नीता अम्बानी
नीता अम्बानी Nita Ambani | |
---|---|
जन्म | मुम्बई | १ नोभेम्बर १९६४
वासस्थान | मुम्बई, भारत |
राष्ट्रियता | भारतीय |
जातीयता | गुजराती |
मातृ शिक्षाप्रतिष्ठान | मुम्बई विश्वविद्यालय (बि.कम) |
पेशा | रिलायन्स फाउन्डेसनकी अध्यक्ष धीरुभाई अम्बानी अन्तर्राष्ट्रिय विद्यालयकी अध्यक्ष |
चिनारीको कारण | रिलायन्स इन्डस्ट्रीज, मुम्बई इन्डियन्स, सामाजिक कार्य |
धर्म | हिन्दू |
जीवनसाथी | मुकेश अम्बानी |
सन्तान | ईशा, अनन्त र आकाश |
नीता अम्बानी (जन्म: नोभेम्बर १, १९६४) एक भारतीय महिला उद्यमी हुन् । उनी भारतको सबैभन्दा धनि व्यक्ति मुकेश अम्बानीकी पत्नी र रिलायन्स इन्डस्ट्रीजको संस्थापक धीरूभाई अम्बानीकी बुहारी हुन् । नीता अम्बानी धीरूभाई अम्बानी इन्टरनेशनल स्कूलकी संस्थापक र चेयरपर्सन हुन् ।[१][२]
उनलाई श्री चन्द्रशेखरेन्द्र सरस्वती विश्व महाविद्यालय (एससीएसवीएमवी यूनीवर्सिटी) कांचीपुरमबाट डाक्टरेटको उपाधि मिल्यो । यो उपाधि उनलाई शिक्षा, समाज सेवा र मानव प्रेमको लागि मिलेको हो ।
नीता अम्बानी मुम्बई इन्डियन्स क्रिकेट टीमकी सह-मालक पनि हुन् । उनी रिलायन्स इन्डस्ट्रीज र नेशनल एसोसिएशन अफ ब्लाइन्डको "दृष्टि" नामक समाज सेवी संस्थामा पनि जुडेकी छिन् ।
सुरुवाती जीवन
[सम्पादन गर्नुहोस्]नीता अम्बानीको जन्म १ नभेम्बर १९६४ मा मुम्बईको एक मध्यम-वर्गीय परिवारमा भएको थियो । उनको पिता बिरलाको एक कम्पनीमा उच्चाधिकारी थिए । नीतालाई भारतीय क्लासिकल डान्समा शुरूबाट नै धेरै रूचि थियो र उनी यसमा आफ्नो करियर बनाउन चाहन्थिन् जबकि उनकी आमा उनलाई एक चार्टर्ड अकाउन्टेन्ट बनाउन चाहती चाहन्थिन् । उनको उच्च शिक्षा मुम्बईको प्रसिद्ध नरसी मोन्जी कलेज अफ कमर्स र इकोनामिक्सबाट भयो ।
करियर
[सम्पादन गर्नुहोस्]नीता अम्बानी धीरू भाइ अम्बानी इन्टरनेशनल स्कुलबाट जुन २००३ मा भहएको शुरूआतसग जुडेकी छिन् । यो स्कूल मुम्बईको केहि राम्रा स्कुलहरूमध्ये एक हो ।[३][४] भारतमा यो ३७ नामि स्जुलहरूमा शामिल छ जुन देशमा प्रतिष्ठित "इन्टरनेशनल बेक्केलोरेट प्रोग्राम" उपलब्ध गराउछ । नीता धीरूभाई फाउन्डेशनको पनि मुखिया हुन् । उनी रिलायन्स इन्डस्ट्रीज र युएनएआईडीएसको एड्स इनिशीएटिवको पनि हिस्सा हुन् । नीता अम्बानी रिलायन्स इन्डस्ट्रीजको सामाजिक र धर्मार्थसित जोडिएको कर्यहरूलाई हेर्छिन् ।[५]
मुम्बई इन्डियन्स
[सम्पादन गर्नुहोस्]नीता अम्बानी मुम्बई इन्डियन्स क्रिकेट टीमकी सह-मालक हुन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "How Nita Ambani was courted", हिन्दुस्तान टाइम्स, २००९-०१-०२, अन्तिम पहुँच २०१०-१२-३१। वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-२८ मिति
- ↑ Sengupta, Somini (२००८-०५-०७), "Bright Lights and Big Money in India’s New Cricket League", The New York Times, अन्तिम पहुँच २०१०-१२-३१।
- ↑ "Nita M. Ambani", Da-is.org, अन्तिम पहुँच २०१०-१२-३१। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०१ मिति
- ↑ Priya Tanna (२००५-०८-१९), "Nita Ambani speaks her mind", DNAIndia.com।
- ↑ Rajiv Sharma (२०१०-०५-०६), "DAF in Nita Ambani's Responsible Hands", Indiaprwire.com, अन्तिम पहुँच २०१०-१२-३१।