नेपाल भाषाका चार स्तम्भ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
निष्ठानन्द बज्राचार्य
सिद्धिदास महाजु
जगत सुन्दर मल्ल
योगवीरसिंह कंसाकार

नेपाल भाषाका चार स्तम्भ (नेपाल भाषा: नेपाल भाषाया प्यंगः थां) भन्नाले बीसौँ शताब्दीमा शिक्षा विरोधी राणा शासनको समयमा नेपाल भाषा साहित्यको पुनर्जागरणको अगुवाइ गर्ने चार लेखक भन्ने बुझिन्छ ।[१][२]

उनीहरूले आफ्नो स्वतन्त्रता दाउमा राखी आधुनिक नेपाल भाषाको जग निर्माण गरेका थिए । उनीहरूको कृतिबाट काठमाडौँको नेपाल भाषा आन्दोलनको सुरुवात भएको मानिन्छ जसको फलस्वरूप नेपाल भाषाको पुनर्जागरण र आधिकारिक मान्यतामा टेवा पुगेको छ ।

नेपाल भाषा पुनर्जागरणका चार स्तम्भका रूपमा लेखक निष्ठानन्द बज्राचार्य, कवि सिद्धिदास महाजु, शिक्षाविद जगत सुन्दर मल्ल र कवि योगवीरसिंह कंसाकारलाई सम्मानित गरिन्छ ।

निष्ठानन्द बज्राचार्य[सम्पादन गर्ने]

निष्ठानन्द बज्राचार्य (सन् १८५८ - सन् १९३५) शास्त्रीय शैलीको सट्टा बोलचालको भाषामा कविता लेख्ने पहिलो कवि हुन् । उनले सन् १९०९ मा हातेप्रेसको प्रयोग गरी प्रज्ञापारमिता नामक पुस्तक प्रकाशन गरेका थिए । सन् १९१४ मा प्रकाशित भएका बुद्धको जीवनीमा आधारित ललित विस्तारस्वयम्भू पुराण उनका दुई प्रसिद्ध कृति हुन् ।[३][४]

सिद्धिदास महाजु[सम्पादन गर्ने]

सिद्धिदास महाजु (सन् १८६७ - सन् १९२९) सिद्धिदास अमात्यका नामले पनि चिनिन्छन् । उनी नेपाल भाषा साहित्यको पुनर्जागरण गर्ने प्रयासमा सधैँ अग्रज हुन्थे । महाकविको उपाधिले सम्मानित महाजुले कविता, महाकाव्य, छोटा कथा र निबन्धका ४४ भन्दा बडी पुस्तक लेखेपनि उनको जीवनकालमा सज्जन हृदयाभरण मात्र प्रकाशित भयो । महाजुले सन् १९१३ मा रामायणलाई नेपाल भाषामा अनुवाद गरी सिद्धि रामायण लेखेका थिए ।[५][६]

जगत सुन्दर मल्ल[सम्पादन गर्ने]

जगत सुन्दर मल्ल (सन् १८८२ - सन् १९५२) एक नेपाली शिक्षाविद र लेखक थिए जसले साधारण जनतालाई शिक्षा दिनमा आफ्नो जीवन समर्पित गरे । आधुनिक शिक्षाको विरोधी राणा शासनको बेला उनले सरकारको विरुद्ध गई आफ्नै घरमा पाठशालाको स्थापना गरेका थिए । उनले अङ्ग्रेजी सिक्नुको महत्त्वमा जोड दिन्थे र बालबालिकाले मातृभाषामा छिटो सिक्छन् भन्ने विश्वास राखी अङ्ग्रेजी पुस्तकहरूलाई नेपालीनेपाल भाषामा अनुवाद गर्थे ।[७][८]

योगवीरसिंह कंसाकार[सम्पादन गर्ने]

योगवीरसिंह कंसाकार (सन् १८८५ - सन् १९४२) एक कवि र समाज सुधारक थिए जसले नेपाल भाषा साहित्यको विकास र बौद्धवादको प्रवर्धनका लागि काम गर्थे । सन् १९२९ मा कंसाकारले प्रधानमन्त्रीलाई पुस्तकालय बनाउने याचिका प्रस्तुत गरेका थिए जसका लागि उनलाई पक्राउ गरी जरिवाना तिर्न लगाइयो । उनका सुधार कार्यका लागि उनलाई सार्वनिक रूपमा कुटपिट गरिएको छ ।[९] सन् १९५१ मा नेपाल भाषा परिषदद्वारा कंसाकारका सङ्ग्रहित कवितालाई योगसुधा नाममा प्रकाशित गरिएको थियो ।[१०]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. लीनहार्ड, सिगफ्रीड (सन् १९९२), नेपालको सङ्गीत: नेवारी लोकगीतको सङ्ग्रह, नयाँ दिल्ली, मोतीलाल बनारसीदास, आइएसबिएन ८१-२०८-०९६३-७, पृ: १।
  2. श्रेष्ठ, दुर्गा लाल (सन् २०००), मोड: दुर्गा लाल श्रेष्ठको कविता सङ्ग्रह, काठमाडौँ: मण्डला पुस्तक भण्डार, पृ: ८। 
  3. लवीन, सारा र गेल्नर, डेभिड एन. (सन् २००५), बौद्धवादको पुनर्जागरण: नेपालमा थेरवादको आन्दोलन, हार्वर्ड विश्वविद्यालय छापाखाना, आइएसबिएन ९७८-०-६७४-०१९०८-९, पृ: २५८, अन्तिम पहुँच अक्टोबर ९, २०१२ मा।
  4. गेल्नर, डेभिड एन., "भाषा, जात, धर्म र क्षेत्र: प्राचीन र नवीन नेवार पहिचान", पृ: १२९, अन्तिम पहुँच अक्टोबर ९, २०१२ 
  5. "नेपाली अध्ययनमा योगदान, २२ औँ संस्करण", त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अध्ययन केन्द्र, सन् १९९५, पृ: ७४। 
  6. तुलाधर, प्रेम शान्ति (सन् २०००), नेपाल भाषा साहित्य इतिहास, काठमाडौँ: नेपाल भाषा एकेडमी, आइएसबिएन ९९९३३-५६-००-X, पृ: ८४।
  7. एडम्स, बर्बरा (सन् २००४), "मास्टर जगत सुन्दर मल्ल: आफ्नो समय अघिको भविष्यवक्ता", बर्बराको नेपाल, एड्रोइट पब। आइएसबिएन ८१८७३९२४४४
  8. होएक, बर्ट भान डेन; श्रेष्ठ, बाल गोपाल (जनवरी १९९५), "मातृभाषामा शिक्षा: नेपाल भाषा", सिएनएएस जर्नल, पृ: ७४। 
  9. स्थाविर, धर्मलोक (डिसेम्बर १, १९७७), "महान् चीनको यात्रा", रेग्मी अध्ययन शृङ्खला, रेग्मी अध्ययन, पृ: ३५-३६। 
  10. दली, इन्दिरा (सन् १९९१), "पुस्तकालय र सूचना केन्द्र", नेपालमा पुस्तकालय र सूचना केन्द्र, सिङ्गापुर: एसियाली जनसञ्चार अध्ययन र सूचना केन्द्र, पृ: १७।