धुलीकोट राज्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

धुलीकोट राज्य वर्तमान नेपालको अछाम, दैलेख, सुर्खेत, कैलाली तथा बर्दिया जिल्लाका बीचमा उत्तरमध्यकालमा एउटा बाइसी राज्य अस्तित्वमा आएको थियो ।

धुलीकोट नामकरणका आधारहरू[सम्पादन गर्ने]

धुलीकोटलाई डाँडादरा सुर्खेत र कैलाली बडाचौरबाट हेर्दा माल्चना-जूतेशुली-लामागडा-गैहीगाँउ-मे हेलडाँडा- धरको धूरी त्यसलाई धुरीकोट धन्दा भन्दा धुलीकोट भयो । धुलीकोटमा गर्मि महीनामा हुँवालो नलागी उज्यालो देखिने र त्यहाँ राजाको कोटघर हुनाले डोटेली अछामी भाषिकामा उज्यालोलाई धौल भनिने र कोट पनि हुँदा धौलकोट भयो अनि भन्दा भन्दा धुलीकोट भयो ।

चौकिल्ला[सम्पादन गर्ने]

धुलीकोट राज्य अन्तर्गत १२ गाउँ डाँडादरा (खण्ड), १२ वण्डाल। (कर्णाली नदीका दुवैतटवर्ति क्षेत्र) १२ मल्लवारा तथा ८ तप्पा (बर्दिया) पर्दथे । ती ८ तप्पाहरु निम्नानुसार हुन् । ।

  1. भौरा तप्पाका ११ गाउँ (राजापुर, नङ्गापुर, खरानीपुर, पातापहाड, भीम्पुर, खैरीचन्दनपुर, मनाउँ, पशुपतिनगर, मानपुर, टा, बॉशगढी) ।।
  2. पटुवातप्पा (सूर्यपटुवा, ठाकुरद्वार, भूरीगाउँ र मनुवाको । केही भाग) ।
  3. मडेरा तप्पा (शिवपुर, न्यौलापुर, बग्नाहा र ढोढरी) ।
  4. पदनाहातप्पा (पदनाहा, बनियाबाहाङ, धेदरवार र मगरानदी
  5. रजहटतप्पा (मोतीपुर, बेलवा, मम्मदपुर, मथुराहरद्वार र खैरापुर
  6. छितपकरियातप्पा (गुलरिया, मुस्मदपुरको आधा, मटेरिया र कोठिया)
  7. फेनातप्पा (मगरागढी र बँधवारका आधा आधा खण्ड)
  8. जहरतप्पा (मोतीपुर, बलेवा, डेउडाकला, मैनापोखर र जमुनी)

धुलीकोट राज्यको विस्तार पूर्वमा सिम्लेपानी, तेलपानी, दामोदराय पाखापानी, बॉसपानी, मुन्नामकाँडा र धनुवाँसे हुँदै डुड्वानदीसम्म । | अजपति राय थियो । त्यसैगरी दक्षिणतर्फ मथुराहरद्वारदेखि भारतका लखिमपुर बॉकविसौनी, बेतान, लगाम र बलाँता (अछाम) सम्म पसारिएको थियो ।

इतिहास[सम्पादन गर्ने]

धुलीकोट राज्यको स्थापनाकाल सम्बन्धमा स्पष्टसँग जानकारी पाइएको छैन । माथिकै प्रशंगवश यसको स्थापना बूढीबिस वर्ष पहिले भएको कुरा पुनः सम्झनु पर्ने देखिन्छ । सुदूरपश्चिमाञ्चलीय भाषिका अनुसार बूढीबिस शब्दले २०x२०= ४०० जनाउँछ । तसर्थ वि.सं. १९९०-४०=१५९० ताका धुलीकोट राज्यस्थापना भएको मानिएको छ । लगभग गण्डकी र कर्णाली प्रश्रवण क्षेत्रमा यही घडिमा भूरे राज्यहरुको स्थापना क्रमसँग मिल्दो हुनाले पनि बूढाहरुको करामा सहमति गर्ने ठाउँ रहेको छ । पछि प्राप्त प्रमाणले पठी नगर्दासम्म यही मानक राख्नुपर्ने स्थिति परेको छ।[१]

राजाको वंश[सम्पादन गर्ने]

राजाको वंशावली[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]