मुकेश अम्बानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुकेश अम्बानी
जन्ममुकेश अम्बानी
(1957-04-19) १९ अप्रिल १९५७ (उमेर ६६)
यमन[१][२]
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
जातीयतागुजराती[३]
पेशारिलायन्स इण्डस्ट्रीजको अध्यक्ष
जम्मा सम्पतिवृद्धि US$22.4 billion (August 2016)[४]
धर्महिन्दू
जीवनसाथीनीता अम्बानी (१९८५-वर्तमान)
सन्तानआकाश अम्बानी
अनन्त अम्बानी
इशा अम्बानी[५]
मातापिताधीरूभाई अम्बानी
कोकिलाबेन अम्बानी
आफन्तअनिल अम्बानी (भाई)
वेबसाइटमुकेश अम्बानी

मुकेश धीरूभाई अम्बानी (१९ अप्रिल १९५७) भारतीय व्यवसायी तथा विश्वका छत्तीस औँ धनि व्यक्ति हुन् ।[६] उनी रिलायन्स इण्डस्ट्रीज का अध्यक्ष, प्रबन्ध निर्देशक र कम्पनीको सबैभन्दा ठूलो शेयरधनी हुन् । यो कम्पनी भारतमा निजी क्षेत्रको सबैभन्दा ठूलो तथा फोर्च्यून ५०० कम्पनी हो ।[७] रिलायन्स इन्डस्ट्रीज मा उनका व्यक्तिगत हिस्सेदारी ४८ % हो ।[८]

उनका सम्पत्तिको मूल्य (फोर्ब्सको अनुसार) २२.२ अरब अमेरिकी डलर रहेको छ ।[६] मुकेश र उनको भाइ अनिल अम्बानी रिलायन्स इन्डस्ट्रीजको संस्थापक स्वर्गीय धीरूभाई अम्बानीका छोरा हुन् । मुकेश इन्डियन प्रीमियर लिगको टीम मुम्बई इन्डियन्स का मालिक पनि हुन् ।

शिक्षा[सम्पादन गर्नुहोस्]

मुकेश अम्बानीको स्कुली शिक्षा अबाय मोरिस्चा स्कुल, मुम्बईमा भएको थियो । UDCT मा उनको केमिकल इन्जीनियरिङ्गमा स्नातकसम्मको अध्ययन पछि एमबीए गर्न स्टेनफोर्ड विश्वविद्यालय गए तर पहिलो वर्ष पछि नै उनले पढाई छोडिदिए ।[९]

करियर[सम्पादन गर्नुहोस्]

मुकेश अम्बानीले सन् १९८१ मा रिलायन्समा काम सम्हाले र रिलायन्सको पुरानो ढर्राको टेक्सटाइल कारोबारलाई पोलिएस्टर फाइबर र त्यसपछि पेट्रोकेमिकलमा अघि बढाए । यस प्रक्रियामा उनले ६० नयाँ, विश्वस्तरको गरे, विभिन्न प्रविधिले युक्त निर्माण सुविधाका रचनालाई निर्देशित गरे, यसले रिलायन्सको जुन उत्पादन क्षमता १० लाख टन प्रति वर्ष पनि थिएन, त्यो १ करोड २० लाख टन प्रतिवर्ष भयो ।

उनले जामनगर, गुजरातमा विश्वको सबैभन्दा ठुलो पेट्रोलियम रिफायनरीका स्थापना गरे । वर्तमानमा यसको क्षमता ३ करोड ३० लाख टन प्रति वर्ष रहेको छ । १००,००० करोड रुपैया (लगभग २६ बिलियन अमरीकी डलर) को लगानीमा बनेको यस रिफायनरीमा पेट्रोकेमिकल, पावर जेनरेशन, पोर्ट तथा सम्बन्धित आधारभूत ढाँचा छ ।

मुकेश अम्बानीले भारतको सबैभन्दा ठुलो दुरसञ्चार कम्पनिहरू मध्ये एक रिलायन्स कम्युनिकेशन्स (पूर्व मा रिलायस इन्फोकम) लिमिटेडको स्थापित गरे । दुईजना भाइहरू छुट्टिएपछि रिलायन्स इन्फोकमलाई अनिल धीरूभाई अन्बानी समूहले चलायो । यदि दुवै भाइ नछुट्टिएको भए र मुकेश प्रेजिडेन्ट बनिरहेको हुन्थे भने उनको कुल सम्पती ८५ बिलियन डलर हुन्थ्यो । अम्बानीको नेतृत्वमा, रिलायन्सले आफ्नो पूर्ण स्वामित्व वाला सहायक कम्पनी रिलायन्स रीटेलको अन्तर्गत खुद्रा बाजारमा प्रवेश गर्यो ।

उनको अगुआईमा रिलायन्स रीटेलले, डीलाईट स्टोरको नयाँ चेन पनि सुरुवात गरेको छ, र नोवा केमिकल्सको साथ रिलायन्स रीटेलको ऊर्जा सक्षम बनाउनको लागि यस आशयका अनुबन्ध रहेको छ ।

अम्बानी इन्डियन प्रीमियर लिगको टीम मुम्बई इन्डियन्सको मालिक पनि हुन्, जुन २०१३ मा फाईनलमा पुगेको थियो । उनले मुन्बईमा "धीरू भाइ अम्बानी इन्टरनेशनल स्कुल"को स्थापना पनि गरेका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Nolan, Jeannette, "Mukesh Ambani", Encyclopædia Britannica, अन्तिम पहुँच ६ अक्टोबर २०१३ 
  2. "The Rediff Business Interview/ Mukesh Ambani", Rediff.com, १७ जुन १९९८, अन्तिम पहुँच २२ अगस्ट २०१३ 
  3. "Meet the Gujarati who went on to become the richest Indian", Daily Bhaskar, अन्तिम पहुँच २९ जनवरी २०१४ 
  4. "Mukesh Ambani", Forbes, अन्तिम पहुँच ८ अगस्ट २०१६ 
  5. "NY Times pics on Mukesh Ambani", The New York Times (India), १५ जुन २००८, अन्तिम पहुँच २२ अगस्ट २०१३ 
  6. ६.० ६.१ फोर्ब्स सूची मा
  7. फोर्च्यून ग्लोबल ५०० २००६: देश
  8. "The World's Billionaires", Forbes, २००७-०३-०८, अन्तिम पहुँच २००७-०३-०९, "Year 2007 ." 
  9. "Is MDA really an MBA", Telhelka, २००५-०१-०१, अन्तिम पहुँच २००८-०५-१४  वेब्याक मेसिन अभिलेखिकरण २००८-१२-१९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]