सामग्रीमा जानुहोस्

दलजित शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दलजित शाह गोर्खा राज्यका राजकुमार थिए। उनी राजा नरभुपाल शाहका पाँच भाइ छोरा मध्ये कान्छा छोर थिए। पृथ्वीनारायण शाहले आफ्नो पाँच भाइलाई पाँच पाण्डव भन्ने गर्थे। उनी आफ्ना दाइ राजा पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपाल एकीकरण मा सक्रिय थिए।

उनी चौतारिया र कााजी भएका थिए। उनले पलाञ्चोकको लडाइँ , कीर्तिपुरको लडाइ, काभ्रे र मकवानपुरको लडाइँको नेतृत्व गरेका थिए।. [१]

राजा पृथ्वीनारायण शाहको मृत्यु पछि राजा भएका प्रतापसिंह शाहले दलजित शाह र बहादुर शाहलाई आफूलाई हटाएर बहादुर शाहलाई नेपालको राजा बनाउने षड्यन्त्र गरेको आरोप लगाएर दलजित शाह र बहादुर शाह नुवाकोटमा थुनिएका थिए । [२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ उद्दरण त्रुटी: अवैध <ref>चिनो; ":0" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. ↑ उद्दरण त्रुटी: अवैध <ref>चिनो; ":1" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन