सामग्रीमा जानुहोस्

नुम्बुर

नुम्बुर
नक्सा
सर्वोच्च बिन्दु
शिखर६,९५८ मी (२२,८२८ फिट)[१]
प्रमुखता१,२३८ मी (४,०६२ फिट)[१]
निर्देशाङ्क२७°४५′१६″ उत्तर ८६°३४′२३″ पूर्व / २७.७५४४४६° उत्तर ८६.५७३०७४° पूर्व / 27.754446; 86.573074
नामाकरण
नामको भाषानेपाली
भूगोल
अवस्थितिनेपाल
मूल शृङ्खलारोल्वालिङ हिमाल
आरोहण
प्रथम आरोहणजेन-पिर्रे हेनरी, क्रिस्चियन राथट र मिङ्मा शेर्पाद्वारा १४ अक्टुबर १९८१ मा
सबभन्दा सजिलो मार्गहिउँको ढलान

नुम्बुर नेपालको रोल्वालिङ हिमशृङ्खलामा पर्ने हिमाल हो। यसको उचाइ ६९५८ मिटर रहेको छ।[१] नुम्बुर हिमाल सगरमाथाबाट ४३ किलोमिटर दक्षिणपश्चिममा सगरमाथा र जनकपुर अञ्चलको सिमानामा अवास्थित छ।

आरोहण इतिहास

[सम्पादन]

२९ मे १९६३ मा जापानी आरोहण दलका सदस्यहरू हिरोसी मात्सुओ तथा मिङ्मा छिरिङले नुम्बुर हिमालको आरोहणको पहिलो प्रयास गरे।[२]

अक्टुबर १९८१ मा फ्रान्सेली आरोहण दलका सदस्यहरूले दक्षिणपश्चिमी ढलानबाट आरोहण गरे। यो समूहका जेन-पिर्रे हेनरी, क्रिस्चियन राथट र मिङ्मा शेर्पा १४ अक्टुबरमा चुचुरोमा पुगे भने हेनरिक लारोचे, जेन-फ्राङ्कोइस ले क्वाङ र फिलिपे भेराक १७ अक्टुबरमा चुचुरोमा पुगे।[३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 3 "Numbur", peakvisor.com, Peak Visor, मूलबाट १२ फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०२१।
  2. ↑ MAKATO, NUMATA, "ASCENT OF MOUNT NUMBUR", www.himalayanclub.org, The Himalayan Journal, अन्तिम पहुँच १० फेब्रुअरी २०२१।
  3. ↑ "ASIA, NEPAL, NUMBUR", publications.americanalpineclub.org, American Alpine Club, अन्तिम पहुँच १० फेब्रुअरी २०२१।

बाह्य कडीहरू

[सम्पादन]