द्वारकानाथ कोटनिस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
द्वारकानाथ कोटनिस
चीनको हेबेईमा रहेको द्वारकानाथ कोटनिसको प्रतिमा
जन्म१० अक्टोबर १९१०
सोलापुर, महाराष्ट्र
मृत्यु९ डिसेम्बर १९४२(१९४२-१२-०९) (३२ वर्ष)
चीन
अल्मा मेटरबम्बई विश्वविद्यालय
पेशाचिकित्सक
धर्महिन्दू
जीवनसाथीगुवो क्विङलान
सन्तानयिन्हुवा (१९४२–१९६७)
मातापिताशांताराम कोटनिस

द्वारकानाथ कोटनिस (मराठी भाषा: द्वारकानाथ शांताराम कोटणीस; एक भारतीय चिकित्सक थिए । उनी १० अक्टोबर १९१० भारतको महाराष्ट्रमा जन्मेका थिए भने उन्को मृत्यु – ९ डिसेम्बर १९४२ चीनमा भएक्प थियो ।

पारिवारिक अवस्था[सम्पादन गर्ने]

कोटनिसको जन्म भारतको बम्बईस्थित सोलापुर सहरमा एक सम्पन्न परिवारमा भएको थियो । उनका मातापिता अत्यन्त दयालु स्वभावका थिए।

बाल्यकाल तथा शिक्षा[सम्पादन गर्ने]

सम्पन्न परिवारमा जन्मिएकाले उनको बाल्यकाल सुख साथनै बित्यो । चार वर्षको उमेरदेखि उनी स्कुल जान थाले । उनी सानै देखि लगनशील र मेहनती थिए । उनी परीक्षामा सधैं प्रथम हुन्थे ।

त्यस बेला सोलापुरमा सङ्क्रामक रोगहरू फैलिएको थियो । जसबाट वचन सहरबासिहरू सहरबाहिर छाप्रो बनाएर बस्थे । उनको परिवारको हालत पनि त्यस्तै थियो । त्यसबाट उनी ज्यादै दुःखी हुन्थे । त्यसैबेला उनमा देश र जनताको सेवा गर्ने भावनाले जन्म लियो । फलस्वरूप उनी यसैबाट प्रेरित भई चिकित्सालाई भविष्यको पेसाका रूपमा उनले रोजे । भने उनले चिकित्साशास्त्रमा स्नातक डिग्री गरे ।

उनका बारेमा वृस्तित[सम्पादन गर्ने]

सन् १९३७ मा उनले एउटा अस्पतालमा रेजिडेन्ट फिजिसियनको काम गरे । त्यस बेला एसिया ,युरोप ,अफ्रिकामा युद्ध चलिरहेको थियो । जर्मनी ,इटाली ,जापान जस्ता साम्राज्यबाट मुक्त हुन विभिन्न राष्ट्रका जनता विद्रोहमा उत्रँदै प्रतिरोध गर्दै थिए । चीनमा पनि प्रतिरोध युद्ध चर्किएको थियो।

स्रोतहरू[सम्पादन गर्ने]