तेस्रो विश्वयुद्ध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
तेस्रो विश्वयुद्धमा हुन सक्ने एक परमाणु प्रलय।


तेस्रो विश्वयुद्ध एक काल्पनिक युद्ध हो।जुन निकट भविष्यमा हुन सक्ने युद्ध अन्तर्गत पर्दछ।संसारका मुख्य शक्तिहरुका बोली र व्यवहारमा कडापन ह्वात्तै बढेपछि एक पटक फेरी विश्वयुद्धको त्रासदी बढेको छ।अमेरिका, चीन, युरोपियन युनियन र रसियाका स्वार्थहरु एकआपसमा नराम्ररी बाझिन थालेपछि कतै विश्व तेस्रो विश्वयुद्ध तर्फ अग्रसर त भएको होइन् भने आशंकाहरु बढेका हुन्।

सौन्य अभ्यासहरू तथा तनाव[सम्पादन गर्ने]

२०१७:मे महिनाकै पहिलो हप्तामा नेटोले इस्टोनियामा अहिले सम्मै ठुलो सैन्य अभ्यास गर्यो। यो सैन्य अभ्यासको एक मात्र उद्धेश्य रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको महत्वकांक्षालाई जवाफ दिनु मात्र थियो । रसिया चुप बसेन, मेडिटेरानियन समुन्द्रमा चीनसंग मिलेर सैन्य अभ्यास गर्यो जुन अमेरिका सहित नेटोलाई जोडदार जवाफ थियो।

युक्रेनपछी पुटिनको आँखामा बाल्टिक क्षेत्रका देशहरु परेको अनुमान गरिएको छ। गत महिना लाटभियाले रसियन पनडुब्बी (सबम्यारिन)लाई आफ्नो समुन्द्रमा भेटेको जनाएको थियो भने फिनल्याण्डले आफ्नो क्षेत्रमा अज्ञात सबम्यारिनमाथि आक्रमण गर्नु परेको सुचना दिएको थियो। यसकै आधारमा पनि अमेरिका रसियाप्रति सशंकित छ।

अमेरिका र चिन सम्बन्ध[सम्पादन गर्ने]

अमेरिका र चीनको ‘साउथ चाइन सि’ का विषयमा चरम विवाद, युरोपियन युनियन सहित अमेरिकाको रसिया विरुद्ध गोलबन्दी र चीन र रसियाको बाक्लिदो सम्बन्धका संकेतहरु प्रिय छैनन्। त्यसमाथि एक अर्कालाई देखाउन र तर्साउन शुरु गरिएका सैन्य अभ्यासहरु होश उडाउने किसिमका छन्।

अमेरिका र चिनियाँ सम्वन्ध पनि निकै तनावपुर्ण छ। ‘साउथ चाइना सि’को विषयमा दूई देशहरुको कुरो कतै मिल्दैन् भने बीचको बाटो पनि सहज देखिन्न। प्राय कुटिनैतिक बोली बोल्न रुचाउने चीनको पछिल्लो स्वरहरु निकै आक्रमक हुँदै गएका छन्। सरकार नियन्त्रित पत्रिका द ग्लोवल टाइम्स लेख्छ-‘साउथ चाइना सिमा चीनले गरिरहेका निर्माण रोक्नु पर्ने मागबाट अमेरिका पछि हट्दैन् भने युद्ध निश्चित छ।’अमेरिकाका खबरपति जर्ज सोरोसले केही हप्ता अघि विश्व बैंकको एक कार्यक्रममा सनसनीपुर्ण टिप्पणी गरे। उनले भनेका थिए-संसार तेस्रो विश्व युद्धको नजिक छ। उनको विश्लेषण थियो-चीन रसियासंग राजनीतिक र सामरिक रुपमा मिलेर तेस्रो विश्व युद्धको शुरुवात गर्न सक्दछ। निर्यातमा आधारित अर्थतन्त्रलाई आन्तरिक मागका आधारमा चल्ने पद्धतिमा ढाल्न संघर्ष गरिरहेको चीनलाई देश ‘एक ढिक्कामा’ राख्न युद्ध जरुरी भएको उनको तर्क थियो।[१]


भविष्यवाणी[सम्पादन गर्ने]

विश्वका महान इतिहास विद्हरूले कुनै पनि समयमा विश्वमा पुनः तेस्रो विश्वयुद्ध हुन सक्ने भविष्यवाणी गर्ने गर्दछ।

संसारका मुख्य शक्तिहरु ध्रुविकृत हुँदै जाँदा यसले युद्धको खतरालाई टार्ने नमिल्ने हदसम्मै पुर्याइदिएको त होइन भन्ने आशंकाहरुले जबरजस्त ठाउँ पाएका हुन्। प्रतिष्ठित तथा चर्चित सैन्य विश्लेषक जोन स्किनडलरले ट्विट गरे-‘एक उच्च नेटो अधिकारीले मलाई आज भने-यही गर्मीको मौसस(समर)मा संभवतमा हामी युद्धमा हुनेछौ। हामी भाग्यमानी रहे आणविक युद्ध नहुन सक्छ ।’ उनी अमेरिकी युद्ध कलेजका पुर्व लेक्चर समेत हुन्।

कारण[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. https://www.nepalinews.com के तेस्रो विश्वयुद्ध शुरु हुन लागेको हो ?