सामग्रीमा जानुहोस्

नीति अनुसन्धान प्रतिष्ठान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नीति अनुसन्धान प्रतिष्ठान
निकाय विवरण
गठनवि.सं. २०७५ असोज १०
अधिकार क्षेत्रनेपाल सरकार
प्रधान कार्यालयनारायणहिटी दरबार, काठमाडौँ, नेपाल
मन्त्री
वेबसाइटpri.gov.np

नीति अनुसन्धान प्रतिष्ठान नेपाल सरकारले स्थापना गरेको एक विशेषज्ञ समूह हो। यस प्रतिष्ठानको कार्यकारी अध्यक्ष विष्णुराज उप्रेती हुन्।[] तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठनादेश जारी गरी प्रतिष्ठान स्थापना गरेको थियो।[] यसको संस्थापक कार्यकारी अध्यक्ष चैतन्य मिश्र थिए।

यस प्रतिष्ठानले राष्ट्रद्वारा अख्तियार गर्नुपर्ने विभिन्न नीतिका सम्बन्धमा अध्ययन र अनुसन्धान गर्ने, मुलुकले कुनै खास विषयमा अपनाउनु पर्ने दीर्घकालीन, अल्पकालीन वा तत्कालीन नीति तथा सञ्चालन गर्नुपर्ने योजना, कार्यक्रम तथा अनुसन्धान गर्ने, सामरिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा परराष्ट्र नीतिको अध्ययन तथा अनुसन्धान गरी त्यसमा अपनाउनुपर्ने उपायका बारेमा नेपाल सरकारलाई नीतिगत सुझाव दिने कार्य गर्दछ। मुलुकमा आर्थिक उन्नति, सामाजिक न्याय, पारदर्शिता वा सुशासन कायम गर्न अपनाउनुपर्ने नीति र उपाय पनि यसका कार्यक्षेत्रमा पर्छन्। सार्वजनिक सेवालाई थप प्रभावकारी, जवाफदेही, मर्यादित, कुशल तथा व्यावसायिक बनाउन त्यस्तो सेवामा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव दिने र सरकारको अनुरोधमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी कुनै खास विषयमा अपनाउनुपर्ने नीतिको मसौदा पनि यसले गर्न सक्छ। प्रतिष्ठानले सार्वजनिक नीतिहरूको समीक्षा गरी प्रभावकारी नदेखिएका नीतिहरूको सुधार वा नयाँ नीति तर्जुमाका लागि आवश्यक प्रमाणहरू जुटाउने कार्य पनि गर्दछ। प्रतिष्ठानले सरकारको अनुरोधमा नेपालको अन्तर्राष्ट्रिय सीमा सम्बन्धमा अध्ययन तथा प्रमाण खोजबिन गरी प्रतिवेदन बुझाएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नीति अनुसन्धान प्रतिष्ठानले के के गर्नेछ" (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०९ 
  2. "नीति अनुसन्धान प्रतिष्ठान प्रणाली", kms.pri.gov.np (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-०६ मिति
  3. "भारतसँगको सीमा विवादसम्बन्धी प्रमाण संकलन गर्न नौ सदस्यीय विज्ञ समूह गठन", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-०६ मिति