दुल्लु राज्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भगनावशेष.jpg
भगनावशेष
दुल्लु राज्य
Life span?
राजधानी दुल्लु
सरकार राजतन्त्र
इतिहास
 - स्थापना वि.सं. १४५३ Enter start year
 - विलयकाल बि सं वि.सं १८४७ Enter end year
हालको भुभाग दुल्लु नगरपालिका
Warning: Value specified for "continent" does not comply

दुल्लु राज्यको राजधानीको रुपमा चर्चित दुल्लु खस राजा नागराजको शित कालिन राजधानी रहेको कुरा ऐतिहासीक वर्णनहरूमा उल्लेख पाइन्छ। नेपाल एकिकरणको क्रममा गोर्खाका राजकुमार बहादुर शाहले विक्रमको १७ औं शताब्धीको अन्त तिर दुल्लु राज्य नेपालमा गाभिए पनि २००७ सालको प्रजातन्त्र प्राप्ति पछी मात्र दुल्लु राज्य भुरे राजाको शासन बाट मुक्त भएको थियो। दुल्लु कृतिखम्म स्थित नेपाली भाषाकै पहिलो शिलालेख मानिने दामुपालको शिलालेख, कृतिखम्ब, धर्मगद्धी, पौवा जस्ता अन्य शिलालेखमा दुल्लुको ऐतिहासीक वर्णन कुदिएको छ। २०१८ सालदेखी दुल्लु एक गाउँ विकास समितिमा मात्र सिमित रहन पुगेको थियो।

इतिहास[सम्पादन गर्ने]

खस राजा नागराजको सितकालिन राजधानीको रुपमा रहेको दुल्लुलाई प्राचिन कालमा दुर्लङ्घ्य पर्वत अथवा दुर्लङ्घ्य देश भनिन्थ्यो। वि.सं. १४५३ बैशाख पुर्णिमाको दिन तत्कालिन खस राजा संसारी वम्मले दुल्लु राज्यको स्थापना गरेर आफु राजसिंहासनमा बसेको कुरा ऐतिहासिक वर्णनहरूमा उल्लेख पाइन्छ।[१] संसारी वम्मको पालामा दैलेखको बेलासपुर राज्य पनि दुल्लु राज्य अन्तर्गत पर्दथ्यो। त्यस बेला यो राज्यको सिमाना पूर्वमा जाजरकोट राज्य, पश्चिममा डोटी राज्य राज्य, उत्तरमा जुम्ला राज्य र दक्षिणमा धुलीकोट राज्यसम्म रहेको थियो।[१] आधुनिक दैलेख जिल्लाको सम्पूर्ण भु-भाग यो राज्यमा समेटिएकोले यो राज्यलाई नै दैलेख राज्य भनिन्थ्यो। विभिन्न शिलालेखहरूमा यस ठाउँलाई दुर्लभप्रदेश, दुल्लु, दुर्लङ्घ्य नगर भनेर लेखिएको छ। यी नामहरू कसरी रहन गएका हुन् भन्ने कुरा एकिन गर्ने कुनै ठोस प्रमाण न भेटिए पनि बालेश्वर शिवालयधुलेश्वर पर्वतको विचमा रहेको नागदुलोको नामका कारण यो क्षेत्रको नाम "दुलो" भएको र पछी दुल्लु राखिएको हो भन्ने कुरा स्थानिय जनश्रुतीमा भेटिएको छ।[१] संसारी वम्मपछी वि.सं. १४७५ मा दुल्लु राज्य टुक्रिएर दैलेखतर्फ बेलासपुर राज्यको स्थापना हुन गयो। त्यसपछी दुवै राज्यको सिमाना विचमा पर्ने छामघाटले छुट्याएको थियो।


राज्य टुक्रिएपछी संसारी वम्मका भतिजा पर्वता वम्मले दुल्लुमा राज्य गर्न थाले भने संसारी वम्मका छोरा श्रीबम्म बेलासपुरमा राज्य गर्न थाले।[१] संसारी वम्मपछी दुल्लुमा क्रमश: पर्वता वम्म, पृथ्वी वम्म, पिरोजी शाहीले राज्य गरेका थिए। प्रताप शाहीका पालामा छोटो समयकालागी दुल्लु र बेलासपुर राज्य एउटै राज्यको रुपमा एकिकृत भएको थियो।[१] त्यसपछी प्रताप शाहीले राजगद्दी छोडेर खलेटाकुरा भन्ने ठाउँमा बस्न गए। यसरी दुल्लुको राजसिंहासन खाली भएकाले दुल्लुका जनताले छडुङका राजा अथवा प्रताप शाहीका माहिला छोरा जसराजलाई ल्याएर दुल्लुमा अस्थाइ राजा बनाएका थिए। त्यसको लगत्तै प्रताप शाहीका जेठा छोरा मान शाही दुल्लुका राजा भए।[१] बुढा राजा प्रताप शाहीको सक्रियतामा वि.सं. १६२५ मा दुल्लुका राजा मान शाही र बेलासपुरका राजा संग्राम शाहीका बीच आपसी सल्लाह गराई शिरस्थानमा संयुक्त ताम्र पत्र जारी गराए।[१] मान शाही पछी क्रमश: मेघमल शाह, मीहिन्द्र शाह, माधव शाह, विजै शाह, पृथ्वीपति शाह, विक्रम शाही, रामदत्त शाही, उत्तिम शाहीले राज्य गरे।

नेपाल एकिकरण[सम्पादन गर्ने]

राजा उत्तिम शाहीका पालामा वि.सं. १८४६ कात्तिक २१ गतेका दिन सोमवारका दिन दुल्लु राज्य नेपाली सेनाको अधिनस्थ भयो। [१] राजा उत्तिम शाही गोर्खाली सेनाको पक्षमा थिए। नेपाली सेनाको पश्चिम विजय अभियानमा उत्तिम शाहीले उत्तराखण्डमा कुमाउका राजा महेन्द्र चन्दको सेनासँग लड्दा लड्दै विरगती प्राप्त गरेका थिए। उत्तिम शाहीले वीरगती प्राप्त गरेको बेला उनकी पत्नी गर्भवती थिइन्। नेपाली सेनालाई सहयोग गर्दा गर्दै लडाइँ मैदानमा नै वीरगती प्राप्त गरेकाले उत्तिम शाहीका संतानहरूलाई जिवनवृतीको व्यवस्था मिलाउनु पर्ने भएकोले उत्तिम शाहीका छोरा रुद्र शाही तन्नेरी भएपछी उनलाई तत्कालिन राजा गीर्वाणयुद्ध विक्रम शाहले दुल्लु राज्यको पुनस्थापना गरेर राजा घोषित गरेका थिए।[१]


यस राज्यले तल्लो माझखंडदरा, माथिल्लो माझखंडदरा, आठबीसदरा र दैलेख नयाँबस्तीदरा क्षेत्रको पञ्चखत सहितको मुद्दामामिला हेर्ने र राजस्व संकलन गर्ने अधिकार पाएको थियो। त्यस पछी दुल्लुमा क्रमश: श्रीभक्त शाह, भक्त बहादुर शाह, पृथ्वी नारायण शाह, उदय रत्न शाह, पुण्य रत्न शाहले राज्य गरेका थिए। त्यसपछी फेरी दुल्लुमा राज्यको वैध उत्तराधिकारीका सम्बन्धमा विवाद उत्पन्न हुन गयो। पुण्य रत्न शाहका बाबु उदय रत्न शाहले 'सि' क्लास राणाजीकी छोरी विवाह गरेका थिए। राणा खानदानबाट विवाह गरिएका रानीहरूबाट जन्मेका सन्तानहरूलाई वास्तवीक रास्कोटी ठकुरी मान्न नमिल्ने र धर्मगद्दी तथा पञ्चकोशीको पूजाआजा पनि रास्कोटी ठकुरी बाहेक अन्य जातका ठकुरीहरूले गर्न नमिल्ने भएकाले रास्कोटीहरूको राज्य अधिकार रास्कोटीहरूले नै पाउनु पर्ने जिकिर सहित पृथ्वी नारायण शाहका माइला छोरा जंग बहादुर शाहले काठमाडौं दरबारमा उजुर हालेका थिए। सोही माग दाबी आधारमा वि.सं. १९८१ आषाढ|असार १३ गतेका दिन सदर लालमोहर बमोजिम पृथ्वी नारायण शाहका माहिला छोरा जंग बहादुर शाह दुल्लुका राजा घोषित भए । [१]

राज्य रजौटा उन्मूलन ऐन[सम्पादन गर्ने]

अन्ततः राज्य रजौटा उन्मूलन ऐंन २०१९ बमोजीम वि.सं. २०१९ सालमा दुल्लु राज्य बिघठन भएर दैलेख जिल्लामा गाभिएको थियो। दैलेख जिल्लामा गाभिएपछी दुल्लु राज्यका सबै दराहरूलाई बाँडेर तत्कालिन गाउँ पञ्चायत बनाइएका थिए भने दुल्लूलाई पनि एक पञ्चायत घोषणा गरिएको थियो। २०४६ पछी यि गाउँ पञ्चायतहरूलाई गा.वि.स. भनिन थालियो। दैलेख जिल्लाको क्षेत्र नंवर २ कालागी दुल्लुमा अधिकांश शाखा कार्यलयहरू स्थापना गरियो। त्यस पछी वि.सं. २०७१ बैशाख देखी दुल्लु आसपासका गा.वि.स.हरूलाई जोडेर दुल्लु नगरपालिका घोषित भयो।

दुल्लु राज्यका राजाहरूको वंशावली[सम्पादन गर्ने]

दुल्लु राज्यमा राज्य गरेका राजाहरूको विवरण निम्न प्रकार रहेको छ:-[१]

क्र.सं. राजाको नाम ज्ञात कार्यकाल प्रमाण
संसारी वर्मा वि.सं. १४५३ दुल्लु, मायारामबाट प्राप्त ताम्रपत्र
पर्वता वम्म (संसारी वर्माका भतिजा वि.सं. १४७५ रासकोटी वंसावली
पिथै वम्म वि.सं. १५०९ दानपत्र (इतिहास प्रकाश, पृ. १४५)
पिरोजी शाही - रास्कोटी वंशावली
प्रताप शाही वि.सं. १६२५, वि.सं. १६२५, वि.सं. १६३९' शिरस्थान ज्वाला मन्दिर अभिलेख, दुल्लु गोमती धारा अभिलेख, लाटिकोइली शिवालय अभिलेख
मान शाही वि.सं. १६३९ शिरस्थान ज्वाला मन्दिर अभिलेख
मेघमल शाह - रास्कोटी वंशावली
मिहिन्द्र शाही - रास्कोटी वंशावली
माधव शाह - रास्कोटी वंशावली
१० विजै शाह - रास्कोटी वंशावली
११ पृथ्वीपति शाह - रास्कोटी वंसावली
१२ श्री ५ विक्रम शाह वि.सं. १७६७ - १७६९ -
१३ रामदत्त शाही - रास्कोटी वंशावली
१४ उत्तिम शाही वि.सं. १८४६ कर्तिक -
१५ रुद्र शाही - -
१६ श्रीभक्त शाही - -
१७ भक्त बहादुर शाह वि.सं. १८९२ शिरस्थान अभिलेख
१८ पृथ्वीनारायण शाह वि.सं. १९४६ - १९६३ लालमोहर
१९ उदयरत्न शाह वि. सं.१९६४ - १९६७ लालमोहर
२० पुण्यरत्न शाह वि.सं.१९६८ - १९८१ लालमोहर
२१ जङ्ग बहादुर शाह वि.सं. १९८१ - २०१९ वि.सं. १९८१ को लालमोहर, राजा रजौटा उन्मुन ऐन २०१९

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० विश्व के.सी. (पोखरेल)द्वारा लिखित किर्तिखम्ब नामक पूस्तक पहिलो संस्करण पृष्ठ संख्या २९-३२