नेरी थापा
स्वरूप
| व्यक्तिगत जानकारी | |
|---|---|
| नाम | नेरी थापा |
| जन्म | ३ जुन १९९२ नेपाल |
| ब्याटिङ | दायाँ हाते |
| बलिङ | दायाँ हाते तीव्र माध्यम |
| भूमिका | बलर |
| अन्तर्राष्ट्रिय जानकारी | |
| राष्ट्रिय टोली | |
| टिट्वान्टी पहिलो खेल (क्याप ७) | जनवरी १२ सन् २०१९ v चिन |
| अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | फेब्रुअरी २७ सन् २०१९ v कुवैत |
स्रोत: क्रिकइन्फो, सन् २०१९ फेब्रुअरी २७ | |
नेरी थापा (अङ्ग्रेजी: Nary Thapa) नेपाल राष्ट्रिय क्रिकेट टोलीकी महिला क्रिकेट खेलाडी हुन्।[१]
अन्तर्रष्ट्रिय करियर
[सम्पादन गर्नुहोस्]नेरी थापाले सन् २०१९ जनवरीमा थाइल्यान्ड महिला ट्वान्टी ट्वान्टी स्म्यास प्रतियोगतामा चिन महिला क्रिकेट टोली विरुद्धको खेलमा सहभागी भएर अन्तर्रष्ट्रिय करियरको सुरुवात गरेकी थिइन्।[२] उनले सन् २०१९ मा थाइल्यान्डको बैङ्ककमा भएको आइसिसी महिला छनौट एसिया प्रतियोगितामा समेत सहभागिता जनाएकी थिइन्।[३] यसै प्रतियोगितामा उनले एकै खेलमा पाँच विकेट लिएकी थिइन्।[४] उनी सो प्रतियोगितामा संयुक्त रूपमा सबैभन्दा बढी विकेट लिने खेलाडी मध्ये एक थिइन्, उनले जम्मा खेलेकी ६ खेलमा १३ विकेट लिन सफल भएकी थिइन्।[५]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Nary Thapa Nepal", espncricinfo.com, अन्तिम पहुँच १९ मार्च २०१७।
- ↑ "China vs. Nepal", ESPN Cricinfo, अन्तिम पहुँच २४ फेब्रुअरी २०१९।
- ↑ "ICC Women’s T20 World Cup Qualifier – Asia 2019 set to begin in Bangkok", International Cricket Council, अन्तिम पहुँच २४ फेब्रुअरी २०१९।
- ↑ "UAE and Nepal keep pressure on hosts after Thailand beat Kuwait by nine wickets", International Cricket Council, अन्तिम पहुँच २४ फेब्रुअरी २०१९।
- ↑ "2019 ICC Women's Qualifier Asia: Most wickets", ESPN Cricinfo, अन्तिम पहुँच २७ फेब्रुअरी २०१९।