पुष्कर शाह (विश्व साइकल यात्री)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुष्कर शाह
जन्मदोलखा, नेपाल
राष्ट्रियतानेपाली
पेशासाइकल यात्री
चिनारीको कारण``विश्व साइकल यात्री´´

पुष्कर शाह (अङ्ग्रेजीमा Pushkar Shah) एक विश्व साइकल यात्री हुन्। राजधानी काठमाडौँ देखि झण्डै १४० किलोमिटर पूर्व दोलखाको एउटा सामान्य किसान परिवारमा जन्मिएर हुर्किएका पुष्कर शाहलाई आज सबैले विश्व साइकल यात्रीका रूपमा चिन्छन् । शान्ति तथा सहअस्तित्वको सन्देश लिएर उनले विश्वका १५० मुलुकको यात्रा गरे । केही गरेर देखाउने उदेश्य राख्नेहरूका लागि पुष्कर शाह प्रेरणाका स्रोत मात्र होइनन्, एउटा विम्ब पनि हुन्।

उनले १ अगस्त १९९८ मा यात्रा आरम्भ गरेको थिए भने १७ मे २०१० मा सगरमाथा चढेर आफ्नो विश्व साइकल यात्रालाई बिट मारेका थिए। यसक्रममा उनले २ लाख २१ हजार किमी दुरी पार गरे। यस्तै उनले यात्राका क्रममा सधैँजसो डायरी लेखे, टिपोट गरे, त्यसैमा आधारित भएर पछि किताब पनि समेत निकाले।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

शिक्षा[सम्पादन गर्नुहोस्]

विश्व यात्रा[सम्पादन गर्नुहोस्]

उनले जम्मा ११ वर्ष अर्थात ४ हजार १५ दिन लगाएर उनले संसारको १५० देशहरूका विभिन्न भूभाग, समाज, संस्कारलाई आफ्नै आँखाले नियाले, बुझे र वर्तमान समाजलाई र भावि पिढीलाई शान्ति तथा सहअस्तित्वको सन्देश प्रवाहित गरे । यस क्रममा उनले ३ साइकल, २७० टायर, १९५ ट्युब, १४० साइकल चेन, २६ जोडी पेडल, १४ हेलमेट, ५३ जोडी पञ्जा, ८१ चस्मा र ११४ जोडी साइक्लिङ कस्ट्युमको प्रयोग गरेका थिए।

सुरूवाट[सम्पादन गर्नुहोस्]

विश्व साइकल यात्रामा निस्किने बेलामा उनको खल्तीमा जम्मा सय रूपियाँ थियो, त्यो पनि उनकी आमाले दिएको । तर आमाले दिएको त्यो नोट उनले कहिल्यै खर्च गरेनन्, किनभने त्यो उनका लागि प्रेरणाको स्रोत र आशीर्वादको थियो ।

यात्रा[सम्पादन गर्नुहोस्]

यात्राका समय उनी कहिल्यै चीनको सडकमा फालिएको सुन्तलाको बोक्रा खाएर सडकपेटीमा सुत्थे भने कहिले जापानको फाइब स्टार होटलको विस्तरामा निन्द्रा नलागेर भुइँमा तन्ना ओछ्याएर निदाउँथे।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]