नेपाल नाग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल नाग
নেপাল নাগ
शैलेशचन्द्र नाग[१]
नेपाल नाग.jpg
जन्म१९ सेप्टेम्बर १९०९
तेजगाउँ, ढाका, बेलायती भारत, (हाल Flag of Bangladesh.svg बङ्गलादेश)
मृत्यु८ अक्टोबर १९७८
दरगा सडक, कलकत्ता, (हाल Flag of India.svg भारत)
जातीयताबङ्गाली
नागरिकताBritish Raj Red Ensign.svg बेलायती भारत (सन् १९४७ सम्म)
Flag of Pakistan.svg पाकिस्तान (सन् १९६४)
Flag of India.svg भारत
शिक्षाआइए
पेशाराजनीतिज्ञ
चिनारीको कारणब्रिटिस विरोध स्वतन्त्रता आन्दोलनका नायक
उल्लेखनीय कार्य
ढाका जिल्लाको कम्युनिस्ट पार्टीको इतिहासअमर लेनिन
राजनीतिक दलस्वतन्त्रता अगाडि भारतीय कम्युनिस्ट पार्टी, पछि बङ्गलादेश कम्युनिस्ट पार्टी
राजनीतिक कृयाकलापब्रिटिस विरोध स्वतन्त्रता आन्दोलन
धर्महिन्दु

नेपाल नाग वा नेपालचन्द्र नाग (बङ्गाली: নেপাল নাগ, जन्म: १९ सेप्टेम्बर १९०९, मृत्यु: ५ अक्टोबर १९७८) भारतीय उपमहाद्वीपमा बेलायत विरोधीको स्वतन्त्रता आन्दोलनका एक व्यक्ति थिए।[२] उनी अग्नीयुगका एक क्रान्तिकारी कम्युनिस्ट थिए। उनको वास्तविक नाम शैलेशचन्द्र नाग भएपनि उनी नेपाल नागको रूपमा परिचित थिए। नेपाल नाग सानैदेखि देशभक्त थियो।[३] आइए उतिर्ण गरेपछि उनी क्रान्तिकारी गतिविधिहरूमा सक्रिय हुन थालेका थिए। [४][५]

बाल्यकाल र सुरुवाती गतिविधिहरू[सम्पादन गर्नुहोस्]

नेपाल नागको जन्म सन् १९०९ सेप्टेम्बर १९ का दिन पुरानो ढाकाको गेन्डारियामा एक मध्यम वर्गीय परिवारमा भएको थियो। उनका बुबा सुरेशचन्द्र नाग एक ठेकादारा थिए। उनी सानै उमेर देखिनै राष्ट्रभक्त थिए। उनी आइएको परीक्षामा उतिर्ण भएपछि उनी क्रान्तिकारी गतिविधिमा सक्रिय भएका थिए। विद्यालयमा अध्ययनरत रहँदा उनले अनिल रायको नेतृत्व रहेको ढाकाको गुप्त क्रान्तिकारी पार्टीको राजनीतिमा सामेल भएका थिए।[६] विद्यालयमा अध्ययनरत छँदा नेपाल नागलाई गुप्त क्रान्तिकारी दलको अत्यन्त बहादुरी कार्यहरूका लागि चुनिएको थियो। सन् १९२० को दशकको अन्ततिर नेपाल नाग र जितेन घोषले विभिन्न घटनामा भाग लिनु परेको थियो जसमा उनीहरूले आवश्यकता अनुसार ढाका सहरको मध्य भागका केही समाज-विरोधी र देशद्रोही क्रान्तिकारी पार्टीहरूलाई क्षति पुर्‍याउन खोजेका थिए। सन् १९२३ उनी लीला नागद्वारा परिचालित श्रीसङ्घमा सामेल भएका थिए। उनी त्यस समयका अन्य कार्यकर्ताहरूसँग ढाका सहरको मध्यमा रहेको गुप्तचर प्रहरीलाई सहयोग गर्नेलाई दण्डित गर्न त्यहाँ आएका थिए जसमा सुपती राय र जितेन जस्ता क्रान्तिकारीहरू सामेल थिए। नागलाई सन् १९३२ अप्रिल २१ का दिन गिरफ्तारी गरिएको थियो। राइटर बिल्डिङ अभियानका क्रान्तिकारी नायकहरू मध्ये एक बिनय बसु नेपाल नागभन्दा १ वर्ष जेठा भएतापनि उनीहरू निकै नजिकका साथी थिए। बङ्गेश्वर राय, अपूर्वा राय र अन्य क्रान्तिकारीहरूसँग पनि नागले मित्रता गाँसिसकेका थिए जो सबै क्रान्तिकारी नेता हेमन्त घोषका अनुयायी थिए।[७] सन् १९३० को डिसेम्बरमा कलकत्ताको राइटर्स बिल्डिङमा बिनय-बादल-दिनेशको दुश्मनको नरसंहार पश्चात् केही क्रान्तिकारीहरूको सार्वजनिक आन्दोलनलाई रद्द गरेका थियो। पछि नेपाल नागले केही क्रान्तिकारीहरूलाई गुप्त बनाउनका लागि निकै अहम् भूमिका निर्वाह गरेका थिए।

क्रान्तिकारी गतिविधि[सम्पादन गर्नुहोस्]

उनी सन् १९२३ देखि सन् १९२४ सम्म लीला नागद्वारा निर्देशित 'श्री सङ्घ' मा सामेल भएका थिए। उनको साथमा तत्कालीन सुपटि राय, जितेन देको साथ अन्य क्रान्तिकारीहरू पनि रहेका थिए। उनलाई प्रहरीलाई २१ अप्रिल १९३२ का दिन क्रान्तिकारीको रूपमा आन्दोलनमा सामेल भएको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेका थिए। सन् १९३६ मा कारागारबाट रिहा भएपछि उनले कम्युनिस्ट नेता मुजफ्फर आहमेद, प्रमोद दासगुप्ताको सल्लाहमा बिहारमा एक श्रमिक सङ्गठनका लागि कामहरू गर्न सुरु गरेका थिए भने त्यहाँबाट उनलाई सफलता प्राप्त भएपछि उनलाई ढाकाको नारायनगञ्जको धागो उद्योगमा काम श्रमिकहरूको कहाँ पठाइएको थियो। उनीसँग व्यक्तिहरूसँग छिटै घुलमिल हुनेसक्ने क्षमताका कारण उनी एक शक्तिशाली श्रमिक आन्दोलन, श्रमिक सङ्घ र कम्युनिस्ट पार्टीको बलियो आधारको निर्माण गर्दै नारायनगञ्जको सुताकाल क्षेत्रमा एक निर्विवाद नेता उदयमान भएका थिए। यस समय उनले एक क्रान्तिकारी ज्ञान चक्रवर्तीको साथ गुप्त रूपबाट संवाद गर्ने गरेका थिए। सन् १९४३ मे १७ का दिन नेपाल नागले निवेदिता नागसँग विवहा गरेका थिए। सन् १९४७ मा भारतको विभाजन पश्चात् उनलाई 'रहमान भाइ'को रूपमा चिनिन थालिएको थियो भने उनले गुप्त रूपबाट पूर्व पाकिस्तान प्रान्तीय कम्युनिस्ट पार्टीको राजनीतिक गतिविधिहरूलाई सञ्चालित गरेका थिए। सन् १९६४ मा नाग अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको चीन नीतिको समर्थनमा भारतीय कम्युनिस्ट पार्टीको राजनीतिमा सामेल भएका थिए। [८]

सन् १९३८ मा देउली निरोध शिविरबाट रिहा भएपछि नाग त्यस समयका अन्य युवा कम्युनिस्टहरूको सहर घर फर्किएका थिएनन्। उनी त्यसपछि कलकत्तामा मुजफ्फर आहमेद, प्रमोद दास गुप्ता र अब्दुल हालिमसँग बस्न सुरु गरेका थिए। पछि मुजफ्फर आहमेदले उनलाई व्यापार सङ्घको निर्माण गर्नका लागि बिहार पठाएका थिए। बिहारबाट फर्किएपछि आहमेदले उनलाई ढाकामा श्रमिक सङ्गठनको स्थापना गर्ने सल्लाह दिएका थिए। नागले आफ्नो जीवनको लगभग १० वर्ष कारागारमा बिताएका थिए भने उनले १४ वर्ष नजरबन्दमा बिताएका थिए। धागो उत्पादक क्षेत्रमा आएपछि नागले सहयोगीहरू अनिल मुखर्जी र बारिन दत्तलाई सहयोगीको रूपमा पाएका थिए। सन् १९३९-४० मा जब नेपाल नाग कम्युनिस्ट पार्टीको अवैध युगमा थिए तब उनले नारायनगञ्ज जिल्लाको धागो उत्पादक क्षेत्रमा बिहान ८ बजेदेखि बेलुका १० बजेसम्म ढाका स्थित जोडपुलको गोप्य शिविरबाट ज्ञान चक्रवर्ती, सुधीन कर र अन्य व्यक्तिहरूसँगको सहकार्यमा काम गरेका थिए।[९]

सन् १९४० को अप्रिलमा ढाका काङ्ग्रेस मजदुर सम्मेलनको आयोजना गरिएको थियो जसको मूल उद्देश्य मुख्यतया कम्युनिष्ट पार्टीलाई व्यवस्थित गर्नु थियो। बेलायती सरकारले दोस्रो विश्वयुद्धको अवधिमा उक्त सम्मेलन रोकेको थियो भने यस अवधिमा नेपाल नाग, फानी गुहा र बङ्गेश्वर राय लगायत १५ कम्युनिस्टहरूलाई गिरफ्तार गरिएको थियो। गिरफ्तारी पछि उनलाई ६ महिनाको कारागार सजाय सुनाइएको थियो। कारागारबाट रिहाइ भएपछि उनी उनलाई प्रहरी हिरासतमै राखिएको थियो। तर नाग र ज्ञान चक्रवर्तीले यसलाई बेवास्ता गर्दै गोप्य रूपबाट पार्टी र कार्यकर्ताहरूलाई सङ्गठित गर्ने काम जारी राखेका थिए। सन् १९४२ मार्च ८ का दिन सूत्रापुरमा आयोजित एक फासीबाद विरोधी सम्मेलनमा भाग लिने क्रममा चरमपन्थी र कम्युनिस्ट विरोधी बलले रेल श्रमिक सङ्गठनका सङ्गठक सोमेन चन्द्रको हत्या गरेका थिए। यस समय नाग एक बुढो पुजारीको आडमा नारायनगञ्ज जिल्लाको धागो उत्पादन हुने क्षेत्रमा लुकेका थिए।[१०] ढाकमा भएको खबर प्राप्त गर्ने बित्तिकै एक मौलवीले कार्यकर्ताहरूको सुरक्षामा सक्रिय भूमिका निर्वाह गरेका थिए। फासीवाद विरोधी सम्मेलनमा भाग लिनका लागि ज्योति बसु र स्नेहाङ्शु आचार्य जस्ता नेताहरू त्यस समय ढाका पुगेका थिए। यस सम्मेलनमा प्रमुख भूमिका नेपाल नागका साथी रणेन बसुको थियो। सन् १९४३ मा कानुन लागु भएपछि तत्कालीन कम्युनिस्ट पार्टीको बोम्बे काङ्ग्रेसको पूर्व सन्ध्यामा नेपाल नागले २४९ बाउबाजार इलाकाबाट आफ्नो कार्यालयमा आयोजित प्रान्तीय कम्युनिस्ट पार्टी बङ्गालको सम्मेलनमा उनी सात सदस्यीय प्रान्तीय समितिका सदस्य बनेका थिए। त्यस समय उनले ढाका र कलकत्तामा श्रमिक आन्दोलनको जिम्मेवारी लिएका थिए।[११]

यस समय नागले बिहारको मुङ्गेर क्षेत्रमा पनि सेवा गरेका थिए। सन् १९४३ मा नागलाई अविभाजित बङ्गालको (भारतीय कम्युनिस्ट पार्टी) राज्य समितिको सदस्यको रूपमा चयन गरिएको थियो।नाग आफ्नो मध्य तीसौँ दशकमा एक जल्दाबल्दा र परिपक्व कम्युनिस्ट नेताहरू मध्य एक बनिसकेका थिए। ढेकेश्वरी कपास उद्योगका मालिकहरूले जिल्ला गवर्नरको माध्यमबाट नेपाल नाग माथि मिल क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाएका थिए तर यसको बाबजुद पनि नागले सङ्गठनको गठन कार्यलाई टुङ्गाएका थिए। उनले पछि एक डुङ्गालाई भाडामा लिएर शीतलक्ष्मी नदीलाई पार गरेका थिए। दुई कपास उद्योगका श्रमिकहरू उनको सहयतामा नदी पार गर्ने गरेका थिए जहाँ उनले दिनको ७ देखि ८ घण्टासम्म भाषण दिने गरेका थिए। उनले यस समय श्रमिकहरूलाई राजनैतिक शिक्षा दिएका थिए। महिनौँदेखि डुङ्गामा समय बिताउँदै आएका नागले ढाकेश्वर कपास उद्योगका श्रमिकहरू बीच एक श्रमिक सङ्घको गठन गर्न सफल भएका थिए। सन् १९४७ मा देशको विभाजन पश्चा कम्युनिस्ट पार्टीका तत्कालीन प्रान्तीय समितिका सदस्य मणि सिंह, खोका राय (सुधीन राय) र नेपाल (शैलेश) नाग, लगाएता पार्टीका लागि काम गर्ने कार्यकर्ताहरूले पूर्व पाकिस्तान जाने निर्णय गरेका थिए जसकारण उनी आफ्नो परिवारको साथमा ढाका आएका थिए। यस समय निवेदिता नाग नारायनगञ्जमा महिला कलेजको (पछि तोलाराम कलेज) प्रधानध्यापक बनेकी थिइन्। नेपाल नागले ज्योति बसु र अन्य कार्यकर्ताहरूको साथमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन सम्मेलनमा भाग लिएका थिए।[१२]

देश विभाजन र राजनीतिक कार्यकाल[सम्पादन गर्नुहोस्]

सन् १९४८ दखि सन् १९५२ सम्म देशको विभाजन पछि उनी लामो समयसम्म "रहमान भाई" को नामले पूर्व पाकिस्तान प्रान्त कम्युनिष्ट पार्टीको उनले राजनीतिक प्रक्रियाको व्यवस्थापन गरेका थिए। सन् १९४७ मा स्थापना भएको पूर्वी पाकिस्तान व्यापार सङ्घ निगमको उनी संस्थापक उपाध्यक्षको रूपमा निर्वाचित भएका थिए। उनी पूर्व पाकिस्तान प्रान्तीय कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित भएका थिए।[१३].[१४]

स्वतन्त्रता युद्धमा योगदान[सम्पादन गर्नुहोस्]

सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्धको समयमा कलकत्तामा रहेको उनको घर शरणार्थीहरूका लागि पारगमन शिविर बनेको थियो। त्यस समय पूर्व पाकिस्तानका बङ्गालीहरू समूह बनाई उनको घरमा शरण लिने गरेका थिए। नेपाल नाग र उनकी श्रीमती निवेदिता नाग लामो दूरीको यात्रा गरेका मानिसहरूका लागि चिकित्सा हेरचाह र गन्तव्य प्रदान गर्ने काम गरेका थिए। उनले बङ्गलादेशको स्वतन्त्रता युद्धमा आवश्यकता अनुसारको चिकित्सा सेवा र औषधिको बन्दोबस्त मिलाइदिने गर्ने काम गरेका थिए।[१५] स्वतन्त्रता युद्धको समयमा नेपाल नाग उनकी श्रीमती निवेदिता नाग र निवेदिता नागका भाइ वैज्ञानिक सत्येन्द्रनाथ बोसले ठूलो भूमिका निर्वाह गरेका थिए। सन् १९१८ अक्टोबर ४ का दिन नेपाल नाग, निवेदिता नाग र वैज्ञानिक सत्येन्द्र बोसलाई बङ्गलादेशको स्वतन्त्रता युद्ध उनीहरूले दिएको योगदानलाई कदर गर्दै उनीहरूलाई स्वतन्त्रता युद्ध अलायन्स पुरस्कारबाट सम्मानित गरिएको थियो। नेपाल नाग र निवेदिता नागको छोरा सुजय नागले पनि पुरस्कार प्राप्त गरेका थिए।[१६]

मस्को सम्मेलनमा योगदान[सम्पादन गर्नुहोस्]

उनले सन् १९६० मा रूसको मस्कोमा आयोजित विश्व कम्युनिस्ट महासम्मेलनमा पूर्व पाकिस्तान प्रान्तीय कम्युनिस्ट पार्टीको उनले रहस्यमय रूपमा प्रतिनिधित्व गरेका थिए। त्यसको अर्को वर्ष अर्थात् सन् १९६१ मा उनले सोभियत सङ्घको कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गरेका थिए जहाँ उनी एक उग्र वक्ता बनेका थिए।[१७] त्यसको अर्को वर्ष उनले सोभियत सङ्घ कम्युनिस्ट पार्टीको २२ औँ सभामा पूर्वी पाकिस्तानको कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गरेका थिए। यस समय उनले हो चि मिन, चौ एन लाई जस्ता प्रमुख व्यक्तित्वहहरूसँग भेटवार्ता गरेका थिए।[१८]

अस्वस्थता र मृत्यु[सम्पादन गर्नुहोस्]

सन् १९३६ मा उनी हिजला कारागारमा बन्दीको रूपमा रहेको बेला उनी मधुमेह रोगबाट पीडित हुन पुगेका थिए। सन् १९३८ देखि सन् १९६२ सम्म २४ वर्षको अन्तरालमा अधिकांश समय खाद्यन्नको अभावका कारण उनी यस रोगबाट आक्रान्त बनेका थिए। यस पछि उनी क्षयरोगबाट पनि पीडित हुन पुगेका थिए। उनी लुकिरहेको बेलामा मिर्गौलाको पत्थरीका कारण अचेत हुनुभन्दा अगाडि नागले त्यस अवस्थामा एक सन्देश लेख्न सक्षम भएका थिए। [१९]

“জীবন মৃত্যুর এই সন্ধিক্ষণে নিজেকে জিজ্ঞাসা করিতেছি–আমার এই জীবনে কি কোনো আফসোস আছে? আছে। তাহা হইতেছে আদর্শকে যথাযথভাবে রূপ দিতে পারি নাই। পার্টির প্রতি ভালোবাসা অটুট আছে–সব চাইতে প্রিয় পার্টি। অগাধ বিশ্বাস, আমার আশা পূর্ণ হইবেই–এই দেশেও প্রতিষ্ঠিত হইবে সাম্যবাদী সমাজ। অনাগত ভবিষ্যতের কমরেডদের প্রতি আমার গভীর ভালোবাসা থাকিল।”

सन् १९५५ पश्चात् निवेदिता पार्टीको दायित्व र आफ्नो जीविकोपार्जनका लागि स्थायी रूपमा पश्चिम बङ्गाल आएकी थिइन्। नेपाल नाग गम्भीर रूपबाट बीमार र आक्रान्त शरीरको साथ सन् १९५६ मा कलकत्ता आएका थिए। जहाँ उनको जाँच गरिएपछि उनलाई जुन रोगबाट पीडित थिए ती रोगहरू निको नहुने भनिएको थियो। त्यसपछि उनी थप उपचारका लागि सन् १९५९ फेब्रुअरी ३ का दिन रूसको मस्कोमा पुगेका थिए। उनले सन् १९६१ मा मास्कोमा ७१ औँ पार्टी सम्मेलनमा पाकिस्तानको प्रतिनिधित्व गरेका थिए, भने उनी त्यहाँबाट फर्किएपछि उनले अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा पनि भाग लिएका थिए भने उनले लन्डनमा वरिष्ठ कम्युनिस्ट नेताहरूसँग भेट गरेका थिए। सन् १९६४ मा नाग स्थायी रूपबाट रोग पीडित भएपछि उनी ढाकाबाट कलकत्ता गएका थिए जहाँ उनलाई राजनैतिक अपराधहरूका लागि निवेदिताले साउथ प्वाइन्ट विद्यालयमा शिक्षिकाको जागीर छाडेकी थिइन्। त्यसको केही समय पश्चात् रोगी नागले कुखुरा पालन गरी जीविकोपार्जन गर्ने कोसिस गरेका थिए भने यसै समय निवेदितालाई हाल्टु उच्च विद्यालयमा जागीर मिलेको थियो।[२०] नाग रोगबाट एकदमै पीडित हुन थालेपछि उनी राजनितीमा निष्क्रिय जस्तै भएका थिए। सन् १९७८ को विनाशकारी बाढीको दिनहरूमा नेपाल नागको शारीरिक अवस्था झनै थालेको थियो। त्यस समय प्रायः उनी अचेत अवस्थामा पुग्ने गरेका थिए। सन् १९७८ अक्टोबर ४ को मध्यरातमा उनको क्षयरोग र मधुमेहका कारण ६९ वर्षको उमेरमा मृत्यु भएको थियो। उनको मृत्यु पश्चात् सन् १९७८ अक्टोबर ११ का दिन पहिलो स्मारकको निर्माण पारिवारिक बास भवन ९-डि दरगा सडकमा सम्पन्न भएको थियो।[२१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "collection summary:nepal nag papers" (अङ्ग्रेजी भाषा)। International Institute of Social History। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  2. "বিপ্লবী নেপাল নাগ" (बङ्गाली भाषा)। দৈনিক কামাদের সময়। ६ अक्टोबर २०२०। 
  3. "বিপ্লবী নেপাল নাগ : স্মৃতিকথা" (बङ्गाली भाषा)। বইবাজার। 
  4. Sengupta, Subodh; Bose, Anjali, सम्पादकहरू (२०१३), Samsad Bangali Charitabhidhan (बङ्गालीमा), Kolkata: Sahitya Samsad, पृ: 379 – 380, आइएसबिएन 978-81-7955-135-6 
  5. "নেপালচন্দ্ৰ নাগ", ই বাংলা লাইব্রেরি (बङ्गालीमा), अन्तिम पहुँच २०२०-१२-२५ 
  6. "বিপ্লবের স্থপতি নেপাল নাগ-এর জীবনী" (बङ्गाली भाषा)। উইক্লি একতা। २० डिसेम्बर २०२०। 
  7. "বইমেলায় 'আমার পিঠে ৬৩টা দাগ রয়েছে'" (बङ्गाली भाषा)। বাংলা নিউজ টোয়েন্টিফোর ডটকম। १९ फेब्रुअरी २०१८। 
  8. "নেপাল নাগ। ভারতীয় উপমহাদেশের ব্রিটিশবিরোধী স্বাধীনতা আন্দোলনের একজন নেতা" (बङ्गाली भाषा)। দ ওর্ল্ড নিউজ। १० डिसेम्बर २०२०। 
  9. "স্বাধীনতা সংগ্রামী ও বীর বিপ্লবী নেপাল নাগ", এইবেলা, ১৯.০৯.১৬। 
  10. "বিপ্লবী কৃষক নেতা জীতেন ঘোষ ও নেপাল নাগ" (बङ्गाली भाषा)। উইক্লি একতা। २० डिसेम्बर २०२०। 
  11. সেলিনা হোসেন ও নুরুল ইসলাম সম্পাদিত; বাংলা একাডেমী চরিতাভিধান; ফেব্রুয়ারি, ১৯৯৭; পৃষ্ঠা- ২১৮-২১৯, आइएसबिएन ९८४-०७-४३५४-६
  12. "বাংলাদেশে মার্কসবাদ চর্চা" (बङ्गाली भाषा)। রোদ্দুরে। २ अगस्ट २०२०। 
  13. "বাংলাদেশে চীনপন্থি বামধারার রাজনীতি, মোঃ আব্দুল আলীম" (बङ्गाली भाषा)। 
  14. Meghna Guhathakurta; Willem van Schendel (३० अप्रिल २०१३), The Bangladesh Reader: History, Culture, Politics, Duke University Press, पृ: 170–172, आइएसबिएन 978-0-8223-5318-8 
  15. "স্বাধীন বাংলাদেশের অভ্যুদয়ের ইতিহাস – মুনতাসীর মামুন, মো. মাহবুবুর রহমান" (बङ्गाली भाषा)। সংগ্রামের নোটবুক। 
  16. "অধ্যাপক মোজাফফর আহমদের বর্ণাঢ্য কর্মময় জীবন" (बङ्गाली भाषा)। কুমিল্লার কাগজ। २४ अगस्ट २०१९। 
  17. Schendel, W. van (२०१४), From Dhaka with love: the Nepal Nag papers and the Sino-Soviet split, Amsterdam: Amsterdam University Press, पृ: 426–433, आइएसबिएन 9789089646880 
  18. "যদি কোনো মতবাদে বিশ্বাস থেকে থাকে মার্ক্সবাদের ওপর বিশ্বাস অবশ্যই আছে" (बङ्गाली भाषा)। প্রতিচিন্তা। २८ अप्रिल २०१८। 
  19. "কমরেড সাজ্জাদ জহীর স্মরণে" (बङ्गाली भाषा)। 
  20. "আজকের এই দিনে : ০৪ অক্টোবর ২০১৮" (बङ्गाली भाषा)। নিউজ টোয়ন্টিফোর। ४ अक्टोबर २०१८। 
  21. "ইতিহাসের এই দিন" (बङ्गाली भाषा)। সময় নিউজ। ४ अक्टोबर २०२०। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]