नेरी थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेरी थापा
व्यक्तिगत जानकारी
नामनेरी थापा
जन्म (1992-06-03) ३ जुन १९९२ (उमेर ३१)
नेपाल
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते तीव्र माध्यम
भूमिकाबलर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टि२०आई पदार्पण (क्याप )जनवरी १२ सन् २०१९ v चिन
अन्तिम टि२०आईफेब्रुअरी २७ सन् २०१९ v कुवैत
स्रोत: क्रिकइन्फो, सन् २०१९ फेब्रुअरी २७

नेरी थापा (अङ्ग्रेजी: Nary Thapa) नेपाल राष्ट्रिय क्रिकेट टोलीकी महिला क्रिकेट खेलाडी हुन्।[१]

अन्तर्रष्ट्रिय करियर[सम्पादन गर्नुहोस्]

नेरी थापाले सन् २०१९ जनवरीमा थाइल्यान्ड महिला ट्वान्टी ट्वान्टी स्म्यास प्रतियोगतामा चिन महिला क्रिकेट टोली विरुद्धको खेलमा सहभागी भएर अन्तर्रष्ट्रिय करियरको सुरुवात गरेकी थिइन्।[२] उनले सन् २०१९ मा थाइल्यान्डको बैङ्ककमा भएको आइसिसी महिला छनौट एसिया प्रतियोगितामा समेत सहभागिता जनाएकी थिइन्।[३] यसै प्रतियोगितामा उनले एकै खेलमा पाँच विकेट लिएकी थिइन्।[४] उनी सो प्रतियोगितामा संयुक्त रूपमा सबैभन्दा बढी विकेट लिने खेलाडी मध्ये एक थिइन्, उनले जम्मा खेलेकी ६ खेलमा १३ विकेट लिन सफल भएकी थिइन्।[५]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Nary Thapa Nepal", espncricinfo.com, अन्तिम पहुँच १९ मार्च २०१७ 
  2. "China vs. Nepal", ESPN Cricinfo, अन्तिम पहुँच २४ फेब्रुअरी २०१९ 
  3. "ICC Women’s T20 World Cup Qualifier – Asia 2019 set to begin in Bangkok", International Cricket Council, अन्तिम पहुँच २४ फेब्रुअरी २०१९ 
  4. "UAE and Nepal keep pressure on hosts after Thailand beat Kuwait by nine wickets", International Cricket Council, अन्तिम पहुँच २४ फेब्रुअरी २०१९ 
  5. "2019 ICC Women's Qualifier Asia: Most wickets", ESPN Cricinfo, अन्तिम पहुँच २७ फेब्रुअरी २०१९