दहरान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दहरान
الظهران
शहर
दहरान
साउदी अरबको नक्शामा दहरानको अवस्थितिको अवस्थिति
साउदी अरबको नक्शामा दहरानको अवस्थिति
देश साउदी अरब
प्रदेशपुर्वी प्रदेश
क्षेत्रफल
 • शहर१०० किमी (४० वर्ग माइल)
 • जमीन१०० किमी (४० वर्ग माइल)
 • पानी० किमी (० वर्ग माइल)
उन्नतांश
१७ मिटर (५६ फिट)
जनसङ्ख्या
 (२०१२)
 • शहर१३८,१३५
 • महानगर
४,१४०,०००
समय क्षेत्रयुटिसी+३ (पुर्वी समय)
हुलाक कोड
३४४६४
क्षेत्रीय सङ्केत+९६६-१३

दहरान (अरबी الظهران) साउदी अरबको पुर्वी प्रान्तमा पर्ने एक प्रमुख शहर हो । यो शहर साउदी तेल निगमको एक प्रशासकीय केन्द्र रहेको छ । दुई नगरपालिका शहर खोवर र दमाम शहर सङ्ग आबद्ध भएर यस शहरले दमाम महानगरीय क्षेत्रको रूपमा स्थापित भएको छ र यसले ठूलो दमाम क्षेत्र बनाएको छ । यस शहरको सन् २०१२ को राष्ट्रिय जनगणना अनुसार यहाँको जनसङ्ख्या ४,१४०,००० रहेको छ ।

सन् १९३१ र १९३५ को दशको समयमा एस शहरमा तेल खानी रहेको छ भन्ने कुरा विशेषणहरूले पत्ता लगाएका थिय त्यसपछि शहरमा विदेशबाट नयाँ तेल उत्खनन् गर्ने उपकरणहरू ल्याइएको थियो र एउटा सङ्गठन खेलिएको थियो जसलाई अरबी अमेरिकी तेल कम्पनीको नाम दिइएको थियो र अहिले यस संथालाई पुरै रूपले साउदी अरबले आफ्नो बनाएको थियो ।

भुगोल[सम्पादन गर्नुहोस्]

दहरान खोवर शहरबाट छोटो दूरीमा पश्चिम तर्फ अवस्थित छ । यो शहर दमाम शहरबाट १५ किलोमिटर (९.३ माईल) दक्षिण तर्फ रहेको छ जुन दुवै शहर पर्सियाको खाडिको गन्दरगाहाको रूपमा रहेको थियो । यो शहर बहराइन अधिराज्यबाट नजिकैको दुरुमा छ जुन ३२ किलोमिटर (२० माईल)को दूरीमा रहेको छ ।

यस शहरमा विभिन्न प्रचलित पर्यटकिय क्षेत्र र पुरातात्त्विक सम्पदारहरू रहेका छन् । यस शहरमा केएफयुपिएम घण्टा घर , साउदी अरमकोमा अल-मिदरा टावर र राजा अव्दुललाजी विश्व केन्द्र रहेका छन् । यस शहरको सबैभन्दा ठूलो भवन हाल अल-ओथमन टुविन टावर हो जुन अल-खोवर शहरको उत्तर-पुर्वी क्षेत्रमा अवस्थित छ ।

मौसम[सम्पादन गर्नुहोस्]

यस शहरमा मरुभूमिको जस्तै मौसम रहेको छ जसमा जाडो याममा अत्याघिक जाडो र गर्मी याममा अत्यमधिक गर्मी हुने गरेको छ तर जाडोमा तुसारो भने पर्ने थरेको छैन । ग्रिष्म ऋतुको बेलामा यस शहरको तापक्रम ४० डिग्री (१०४ डिग्री फरेनहाइट) भन्दा बढी हुन्छ भने नमी उच्च हुन्छ । यस शहरमा सबैभन्दा अधिक तापक्रम ५१.१ डिग्री (१२४ डिग्री फरेनहाइट) पुगेको छ । हिउँदमा यस शहर को तापक्रम -२ डिग्री (२८ डिग्री फरेनहाइट) पुग्छ भने सन् १९६४ जनवरीमा यस शहरको तापक्रम -५ डिग्री (२३ डिग्री फरेनहाइट) पुगेको थियो । शहरमा नोभेम्बर र मे को महिनाका हल्का मात्र वर्षाहुने गरेको छ । यस शहरमा ग्रिष्म ऋतुको बेलामा आँधु तुफान चल्ने गरेको छ जुन ६ महिना सम्म चल्न सक्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

दहरान शहर सन् १९३८ मा तेल खानी उत्खनन भएपछि बसोबास बसेको थियो । सन् १९४० अक्टोबर १९ मा द्वितीय विश्व युद्धको बेलामा दहनानलाई इटाली हवाई सेनाहरूले दहरानमा बम बारुद हानेका थिय जसले शहरको केही भागमा क्षति पुगेको थियो ।[१] सन् १९४४ मा अमेरिकाले यो शहरमा हवाई क्यामपको स्थापना गरेको थियो जुन कार्य सन् १९४५ देखि १९४६ सम्ममा पुण गरेको थियो । पछि त्यस क्यामपलाई साउदी अरब सरकारले आफ्नो बनाएको थियो । सन् १९५० को दशकमा यस शह,को जनसङ्ख्या ७,००० रहेको थियो । [२]

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

दहरानको जनसङ्ख्या मध्य धेरैजसो स्थानिय साउदी अरबकै छन् भने एसियाली देशहरू जस्तै बङ्गलादेश, भारत, इन्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स लगाएत अमेरिका, टर्की, दक्षिण अफ्रिका आदी देशहरूबाट पनि मानिसहरू दहरानमा बसोबास गर्दै आएका छन् । सन् १९९३ को राष्ट्रिय जनगणना अनुसार यस शह,को जनसङ्ख्या ७३,६९१ रहेको थियो भने सन् २००४ को जनगणना अनुसार दहरान नगरपालिकाको जनसङ्ख्या ९७,४४६ रहेको छ ।[३]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. :दहरान माथि हमला
  2. "मक्का र मदिनाका सैनिकका बेसहरू" (en-USमा), २००१-१०-१५, आइएसएसएन 1091-2339, अन्तिम पहुँच २०१७-०९-०१ 
  3. "दहरान", द कोलम्बियन इनसाइक्लोपिडिया (6th संस्करण), कोलम्बिया विश्वविद्यालय, २०१३, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]