पाकटेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाकटेल
मौलिक नाम
(उर्दु: پاکٹل)
पूर्व प्रकार
दूरसञ्चार
उद्योगदूरसञ्चार
विधानियन्त्रित कम्पनी
भवितव्यताजोङ पाकिस्तान सँग समायोजित[१]
उत्तराधिकारीजोङ
स्थापित१९८९
बन्दमार्च ३१, २००८ (2008-03-31)
केन्द्रीय कार्यालय
उत्पादनहरूमोबाइल टेलिफोन
वेबसाइटwww.paktel.comहाल उपलब्ध छैन

पकटेल (उर्दु: پاکٹل) पाकिस्तानको अग्रगामी दूरसञ्चार कम्पनीहरू मध्ये एक थियो। केबल एण्ड वायरलेसद्वारा स्थापित, दूरसञ्चार सेवाहरू दिनको लागि इजाजतपत्र दिइएको यो पहिलो कम्पनी थियो। यसले कम्पनीमा २००४ सम्म एमपिएस सेवाहरू सञ्चालन गरेको थियो भने र यसले विश्वव्यापी मोबाइल सञ्चार प्रणाली प्रविधिको पनि सुरुवात गरेको थियो।

पकटेलले त्यसबेलाको मोबाइल टेलिफोन सेवा प्रदान गर्ने एकमात्र दूरसञ्चार कम्पनी थियो जसले २० लाख भन्दा बढि प्रयोगकर्ताहरूलाई आफ्नो सेवा दिएको थियो। सन् २००७ सम्म, बजार साझेदारीका हिसाबले पाकटेल पाकिस्तानमा पाँचौ सबैभन्दा ठूलो सेवा प्रदायक हो। चीन मोबाइलद्वारा यसको अधिग्रहण पूरा भएपछि, पाकटेल १ अप्रिल २००८ मा जोङ पाकिस्तानसँग मिलेको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

केबल एण्ड वायरलेसले सन् १९९० मा पाकटेलको अफ्नो व्यापारीक सेवा सुरू गरेको थियो। सन् १९९० को सुरुवातमा पाकिस्तानमा दूरसञ्चार सञ्जाल सञ्चालन गर्न यसलाई इजाजतपत्र दिइएको थियो।

यो पाकिस्तानमा दूरसञ्चार सेवाहरू दिन नि: शुल्क इजाजतपत्र पाउने पहिलो कम्पनी पनि थियो। यसले सन् २००४ सम्म एमपिएस सेवाहरू सञ्चालन गरेको थियो। मिलिकमको स्वामित्वमा रहेको इन्स्टाफोनलाई १९९० को दशकको अन्तमा कम्पनी प्रतियोगीको रूपमा समायोजन गरेपश्चात् यसले बजार साझेदारीमा ठूलो हलचल मच्चाएको थियो।

मोबिलिङ्कको सुरुवात पछि, १९९० मा यसको थोरै समयमा ठूलो सफलताको हासिल गरेको थियो। दुबै इन्स्टाफोन र पाकटेलले बजार साझेदारी मोबिलिङ्कका कारण न्यून हुन पुगेको थियो। केबल एण्ड वायरलेसको स्वामित्वमा रहेकोे पाकटेलको, मिलिकमले अधिग्रहण गरेको थियो जुन इन्स्टाफोनको मालिक पनि हो।

मिलिकमले, जोन टुमल्टी इन्स्टाफोनका पूर्व कार्यकारी अधिकृत र मुख्य वित्तीय अधिकारी डेविड अर्ल्डनको नेतृत्वमा एक नयाँ व्यवस्थापन टोली स्थापना गरेको थियो।

अप्रिल २००१ मा ट्याङो ब्रान्ड अन्तर्गत यसले प्रीपेड सेवा सञ्चालन गरेको थियो। यस ब्रान्डका प्रबन्धक आमेस अहमद थिए।

अक्टोबर २००२ मा पाकटेललाई यसको इजाजतपत्रको एक परिमार्जन दिइएको थियो, जसलाई यसलाई विश्वव्यापी मोबाइल सञ्चार प्रणालीमा आधारित सञ्जाल र पाकिस्तानको आवृत्ति बोर्डद्वरा सेवा सञ्चालन गर्नको लागि अनुमति दिइएको थियो। पाकटेललाई अतिरिक्त १८९० मेगाहर्ज स्पेक्ट्रम प्रदान गरिएको थियो, यसले आफ्नो विश्वव्यापी मोबाइल सञ्चार प्रणालीको कुल स्पेक्ट्रम १० मेगाहर्ज देखि १३.६ मेगाहर्ट्ज सम्म बढाएको थियो। आवश्यक आवृत्तिहरू प्राप्त गरेपछि पाकटेलले विमोसप्र सञ्जाललाई अक्टोबर २००४ देखि सुरू गरेको थियो।

२३ अक्टोबर, २००४ मा, पाकिस्तान दूरसञ्चार प्राधिकरणले तत्काल प्रभावको साथ पाकटेलको जीएसएम सञ्जाललाई सुरूवात गर्न २९,१०,००,००० अमेरिकी डलरमा अक्टोबर २३ २००४ देखि १५ वर्षसम्म इजाजत पत्र नवीकरण गर्नका लागि सहमत भएको थियो।

यो सम्झौता २५ अक्टोबर २००४ मा दुई टोली बिच हस्ताक्षर गरिएको थियो। पक्कटेल र पाकिस्तान दूरसञ्चार प्राधिकरण, ५०% भुक्तानी सेवा सुरू भएको ३ वर्षमा र बाँकी ५०% २००८ देखि २०१७ वा १० वर्षको अन्तरालमा भुक्तानी हुने कुरामा सहमत भएका थिए।

३१ मार्च २००५ मा, पाकटेलमा लगभग ३४०,००० विमोसप्र ग्राहकहरू रहेका थिए र यसको सञ्जालले ३०० सेल साइटहरू समावेश गर्दछ, जसको लगभग ४५% जनसङ्ख्यामा सेवा पुर्‍याएको थियो। नोभेम्बर २००५ सम्म, पाकटेलको १० लाख प्रयोगकर्ता र बजार साझेदारीमा ९% भाग ओगटेको छ, यसको प्रयोगकर्ता सदस्यहरु प्रति महिना १००,००० को दरले बढेका थिए ।[२]

नोभेम्बर २००६ मा, मिलिकमले पाकिस्तानी बजारबाट बाहिर निस्कने घोषणा गरेको थियो।

प्रारम्भिक रूपमा कुवेत आधारित एमटीसी ले खरीद गर्न[३][४] लागि रुचि देखाएपनी चीन मोबाइलले एमटिसीलाई पछि पार्दै आफू पाकटेलको मालिक बनेको थियो।

जोङको लोगो

४ मे २००७ मा, पाकटेल लिमिटेडलाई चीन मोबाइल पाकिस्तानमा नाम बदलेको थियो। १६ मे २००७ मा, चीन मोबाइल पाकिस्तानको आफ्नो भाग १००% सम्म बढाएको थियो।

१ अप्रिल, २००८ मा पाकटेल जोङसँग मिलेको थियो। चीन मोबाइल पाकिस्तानले ५ अप्रिलमा एक सुरुवात कार्यक्रम पनि सञ्चालन गरेको थियो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]