धनगढी क्रिकेट लिग - ३
धनगढी क्रिकेट लिग - ३ | |
---|---|
देशहरू | नेपाल |
प्रशासक | धनगढी क्रिकेट एकेडेमी |
ढाँचा | टि-ट्वान्टी |
पहिलो प्रतियोगिता | डीसीएल - २ |
आगामी प्रतियोगिता | डीसीएल - ४ |
प्रतियोगिताको ढाँचा | राउण्ड रोविन |
टोली सङ्ख्या | ५ |
वर्तमान विजेता | टिम चौराहा |
सर्वाधिक रन | प्रेम तामाङ (सीवाइसी अत्तरिया) |
सर्वाधिक विकेट | अमन पन्थि (टिम चौराहा) |
वेबसाइट | DCLDhangadhi |
(डीसीएल -३ ) |
धनगढी क्रिकेट लिग - ३ यो धनगढी क्रिकेट लिग को तेस्रो संस्करण हो।यो प्रतियोगिता ५ मार्च २०१६ देखि २६ मार्च २०१६ ( २०७२ फागुन २२ देखि २०७२ चैत्र १३) सम्म धनगढीमा चलेको थियो।यो प्रतियोगिता टि-ट्वान्टि क्रिकेट प्रतियोगिता हो।धनगढी क्रिकेट लिग - ३ को आयोजक धनगढी क्रिकेट एकेडेमी हो। यो प्रतियोगितामा धनगढीका ५ टिमहरूले सहभागिता जनाएका थिए।
प्रायोजन
[सम्पादन गर्नुहोस्]धनगढी क्रिकेट लिग - ३ मुख्य प्रायोजक सगरमाथा सिमेन्ट रहेको थियो।सगरमाथाको मुख्य प्रायोजन संगै थुप्रै सह-प्रायोजकहरूले धनगढी क्रिकेट लिग लाई सहयोग गरेका थिए।
लिलाम प्रक्रिया
[सम्पादन गर्नुहोस्]नेपालमा पहिलो पटक खेलाडी लिलाम गरेर क्रिकेटमा व्यावसायिकता ल्याउने कार्यको सुरूवात धनगढी क्रिकेट एकेडेमीले यसै प्रतियोगिता मार्फत गरेको थियो।प्रतियोगिताका महँगा खेलाडी राजु रिजाल थिए। उनलाई सीवाइसी अत्तरियाले रू ४०,००० मा टिममा समावेस गरेको थियो।त्यस्तै टिम संतोषी टोलले सुनिल धमला लाई रू २८,००० मा लिएको थियो।
टिमहरू
[सम्पादन गर्नुहोस्]धनगढी क्रिकेट लिग - ३ मा जम्मा ५ टिम सहभागि थिए।
खेलाडीहरू
[सम्पादन गर्नुहोस्]धनगढी क्रिकेट लिग - ३ मा विभिन्न टिमबाट सहभागी खेलाडीहरू
टिम चौराहा | सीवाइसी अत्तरिया | टिम हसनपुर | क्याम्पस रोड | संतोषी टोल |
---|---|---|---|---|
|
|
|
|
|
भेन्यू
[सम्पादन गर्नुहोस्]धनगढी क्रिकेट लिग - ३ का सम्पुर्ण खेलहरू धनगढी स्थित सेती अञ्चल प्रहरीको मैदानमा सञ्चालन भएका थिए।
खेल मैदान रहेको स्थान
विजेता
[सम्पादन गर्नुहोस्]धनगढी क्रिकेट लिग - ३ को ट्रफी अन्तिम खेलमा सीवाइसी अत्तरियालाई सुपर ओभरमा पछि पार्दै टिम चौराहाले जितेको छ।
पुरष्कार राशी
[सम्पादन गर्नुहोस्]- प्रथम पुरस्कार रू ३,००,०००
(विजेता : टिम चौराहा)
- दृतिय पुरष्कार रू १५०,०००
(विजेता : सीवाइसी अत्तरिया)
- म्यान अफ द सिरिज रू ५०,०००
(विजेता : सन्तोष भट्ट) (क्याम्पस रोड)
- म्यान अफ द म्याच रू ५,००० (फाइनल)
(विजेता : प्रेम तामाङ) (सीवाइसी अत्तरिया)