त्रिशङ्कु संसद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संसदीय व्यवस्थामा सरकारमा त्रिशङ्कु संसद भनेको संंसद वा व्यवस्थापिकामा कुनै पनि राजनीतिक दल वा गठबन्धनसँग पूर्ण बहुमत नभएको अवस्थालाई जानिन्छ। यसलाई कहिलेकाँही सन्तुलित संसद [१] [२] वा विना नियन्त्रणको व्यवस्थापिका पनि भनिन्छ। [३] [४] [५] यदि व्यवस्थापिका दुई सदनात्मक हुन्छ र सरकार निर्माणमा तल्लो सदनमा मात्र जिम्मेवार हुन्छ भने "त्रिशङ्कु संसद" भन्ने शब्दले तल्लो सदनलाई जनाउँछ। दुई पार्टीको प्रणालीमा धेरै जसो चुनावमा एउटा पार्टीले पूर्ण बहुमत पाउँछ र छिट्टै नयाँ सरकार गठन गर्छ। "त्रिशङ्कु संसद" यो रूपरेखाको अपवाद हो र यसलाई अनियमित वा अवाञ्छनीय मान्न सकिन्छ। एक वा दुवै मुख्य दलले केही अन्य साना पार्टी, वा केही अन्य पार्टी वा स्वतन्त्र सदस्यहरूको सहयोगमा अल्पमतको सरकार वा गठबन्धन सरकार गठन गर्न सक्दछन्। यदि यी प्रयासहरू असफल भएमा संसद भङ्ग गर्ने र नयाँ चुनाव गर्ने विकल्प रहन्छ। यस्तो परिस्थिति समानुपातिक प्रतिनिधित्वले निर्वाचित संसदमा सामान्य हुन्छ। बहुदलीय प्रणालीमा निर्वाचनपछिको गठबन्धनको सरकार गठनको वार्ता सामान्य हुन्छ। "त्रिशङ्कु संसद" शब्द प्रयोग भएको छैन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Balanced parliament: No need to rush", द गार्डियन (London), २०१०-०५-०५, मूलबाट ७ मई २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फ़रवरी २०११ 
  2. "SNP puts case for hung parliament", बीबीसी न्यूज़, २०१०-०४-२०, मूलबाट १२ जून २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फ़रवरी २०११ 
  3. "Q+A - What happens if no party gets a majority in UK election?", Reuters, मे ७, २०१०, मूलबाट १६ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फ़रवरी २०११  वेब्याक मेसिन अभिलेखिकरण जुलाई १६, २०१८ मिति
  4. Paun, Akash (२००९-१२-०४), "Hung up on 'no overall control'", द गार्डियन (London), मूलबाट ७ दिसंबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फ़रवरी २०११ 
  5. "संग्रहीत प्रति", मूलबाट ३१ दिसंबर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फ़रवरी २०११