धीरूभाई अम्बानी
धीरूभाई अम्बानी | |
---|---|
![]() | |
जन्म | चोरभाद, गुजरात, भारत | २८ डिसेम्बर १९३२
मृत्यु | ६ जुलाई २००२ मुम्बई, महाराष्ट्र, भारत | (उमेर ६९)
मृत्युको कारण | हृदयघात |
राष्ट्रियता | भारतीत |
जातीयता | गुजराती[१] |
पेशा | रिलायन्स उद्योग, रिलायन्स पावर तथा रिलायन्स क्यापिटको स्थापक |
धर्म | हिन्दु |
जीवनसाथी | कोकिलावेन अम्बानी |
सन्तान | मुकेश अम्बानी अनिल अम्बानी नीना कोठारी दिप्ती सालगाओन्कर |
पुरस्कार | पद्यम विभुषण (२०१६) |
धीरूभाई हिराचन्द "धीरूभाई" अम्बानी (२८ डिसेम्बर १९३२ – ६ जुलाई २००२) एक भारतीय प्रसिद्ध व्यवसायी थिए, [२] उनले आफ्नो नातेदातसँग मिलेर भारतको बम्बेमा रिलायन्स उद्योगको थालनी गरेका थिए । उनी द सनडे टाइसमा एसिया महाद्विपको ५० शिर्ष व्यवसायी मध्ये एकको रूपमा उल्लेख गरिएको थियो ।[३] उनले रिलायन्स उद्योगलाई सन् १९७७ मा पब्लिकमा परिणत गरेका थिए र सन् २००७ सम्ममा उनको परिवारको सगोल सम्पत्ति युएसडि ६० विलियन भएको थियो तथा अम्बानी परिबार संसारको तेश्रो धनी परिवार समेत भएका थिए । अम्बानीको मृत्यु ६ जुलाई २००२ मा भएको थियो । [४] सन् २०१६ मा उनलाई मरणोपरान्त पदम विभुषणबाट सम्मान गरिएको थियो, जुन भारतको दोश्रो उच्चतम नागरिक सम्मान हो । यो सम्मान उनलाई व्यापार तथा उद्योगको क्षेत्रमा उनको योगदानको लागि प्रदान गरिएको थियो । [५][६]
प्रारम्भिक पेशागत जीवन[सम्पादन गर्नुहोस्]
उनले सन् १९६६ मा रिलायन्स उद्योगको स्थापना गरेका थिए र सन् २०१२ सम्ममा यस कम्पनीमा ८५,००० भन्दा बढी कर्मचारी तथा केन्द्रिय सरकारको जम्मा कर राजश्वमा लगभग ५ प्रतिशत योगदान रहेको थियो । सन् २०१२ सम्मा रिलायन्स उद्योगमा फर्च्युन ५०० मा शिर्ष १० को सूचीमा राजस्वको आधारमा सूचीकृत भएको थियो । [७]
मृत्यु[सम्पादन गर्नुहोस्]
उनलाई ठूलो हृदयघात भए पश्चात २००२ जुन २४ मा मुम्बईको ब्रिच क्याडि हस्पिटलमा भर्ना गरिएको थियो । यो उनको दोश्रो हृदयघात थियो, सन् १९८६ फेब्रुअरीको पहिलो हृदयघातले उनको दाँया हातमा पक्षघात भएको थियो । उनी हप्ता भन्दा बढी समयको लागि कोमा रहे तथा उनको उपचारमा विभिन्न डाक्टरहरू संलग्न थिए । उनको मृत्य सन् २००२ जुलाई ६ मा भएको थियो ।
धीरूभाई पछिको रिलायन्स[सम्पादन गर्नुहोस्]
सन् १९८६ मा भएको हृदयघात पश्चात उनले रिलायन्सको नियन्त्रण आफ्ना छोराहरू मुकेश अम्बानी तथा अनिल अम्बानीलाई सुम्पेका थिए । सन् २००२ जुलाई ६ मा हृदयघातको कारणले ब्रिच क्याडि हस्पिटलमा उनको मृत्यु भएको थियो ।[८] सन् २००४ नोभेम्बरमा मुकेश अम्बानीले एक अन्तरवार्तामा उनको भाइ अनिल अम्बाईसँग स्वामित्वको कारण मनमुटाब रहेको स्विकारेका थिए । उनले मनमुटाब घरायसी रहेको समेत भनेका थिए ।[९] धिरूभाई अम्बानीको मृत्यु पश्चात समूहलाई रिलायन्स उद्योग लिमिटेड मुकेश अम्बानीको अध्यक्ष भएको तथा रिलायन्स अनिल धिरूभाई अम्बानी समूह अनिल अम्बानी अध्यक्ष भएको दुई संस्थामा टुक्रिएको थियो ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Indian to the Core, and an Oligarch, ANAND GIRIDHARADAS, The New York Times, 15 June 2008
- ↑ Srikar Muthyala (२९ सेप्टेम्बर २०१५), "The List of Great Entrepreneurs of India in 2015", MyBTechLife।
- ↑ Dhirubhai Ambani वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-०७ मिति. 4to40.com
- ↑ Dhirubhai Ambani vs Ratan Tata – Difference and Comparison.
- ↑ "Padma Awards 2016"।
- ↑ "Padma Awards 2016: Full List", NDTV.com, २५ जनवरी २०१६।
- ↑ Pandey, Piyush (9 July 2012) Indian Oil, Reliance Industries in Fortune 500 companies list.
- ↑ Reliance chairman Dhirubhai Ambani dead. The Times of India (7 July 2002). Retrieved 28 July 2013.
- ↑ "Mukesh Ambani admits to differences with Anil", Rediff.com, १८ नोभेम्बर २००४, अन्तिम पहुँच ३१ डिसेम्बर २०१०।