नक्सलवादी आन्दोलन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

१९६७ मा भाकपा (मार्क्सवादी) बाट विभाजित चारु मजुमदार, कानु सन्याल र जंगल सन्थालले नक्सलबाडीमा 'सिलिगुडी किसान सभा' गठन गरेपछि नक्सलवादी आन्दोलन शुरू भएको थियो।

शुरूमा शान्तिपूर्ण रहेको त्यो आन्दोलन एक वर्षपछि 'वर्ग शत्रु खत्तम' को नाममा हिंसात्मक बन्यो। हिंसाकै बीच नेताहरूबीचको विवाद तीव्र बनेपछि १९७० मा आन्दोलनका प्रमुख विचारक मजुमदारलाई छाडेर सन्याल, सन्थाल, सत्यनारायण लगायतका नेता अलग भए भने मजुमदारसँग रहेकाहरूले उनलाई वैचारिक र सांगठनिक प्राधिकार मान्दै हिंसात्मक आन्दोलन चलाईरहे। कलकत्तासहित ठूला शहर र पश्चिम बंगालका गाउँसम्म पुगेको त्यो आन्दोलन विभाजन, हिंसात्मक गतिविधि र सरकारी दमनका कारण कमजोर बन्दै गयो। १९७२ मा पक्राउ परेको केही महीनापछि जेलमै मजुमदारको मृत्यु भएपछि नक्सलवादी आन्दोलन छिन्नभिन्न भयो।

१९६२ मा भारतीय कम्युनिष्ट पार्टीसँग अलग भएको भाकपा (मार्क्सवादी) लाई १९६५ मा फुटाएर 'माओइस्ट कम्युनिष्ट सेन्टर' बनाएका असित सेन नक्सलवादी आन्दोलनमा समाहित भएका थिए। मजुमदारसँग उनीहरूको विवाद शुरू हुँदै गर्दा १९६९ मा बेइजिङ गएका सुरेन बोसले चिनियाँ कम्युनिष्ट पार्टीबाट ल्याएको ९ बुँदे सुझाव नक्सलवादी आन्दोलनको इतिहासमा उल्लेखनीय छ। चिनियाँहरूले त्यसबेला 'व्यक्तिहत्याबाट क्रान्ति नहुने, आफ्नो देशको परिस्थिति अनुसार क्रान्ति अघि बढाउनुपर्ने' लगायत सुझाव दिएका थिए, जसलाई बोस, सेन, सन्याल र सन्थालहरूले स्वीकारे भने मजुमदार समूहले अस्वीकार गरेर हिंसात्मक गतिविधि चलाईरह्यो।

मजुमदारको मृत्युपछि नक्सलवादी आन्दोलनको विरासत बोकेका कम्युनिष्टहरू दर्जनौं टुक्रा बने। त्यसमध्येकै एउटा समूहले आन्ध्रप्रदेशमा 'पिपुल्स वार ग्रुप' (पीडब्लूजी) बनायो भने अर्काले बिहारमा 'माओइस्ट कम्युनिष्ट सेन्टर' (एमसीसी) पुनर्निर्माण गर्‍यो।

मजुमदारपछि त्यो समूहको नेतृत्व लिएका सुब्रत दत (जौहर) त्यसको एक वर्षमै प्रहरीसँगको भिडन्तमा मारिए। त्यसपछि १९९३ मा मृत्यु नभएसम्म विनोद मिश्रले त्यो समूहलाई नेतृत्व दिए। १९९० मा खुला राजनीतिमा आएको जौहर समूहलाई अहिले भाकपा (माले) लिवरेशनको नामले चिनिन्छ। अहिले यसका महासचिव दिपांकर भट्टचार्य छन्।

भारतलाई भारी