्यतया लक्षणहरूमा अत्याधिक चिलाउने, छालामा डाबर आउने वा ओठ सुन्निने पर्दछन्।[६][४] करिब २०% अवस्थाहरूमा जिब्रो वा घाँटी सुन्निने गर्दछ।[७] अन्य विशेषताहरूमा सिँगान बग्ने र नेत्र श्लेष्मता सुन्निने लक्षणहरू देखा पर्दछन्।[८] छलमा अक्सिजनको कमीका कारणले छाला चाउरिने गर्दछन्।[८]

श्वासप्रश्वास[सम्पादन गर्ने]

श्वासप्रश्वास सम्बन्धी लक्षणहरू र सङ्केतहरू, श्वास छोटो हुने, जोरले सास लिनु सहित देखा पर्न सक्छन्।[८] यसले स्वर बस्ने, दुखाइसँगै सुन्निने, वा रुघाखोकी लाग्ने पनि हुन सक्छन्।[४]

अन्य[सम्पादन गर्ने]

पेट सम्बन्धित लक्षणहरूमा पेट दुख्ने, पखाला लाग्ने, र बान्ता हुने गर्दछ।[६][६][८] मस्तिष्क वरिपरि रक्त नलीहरूको फैलावटको कारणले गर्दा टाउको दुख्ने पनि हुन सक्छ।[४]

कारणहरू[सम्पादन गर्ने]

तीव्रग्राहिता लगभग कुनैपनि विदेशी पदार्थहरूको प्रतिक्रियामा हुनसक्छ।[९] समान्य कारणहरूमा किराको टोकाइ तथा डसाइहरू, खानाहरु, र औषधि सेवनबाट लाग्ने विष पर्दछ।[१०][११] बालबालिकाहरू र वयस्कहरूमा हुने सबैभन्दा बढी समान्य कारणहरू खाना हुन् जबकी औषधि सवेन र किराको टोकाइ तथा डसाइहरू युवाहरूमा हुने प्रभावकारी सामान्य कारणहरू हुन्।[५] कम समान्य कारणहरूमा: शारिरीक तत्वहरू, जैविक कारकहरू जस्तै वीर्य र हर्मोनसम्बन्धी परिवर्तनहरू, खानामा मिसाइने पदार्थहरू तथा खानामा राखिने रङहरू र प्रासङ्गिक औषधिहरू पर्दछन्।[८][५][१२] [४] शारीरिक अचेतनाको अवधिमा, न्युरोमस्कुलर रुकावट कारक, एन्टिवायोटिक्स, र लेटेक्स सबैभन्दा बढी सामान्य कारणहरू हुन्छन्।[१३]

खाना[सम्पादन गर्ने]

थुप्रै खानाहरूले तीव्रग्राहिताको सुरुवात गराउन सक्छन्। पश्चिमी संस्कृतिहरूमा, बदाम, गहुँ, सुपारी, ओखर, इत्यादि,, माछा, दूध, र अण्डाहरू खानु वा यसको सम्पर्कमा आउनु सबैभन्दा प्रचलित कारणहरू हुन्।[३][५] मध्य पूर्वमा, तिल सामान्य कारण हो भने, एसियामा चामल र काबुलीचना लाई बारम्बार तीव्रग्राहिताको स्रोतको रूपमा भेटिन्छ।[५] गम्भीर मामिलाहरू सामान्यतया एलर्जी पैदा गर्ने खानुको परिणामहू हुन्।[१०] तर केही व्यक्तिहरूले सम्पर्क पश्चात् गम्भीर प्रतिक्रियाको अनुभव गर्दछन्। केही व्यक्तिहरूले सम्पर्क पश्चात् गम्भीर प्रतिक्रियाको अनुभव गर्छन्। १६ वर्षको उमेर पुग्दा, दूध वा अण्डाहरू प्रति तीव्रग्राहिता भएका ८०% बालबालिकाहरू र बदाम प्रति पृथक तीव्रग्राहिता अनुभव गर्ने २०% बालबालिकाहरू यी खाद्यपदार्थहरूलाई सहन सक्छन्।[९]

औषधी सेवन[सम्पादन गर्ने]

सम्भवत: कुनैपनि औषधीसेवनले तीव्रग्राहीता सुरु गर्न सक्छ। β-लाक्टम एन्टिबायोटिक्स (जस्तै पेनिसिलिन) र एस्पिरिन सबैभन्दा सामान्य हुन्।[१४] अन्य अपेक्षाकृत सामान्य कारणहरूमा केमोथेरापी, खोपहरू, प्रोटामाइन र जडीबुटीबाट बनाइएका औषधिहरू पर्दछन्।

पेनिसिलिनहरू वा सेफालोस्पोरिनहरू प्रति हुने तीव्रग्राहिताहरू तिनीहरू शरीर भित्र रहेका प्रोटिनहरूमा अन्य भन्दा सजिलै टाँसिने कारकहरूसँग टाँसिएपछि मात्र हुन्छ। पेनिसिलिन प्रति हुने तीव्रग्राहीता हरेक २,०००० देखि १०,००० उपचारको क्रममा एक पटक हुन्छ, र हरेक ५०,००० उपचारको क्रमहरूमा १ भन्दा पनि कम मृत्यु हुन्छ।एस्पिरिन प्रति हुने तीव्रग्राहिताहरू हरेक ५०,००० व्यक्तिहरू मध्ये लगभग एक जनामा हुन्छ।

विष[सम्पादन गर्ने]

मौरी र बारुलाहरू जस्ता कीराहरूको टोकाईबाट लाग्ने विषले अतिसंवेदनशील मानिसहरूमा तीव्रग्राहीताको कारण बन्न सक्छ।[१५]

प्याथोफिजियोलोजी[सम्पादन गर्ने]

तीव्रग्राहीता एउटा तुरुन्तै सुरु हुने एलर्जिक प्रतिक्रिया हो जसले धेरै शारिरीक प्रणालीहरूलाई असर पार्छ।[१][१६]

प्रतिरक्षी[सम्पादन गर्ने]

प्रतिरक्षी प्रक्रियामा इम्युनोग्लोबुलिन ई एन्टिजेन (छालामा सङ्क्रमण निम्त्याउने बाहिरी तत्व) मा टाँसिन्छ। एन्टिजेनसँग टाँसिएको यस्ता पदार्थहरूले त्यसपछि मास्ट कोषहरू र बेसोफिलमा रहेका सुचकहरूलाई सक्रिय बनाउँछ। यी कारक तत्वहरूले त्यसपछि वायुनलीको कोमल मांसपेशीहरूमा सङ्कुचन वृद्धि गर्छ, भासोडिलेसन सुरु गर्छ, रक्त नलीहरूबाट तरल पदार्थको चुहावट वृद्धि गर्छ र हृदयको मांसपेशी अवसाद गराउँदछ।[४][१६]

निदान[सम्पादन गर्ने]

तीव्रग्राहीताको निदान रोग-विषयक मानदण्डको आधारमा गरिन्छ।[५] कुनै एलर्जी पैदा गर्ने तत्वको सम्पर्कमा आएको केही मिनेट/घण्टा भित्र निम्न तीन मध्ये कुनैपनि लक्षण देखियो भने तीव्रग्राहिता हुने सम्भावना धेरै छ:[५]

  1. छाला वा श्लेष्मा सम्बन्धी तन्तुको संलग्नता र साथमा श्वास-प्रश्वासमा कठिनाइ वा न्यून रक्तचाप
  2. निम्न लक्षणहरू मध्ये दुई वा बढी:-
    अ. छाला वा श्लेष्मा सम्बन्धी तन्तुको संलग्नता
    आ. श्वास-प्रश्वासमा कठिनाइ
    इ. न्यून रक्तचाप
    ई. पेट सम्बन्धित लक्षणहरू
  3. एलर्जी पैदा गर्ने एउटा ज्ञात तत्वको सम्पर्कमा आएपछि रक्तचाप न्यून हुने

वर्गिकरण[सम्पादन गर्ने]

तीव्रग्राहीताका तीनवटा प्रमुख वर्गीकरणहरू छन्। एनाफिलाक्टिक घात दैहिक भासोडिलेसन]सँग सम्बन्धित छ, जसको कारणले गर्दा न्यून रक्तचाप जुन परिभाषा अनुसार व्यक्तिको आधार रेखा भन्दा ३०% कम छ वा मानक मान भन्दा तल छ।[७]द्विचरणीय तीव्रग्राहीता एलर्जी पैदा गर्ने तत्वसँग पछि सम्पर्कमा नआउँदा पनि १-७२ घण्टा भित्र लक्षणहरू पुन: देखा पर्ने गर्दछ।[५] घटनाको प्रतिवेदनहरू भिन्न छन् तर केही अध्ययनहरूले २०% मामिलाहरू दावी गरेका छन्।[१७] साधारणतया ८ घण्टा भित्र लक्षणहरू पुन: देखा पर्छन्।[१०] यसलाई तीव्रग्राहीतालाई जस्तै गरी व्यवस्थित गरिन्छ।[३] विश्व एलर्जी सङ्गठनले हाल प्रयोग गरिरहेको शब्द गैर-प्रतिरक्षा तीव्रग्राहीता हो र [१८] केहीले अब उपरान्तबाट पुरानो शब्दावली प्रयोग नगर्न सिफारिस गरेका छन्।[१०]

एलर्जी परीक्षण[सम्पादन गर्ने]

छाला एलर्जि परीक्षण दायाँ पाखुरामा गरिँदै

एलर्जी परीक्षणले कारण निर्धारण गर्न मद्दत गर्न सक्छ। केही निश्चित खाद्यपदार्थहरू र विषहरूको लागि छालामा एलर्जी परीक्षण उपलब्ध छ। [९] रगत परीक्षण, दूध, अण्डा, बदाम, सुपारी, औखर इत्यादि र माछा प्रति हुने इलर्जिहरू निश्चित गर्न उपयोगी हुन सक्छ।[९][९] तीव्रग्राहीताको गैर-प्रतिरक्षण प्रकारहरू छाला वा रगत परीक्षणद्वारा नभएर, इतिहास वा चर्चामा रहेको एलर्जि पैदा गर्ने तत्वको सम्पर्कमा आएको अवस्थाद्वारा मात्र निर्धारित गरिन सकिन्छ।[१८]

विबेदक निदान[सम्पादन गर्ने]

कहिलेकाँही तीव्रग्राहीतालाई दम, सिनकोपि, र अत्याहट घातहरूबाट छुट्याउन गाह्रो हुन्छ।[५] यद्यपि साधारणतया दमको कारणले गर्दा चिलाउने वा पेट सम्बन्धित लक्षणहरू देखिँदैन, सिनकोप खटिराको सट्टा पहेँलोपनको साथमा देखा पर्छ र अत्याहट घातहरू दौरान रातोपना देखिन सक्छ तर डाबरहरू देखिँदैन।

शव-परीक्षण परिणामहरू[सम्पादन गर्ने]

तीव्रग्राहिताको कारणले मृत्यु भएको व्यक्तिमा शव-परीक्षाले "खाली मुटु" भ्यासोडाइलेसनबाट फर्किने शिराहरू घटाउन र केन्द्रबाट परिधीय खण्डमा इन्ट्राभस्कुलरको पुन:वितरणमा जिम्मेवार देखिन सक्छ।[१९]

रोकथाम[सम्पादन गर्ने]

तीव्रग्राहीताको कारणबाट जोगिन सिफारिस गरिन्छ।हाइमेनोप्टेरा विषहरूको साथमा इम्युनोथेरपी ८०-९०% वयस्कहरूलाई र ९८% बालबालिकाहरूलाई मौरी, बारुला, अरिङ्गाल, बच्छि र कमिलाहरूबाट टाढा रहनु प्रभावकारी हुन सक्छ।दूध, अण्डा, बदाम लगायतका निश्चित खाद्य पदार्थ प्रति केही व्यक्तिहरूलाई तीव्रग्राहिताबाट बचाउन मुखमा गरिने इम्युनोथेरापि प्रभावकारी हुन सक्छ, यद्यपि प्रतिकुल प्रभावहरू सामान्य छन्। लेटेक्स प्रति प्रतिक्रिया देखाउनेहरूको लागि अन्य मध्ये केरा र आलु जस्ता अन्तर-प्रतिक्रियाशील खाद्य पदार्थहरू त्याग्न महत्त्वपूर्ण हुन सक्छ।

व्यवस्थापन[सम्पादन गर्ने]

तीव्रग्राहीता एउटा आपतकालीन चिकित्सा अवस्था हो जसको लागि श्वासनली व्यवस्थापन, अनुपूरक अक्सिजन, धेरै मात्रामा इन्ट्राभेनस तरल पदार्थहरू, कडा निगरानी जस्ता पुनर्जीवन उपायहरू आवश्यक पर्न सक्छ। द्विचरणिय तीव्रग्राहीताको सम्बन्धमा चिन्ताहरूले गर्दा व्यक्तिहरू सामान्य अवस्थामा फर्केपछि तिनीहरूलाई २ देखि २४ घण्टाको लागि अस्पतालको निरीक्षणमा राख्न सिफारिस गरिन्छ।[१७][२०]

एपिनेफ्रिन[सम्पादन गर्ने]

EpiPen auto-injector को एउटा पुरानो संस्करण

इपिनेफ्रिन (एड्रिनालिन) तीव्रग्राहीताको लागि प्राथमिक उपचार हो। इपिनेफ्रिन मिश्रणलाई निदानको शंका लाग्ने बित्तिकै सकेसम्म छिटो मध्य एन्टेरोलेटेरियल तिघ्रामा मांसपेशी भित्र दिन सिफारिस गरिन्छ। यदि पर्याप्त प्रतिक्रिया देखाएमा सुई दिने कार्यलाई हरेक ५ देखि १५ मिनेटमा दोहोर्‍याउन सकिन्छ। [५] १६ देखि ३५% प्रसङ्गहरूमा दोस्रो डोज आवश्यक पर्छ भने दुईभन्दा बढी डोज कहिलेकाहीं मात्र आवश्यक पर्छ।[५] छाला तल लगाइने तरिकालाई भन्दा बढी मांसपेशी भित्र लगाइने तरिका रुचाइन्छ किनभने अगाडिको तरिकाले हवशोषण गर्न ढिलाई गर्न सक्छ।[२१] इपिनेफ्रिन प्रयोगबाट हुने न्यून प्रतिकूल प्रभावहरूमा कम्पनहरू, चिन्ता, टाउको दुख्ने, धकधकी हुने पर्दछ।[५]

β-ब्लकर प्रयोग गरिरहेका व्यक्तिहरू इपिनेफ्रिनको प्रभाव प्रति प्रतिरोधी हुन सक्छन्।

यदि आवश्यक भएमा यसलाई नसाको माध्यमबाट पातलो इपिनेफ्रिन मिश्रण प्रयोग गरेर पनि दिइन सकिन्छ। यद्यपि इन्ट्राभेनस इपिनेफ्रिनलाई कार्डियाक डिसरिदमिया र म्योकार्डियल इनफार्कसन दुवैसँग सम्बद्ध गरिएको छ।[२२] इपिनेफ्रिन अटोइन्जेक्टर जसलाई आफै सुई लगाउनको लागि प्रयोग गरिन्छ, साधारणतया दुई डोजमा, एउटा २५ kg भन्दा बढी वजन भएका वयस्कहरू र बालबालिकाहरूको लागि हो र अर्को १० देखि २५ kg वजन भएका बालबालिकाहरूको लागि हो।[२३]

सहायकहरू[सम्पादन गर्ने]

कोर्टिकोस्टेरोइडहरूले तीव्रग्राहीताको हालको अवस्थामा अन्तर ल्याउन सक्छ।तर यसलाई द्विचरणिय तीव्रग्राहीताको जोखिम घटाउने आशामा प्रयोग गरिन सकिन्छ। यी परिस्थितिमा तिनीहरूको रोगनिरोधी प्रभावकारिता अनिश्चित छ।[१७] एपिनेफ्रिनले समाधान नहुने ब्रोङ्कोस्पाज्मका लागि नेबुलाईज्ड सल्बुटामोल प्रभावकारी हुन सक्छन्। मिथाइलीन ब्लू नरम मांसपेशीलाई आराम दिने यसको अनुमानित प्रभावले गर्दा यसलाई अन्य उपचारहरू प्रति प्रतिक्रिया नदेखाउनेहरूमा प्रयोग गरिंदै आएको छ।

तयारी[सम्पादन गर्ने]

तीव्रग्राहीता हुने प्रवृत्ति भएका व्यक्तिहरूलाई एउटा "एलर्जि कार्य योजना" बनाउन सुझाव दिइन्छ, र आमाबुवाहरूलाई तिनीहरूको बच्चाहरूको विद्यालयलाई बच्चाहरूको एलर्जिको बारेमा र तीव्रग्राहीता सम्बन्धी आपतकालीन स्थितिहरूमा के गर्ने भन्ने बारेमा सूचित गर्न सुझाव दिइन्छ।[२४] [२४] तीव्रग्राहीताका भावी स्थितिहरूको रोकथाम गर्न निश्चित कारणहरूको लागि एलर्जेन इम्युनोथेरापी उपलब्ध छ।

रोग निदान[सम्पादन गर्ने]

कारण ज्ञात भएको र शीघ्र उपचार उपलब्ध भएकोहरूमा रोग निदान राम्रो हो।[२५] कारण अज्ञात भए तापनि, यदि उचित रोकथाम औषधी सेवन उपलब्ध छ भने रोग निदान सामान्यतया राम्रो हुन्छ। रोग लागेको केही मिनेट भित्रमानै मृत्यु भएको मामिलाहरू पनि छन्। व्यायामको कारणले गर्दा हुने तीव्रग्राहीताको परिणामहरू साधारणतया राम्रा हुन्छन्, र मानिसहरूको उमेर वृद्धि हुँदै जाँदा थोरै र कम गम्भीर अवस्थाहरू देखा पर्छन्।[२६]

तथ्याङ्क[सम्पादन गर्ने]

तीव्रग्राहिताले प्रत्येक वर्ष प्रति १००,००० व्यक्तिहरूमा ४–५ लाई जीवनभरिको जोखिमको साथमा ०.५–2% हुन्छ।[५]दरहरु बढ्दै गइरहेको देखिन्छ: सन् १९८० को दशकमा मामिलाहरू लगभग प्रतिवर्ष प्रति १००,००० मा २० थियो, जबकी १९९० को दशकमा प्रतिवर्ष प्रति १००,००० मा ५० थियो।[३] वृद्धि मुख्य रूपमा खाद्य-प्रेरित तीव्रग्राहितामा भएको देखिने गर्दछ।[२७] जोखिम युवा मानिसहरू र महिलाहरूमा बढी मात्रामा रहेको हुन्छ।[३]

हाल समयमा संयुक्त राज्यमा तीव्रग्राहिताबाट प्रतिवर्ष ५००–१००० (२.४ प्रति मिलियनमा) मृत्यु हुने गर्दछन्, संयुक्त अधिराज्यमा प्रतिवर्ष २० (०.३३ प्रति मिलियनमा) मृत्यु हुने गर्दछन् र अस्ट्रेलियामा प्रतिवर्ष १५ (०.६४ प्रति मिलियनमा) मृत्यु हुने गर्दछन्। मृत्युदर १९७० को दशकदेखि सन् २००० को दशकको बीचमा घटेको छ।[२८] अस्ट्रेलियामा, खाना-प्रेरित तीव्रग्राहिताबाट हुने मृत्यु मुख्य रूपमा महिलाहरूमा हुन्छ भने किराको टोकाइबाट हुने तीव्रग्राहिताको कारणले हुने मृत्युहरु मुख्य रूपमा पुरुषहरूमा हुन्छ। तीव्रग्राहिताबाट हुने मृत्यु सबैभन्दा बढी सामान्यरूपमा औषधिहरूबाट सुरु हुन्छ।

इतिहास[सम्पादन गर्ने]

शब्द "एफिलेक्सिस" चार्ल्स रिचेट द्वारा सन् १९०२ मा अविष्कार गरिएको थियो र पछि यसलाई "एनाफाइलेक्सिस" मा परिवर्तन गरिएको थियो।[९] पछि सन् १९९३ मा एनाफाइलेक्सिसमा उनको कामले गर्दा उनलाई औषधी र फिजियोलोजीमा नोबेल पुरस्कारद्वारा सम्मनित गरिएको थियो। यद्यपि यस तथ्यलाई प्राचीन समय देखि नै वर्णन गरिँदै आएको छ।[१८]शब्द युनानी भाषाको शब्दहरू ἀνά ana, विरुद्ध, र φύλαξις phylaxis, संरक्षणबाट आएको हो।[२९]

सन्दर्भहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Tintinalli, Judith E. (२०१०), Emergency Medicine: A Comprehensive Study Guide (Emergency Medicine (Tintinalli)), New York: McGraw-Hill Companies, पृ: 177–182, आइएसबिएन 0-07-148480-9 
  2. Oswalt ML, Kemp SF (May २००७), "Anaphylaxis: office management and prevention", Immunol Allergy Clin North Am 27 (2): 177–91, vi, डिओआई:10.1016/j.iac.2007.03.004, पिएमआइडी 17493497, "Clinically, anaphylaxis is considered likely to be present if any one of three criteria is satisfied within minutes to hours"  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ Simons FE (२००९), "Anaphylaxis: Recent advances in assessment and treatment", J. Allergy Clin. Immunol. 124 (4): 625–36; quiz 637–8, डिओआई:10.1016/j.jaci.2009.08.025, पिएमआइडी 19815109 
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ ४.५ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Rosen2010
  5. ५.०० ५.०१ ५.०२ ५.०३ ५.०४ ५.०५ ५.०६ ५.०७ ५.०८ ५.०९ ५.१० ५.११ ५.१२ World Allergy, Organization (२०१० मे), "World Allergy Organization survey on global availability of essentials for the assessment and management of anaphylaxis by allergy-immunology specialists in health care settings.", Annals of allergy, asthma & immunology : official publication of the American College of Allergy, Asthma, & Immunology 104 (5): 405–12, डिओआई:10.1016/j.anai.2010.01.023, पिएमआइडी 20486330 
  6. ६.० ६.१ ६.२ Sampson HA, Muñoz-Furlong A, Campbell RL, et al. (February २००६), "Second symposium on the definition and management of anaphylaxis: summary report—Second National Institute of Allergy and Infectious Disease/Food Allergy and Anaphylaxis Network symposium", J. Allergy Clin. Immunol. 117 (2): 391–7, डिओआई:10.1016/j.jaci.2005.12.1303, पिएमआइडी 16461139  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  7. ७.० ७.१ Limsuwan, T (२०१० Jul), "Acute symptoms of drug hypersensitivity (urticaria, angioedema, anaphylaxis, anaphylactic shock).", The Medical clinics of North America 94 (4): 691–710, x, डिओआई:10.1016/j.mcna.2010.03.007, पिएमआइडी 20609858 
  8. ८.० ८.१ ८.२ ८.३ ८.४ Brown, SG; Mullins, RJ, Gold, MS (२००६ Sep ४), "Anaphylaxis: diagnosis and management.", The Medical journal of Australia 185 (5): 283–9, पिएमआइडी 16948628  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. ९.० ९.१ ९.२ ९.३ ९.४ ९.५ Boden, S (२०११ Jul), "Anaphylaxis: a history with emphasis on food allergy.", Immunological reviews 242 (1): 247–57, डिओआई:10.1111/j.1600-065X.2011.01028.x, पिएमआइडी 21682750 
  10. १०.० १०.१ १०.२ १०.३ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named CEA11
  11. Worm, M (२०१०), "Epidemiology of anaphylaxis.", Chemical immunology and allergy 95: 12–21, डिओआई:10.1159/000315935, पिएमआइडी 20519879 
  12. editors, Marianne Gausche-Hill, Susan Fuchs, Loren Yamamoto, (२००७), The pediatric emergency medicine resource (Rev. 4. ed. संस्करण), Sudbury, Mass.: Jones & Bartlett, पृ: 69, आइएसबिएन 978-0-7637-4414-4 
  13. Dewachter, P; Mouton-Faivre, C, Emala, CW (२००९ Nov), "Anaphylaxis and anesthesia: controversies and new insights.", Anesthesiology 111 (5): 1141–50, डिओआई:10.1097/ALN.0b013e3181bbd443, पिएमआइडी 19858877  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  14. Volcheck, Gerald W. (२००९), Clinical allergy : diagnosis and management, Totowa, N.J.: Humana Press, पृ: 442, आइएसबिएन 9781588296160, मूलबाट ५ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ डिसेम्बर २०१८ 
  15. Klotz, JH (२०१० Jun १५), ""Kissing bugs": potential disease vectors and cause of anaphylaxis.", Clinical infectious diseases : an official publication of the Infectious Diseases Society of America 50 (12): 1629–34, डिओआई:10.1086/652769, पिएमआइडी 20462351 
  16. १६.० १६.१ Khan, BQ; Kemp, SF (२०११ Aug), "Pathophysiology of anaphylaxis.", Current opinion in allergy and clinical immunology 11 (4): 319–25, डिओआई:10.1097/ACI.0b013e3283481ab6, पिएमआइडी 21659865  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  17. १७.० १७.१ १७.२ Lieberman P (२००५), "Biphasic anaphylactic reactions", Ann. Allergy Asthma Immunol. 95 (3): 217–26; quiz 226, 258, डिओआई:10.1016/S1081-1206(10)61217-3, पिएमआइडी 16200811 
  18. १८.० १८.१ १८.२ Ring, J (२०१०), "History and classification of anaphylaxis.", Chemical immunology and allergy 95: 1–11, डिओआई:10.1159/000315934, पिएमआइडी 20519878 
  19. Anaphylaxis, Author: Stephen F Kemp, MD, FACP; Chief Editor: Michael A Kaliner, MD;http://emedicine.medscape.com/article/135065-overview#showall
  20. "Emergency treatment of anaphylactic reactions – Guidelines for healthcare providers" (PDF), Resuscitation Council (UK), २००८, अन्तिम पहुँच २००८-०४-२२ 
  21. Simons, KJ (२०१० Aug), "Epinephrine and its use in anaphylaxis: current issues.", Current opinion in allergy and clinical immunology 10 (4): 354–61, डिओआई:10.1097/ACI.0b013e32833bc670, पिएमआइडी 20543673 
  22. Mueller, UR (२००७ Aug), "Cardiovascular disease and anaphylaxis.", Current opinion in allergy and clinical immunology 7 (4): 337–41, डिओआई:10.1097/ACI.0b013e328259c328, पिएमआइडी 17620826 
  23. Simons, FE, Section on Allergy and Immunology, American Academy of, Pediatrics (२००७ Mar), "Self-injectable epinephrine for first-aid management of anaphylaxis.", Pediatrics 119 (3): 638–46, डिओआई:10.1542/peds.2006-3689, पिएमआइडी 17332221 
  24. २४.० २४.१ Martelli, A (२००८ Aug), "Anaphylaxis in the emergency department: a paediatric perspective.", Current opinion in allergy and clinical immunology 8 (4): 321–9, डिओआई:10.1097/ACI.0b013e328307a067, पिएमआइडी 18596589 
  25. Weisman, Micheal S. (२००७), Head and neck manifestations of systemic disease, London: Informa Healthcare, पृ: 325, आइएसबिएन 978-0-8493-4050-5 
  26. editor, Mariana C. Castells, (२०१०), Anaphylaxis and hypersensitivity reactions, New York: Humana Press, पृ: 223, आइएसबिएन 978-1-60327-950-5 
  27. Martin, PE, Allen, KJ (२०११ Oct), "An update on epidemiology of anaphylaxis in children and adults.", Current opinion in allergy and clinical immunology 11 (5): 492–6, डिओआई:10.1097/ACI.0b013e32834a41a1, पिएमआइडी 21760501 
  28. Minaei, AA, Tracy, JM (२०१० Aug), "Anaphylaxis and insect allergy.", Current opinion in allergy and clinical immunology 10 (4): 318–22, डिओआई:10.1097/ACI.0b013e32833a6c72, पिएमआइडी 20543675 
  29. "anaphylaxis", merriam-webster.com, अन्तिम पहुँच २००९-११-२१