धुलीकोट राज्य
धुलीकोट राज्य वर्तमान नेपालको अछाम, दैलेख, सुर्खेत, कैलाली तथा बर्दिया जिल्लाका बीचमा उत्तरमध्यकालमा एउटा बाइसी राज्य अस्तित्वमा आएको थियो। धुलीकोट राज्यको राजवंश दुल्लू, दैलेख राजवंशकै शाखा हो। दुल्लू राज्यको स्थापनाकाल वि.सं. १४५३ मा भएको हो। त्यहाँका पहिला राजा मनैवम्म हुन्। राजा मलैवम्मका जेठाछोरा ( रौतेला) सुमेरुवम्मले दुल्लू राज्य अंश (आँसो) पाए। कान्छा संसारवम्मले भने दैलेख। उनै संसारवम्मका छोराहरु श्रीवम्म र जितारी वम्म भए। ती कान्छा जितारी वम्मलाई धुलीकोटमा अंश दिंदा छुट्टै राज्य भयो।
धुलीकोट नामकरणका आधारहरू
[सम्पादन गर्नुहोस्]धुलीकोटलाई डाँडादरा सुर्खेत र कैलाली बडाचौरबाट हेर्दा माल्चना-जूतेशुली-लामागडा-गैहीगाँउ-मे हेलडाँडा- धरको धूरी त्यसलाई धुरीकोट धन्दा भन्दा धुलीकोट भयो। धुलीकोटमा गर्मि महीनामा हुँवालो नलागी उज्यालो देखिने र त्यहाँ राजाको कोटघर हुनाले डोटेली अछामी भाषिकामा उज्यालोलाई धौल भनिने र कोट पनि हुँदा धौलकोट भयो अनि भन्दा भन्दा धुलीकोट भयो।
चौकिल्ला
[सम्पादन गर्नुहोस्]धुलीकोट राज्य अन्तर्गत १२ गाउँ डाँडादरा (खण्ड), १२ वण्डाल। (कर्णाली नदीका दुवैतटवर्ति क्षेत्र) १२ मल्लवारा तथा ८ तप्पा (बर्दिया) पर्दथे। ती ८ तप्पाहरु निम्नानुसार हुन्।।
- भौरा तप्पाका ११ गाउँ (राजापुर, नङ्गापुर, खरानीपुर, पातापहाड, भीम्पुर, खैरीचन्दनपुर, मनाउँ, पशुपतिनगर, मानपुर, टा, बॉशगढी)।।
- पटुवातप्पा (सूर्यपटुवा, ठाकुरद्वार, भूरीगाउँ र मनुवाको। केही भाग)।
- मडेरा तप्पा (शिवपुर, न्यौलापुर, बग्नाहा र ढोढरी)।
- पदनाहातप्पा (पदनाहा, बनियाबाहाङ, धेदरवार र मगरानदी
- रजहटतप्पा (मोतीपुर, बेलवा, मम्मदपुर, मथुराहरद्वार र खैरापुर
- छितपकरियातप्पा (गुलरिया, मुस्मदपुरको आधा, मटेरिया र कोठिया)
- फेनातप्पा (मगरागढी र बँधवारका आधा आधा खण्ड)
- जहरतप्पा (मोतीपुर, बलेवा, डेउडाकला, मैनापोखर र जमुनी)
धुलीकोट राज्यको विस्तार पूर्वमा सिम्लेपानी, तेलपानी, दामोदराय पाखापानी, बॉसपानी, मुन्नामकाँडा र धनुवाँसे हुँदै डुड्वानदीसम्म। | अजपति राय थियो। त्यसैगरी दक्षिणतर्फ मथुराहरद्वारदेखि भारतका लखिमपुर बॉकविसौनी, बेतान, लगाम र बलाँता (अछाम) सम्म पसारिएको थियो।
इतिहास
[सम्पादन गर्नुहोस्]धुलीकोट राज्यको स्थापनाकाल सम्बन्धमा स्पष्टसँग जानकारी पाइएको छैन। माथिकै प्रशंगवश यसको स्थापना बूढीबिस वर्ष पहिले भएको कुरा पुनः सम्झनु पर्ने देखिन्छ। सुदूरपश्चिमाञ्चलीय भाषिका अनुसार बूढीबिस शब्दले २०x२०= ४०० जनाउँछ। तसर्थ वि.सं. १९९०-४०=१५९० ताका धुलीकोट राज्यस्थापना भएको मानिएको छ। लगभग गण्डकी र कर्णाली प्रश्रवण क्षेत्रमा यही घडिमा भूरे राज्यहरूको स्थापना क्रमसँग मिल्दो हुनाले पनि बूढाहरूको करामा सहमति गर्ने ठाउँ रहेको छ। पछि प्राप्त प्रमाणले पठी नगर्दासम्म यही मानक राख्नुपर्ने स्थिति परेको छ।[१]
विलय
[सम्पादन गर्नुहोस्]नेपालको एकीकरण पूर्व धुलीकोट राज्यमा १६ वटा राजाहरुले राज्य गरेका थिए। राजा उजित रायका राज्यकालमा नेपाली सेना पश्चिमतर्फ बढीरहेको थियो। त्यसैबेला दैलेख, प्यूठान, दाङ, छिल्ली तथा धुलीकोट राज्यहरुले एकमत गरी नेपाली सेनाको मुकाविला गर्ने निर्णय गयो। जुम्लामाथि नेपालको अधिकार भएपछि नेपाली सेनाले दुल्लू तथा दैलेख विजय गर्न हिड्यो। दुल्लूका राजा उत्तम शाही थिए भने दैलेखमा कर्णशाही।'' दैलेखको विलाशपुरमा ठूलो युद्ध भयो र दैलेखी राजा कर्णशाहीले भागेर ज्यान बचाए। त्यसपछि नेपाली सेना तिर बढ्यो। दुल्लूका राजा उत्तमशाही सहित सारा जनता घर छोडी वनमा लुक्न गए। नेपाली सेनासँग आत्मसमर्पण गरेपनि कुनै हानि नहुने कुरा नेपाली सेनानायकले प्रचार गर्न थाले। त्यसपछि त्यस भेकका मानिस नेपाली सेनासामु आए। त्यहाँका राजा उत्तिम शाहीले नेपाली सेनालाई सहयोग गर्ने वचनबद्धता देखाई आश्रित सन्धि गरे। वि. सं. १८४६ कार्तिक २१ गते दुल्लू नेपालको अधिनमा आयो। दुल्लू र दैलेखमा नेपालको अधिकार हुनुपूर्व सुरखेत तिर नेपाली सेना बढ्यो। सुरखेतमा दैलेख र धुलीकोटको संयुक्त सेनाले नेपाली सेनाको मुकाविला गयो। कालु पाण्डेको नेतृत्वमा गएको त्यो सेनाले वाइसीको संयुक्त सेनालाई सुरखेतमा पराजीत गयो। धुलीकोट राज्य अन्तर्गत सुरखेत परेकोले धुलीकोट नेपालसँग त्यही पराजीत भएका कारणबाट नेपालमा मिल्न गयो। वि.सं. १८४६ असोजमा धुलीकोट राज्य नेपालमा विलय भएको थियो। [२] धुलीकोटमाथि नेपाल सरकारको अधिकार भएपछि त्यहाँका राजा भारतको भजनी भन्ने ठाउँमा गएर बस्न थाले।[३]
राजाको वंश
[सम्पादन गर्नुहोस्]- वंश : चन्द्रवंशी
- गोत्र :कश्यप गोत्र
राजाको वंशावली
[सम्पादन गर्नुहोस्]धुलीकोट राज्यको राजवंश दुल्लू, दैलेख राजवंशकै शाखा हो।दुल्लू राज्यको स्थापनाकाल वि.सं. १४५३ मा भएको हो। त्यहाँका पहिला राजा मनैवम्म हुन्। राजा मलैवम्मका जेठाछोरा ( रौतेला) सुमेरुवम्मले दुल्लू राज्य अंश (आँसो) पाए।कान्छा संसार वम्मले भने दैलेख। उनै संसारवम्मका छोराहरु श्रीवम्म र जितारी वम्म भए। ती कान्छा जितारी वम्मलाईधुलीकोटमा अंश दिंदा छुट्टै राज्य भयो। तर जितारीवम्म दैलेखमै बसेका हुँदा उनका छोरा प्रभात रायलाई सर्वप्रथम धुलीकोट पठाइयो। त्यसैले उनलाई (राया =राजा) राजा भनियो। त्यसपछि नेपालको एकीकरणसम्मको वंशावली यसप्रकार छ।"
| राजा | अनुमानित | ||
|---|---|---|---|
| १ | प्रभात राय | (१५९० वि. सं. ) | धुलीकोट राज्य स्थापना गर्ने |
| २ | दामोदर राय | ||
| ३ | धर्मराय | ||
| ४ | अजपति राय | ||
| ५ | गजपति राय | ||
| ६ | जजुपति राय | ||
| ७ | भूपति राय | ||
| ८ | नरपति राय | ||
| ९ | कर्णपति राय | ||
| १० | शिउमल राय | ||
| ११ | भीउमल राय | ||
| १२ | देवसिंह राय | ||
| १३ | दलजीत राय | ||
| १४ | सुर्ति राय | ||
| १५ | कुशल राय | ||
| १६ | उजित राय | वि.सं. १८४६ |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ धुलीकोट राज्यको ऐतिहासिक सर्वेक्षण:राजाराम सुवेदी अभिलेखिकरण २०१९-०८-०७ वेब्याक मेसिन
- ↑ धुलीकोटे राजगुरु सन्तति सांसद श्री शिवराज जोशीगुटुबाट प्राप्त जानकारी ।
- ↑ राजाराम सुवेदी, प्रा. डा. (२००४ जुन), "धुलीकोट राज्यको ऐतिहासिक सर्वेक्षण", Ancient Nepal 155: 19। अभिलेखिकरण २०२२-०९-२१ वेब्याक मेसिन