पूर्ण नेपाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्ण नेपाली
व्यक्तिगत विवरण
जन्म(१९५४-१२-३१)डिसेम्बर ३१, १९५४
बतुलेटर, पोखरा, कास्की जिल्ला
विधालोक संगीत
पेशासंगीतकार, नृत्य प्रशिक्षक, गायक
वाद्ययन्त्रमादल, स्वर
सक्रिय वर्ष१९६२–हाल
सहयोगीगोपाल योञ्जन

पूर्ण नेपाली नेपालका एक बहुचर्चित कलाकार हुन् | पेसागत रूपमा संगीतकार तथा नृत्य प्रशिक्षकको उपनामले सर्जित उनी गायन कलामा पनि उतिकै अब्बल छन् | "आहा कलिलो तामालाई", "सोह्र बर्से उमेरैमा", "कास्की छोरि हौ" जस्ता बहुचर्चित लोकभाकामा स्वर तथा संगीत दिएका उनले देस तथा बिदेश गरी करिब ५०० भन्दा बडी ठाउमा आफ्नो प्रस्तुति प्रस्तुत गरिसकेका छन् | बि.स. २०११ साल पौष १६ गते कास्की जिल्लाको पोखरा स्थित बाटुलेटारमा उनको जन्म भएको थियो | १५ वर्षकै कालिको उमेरमा आफ्नो कलाले कास्कीको स्थानीय बजार ओगट्न सफल उनी वि. स. २०२६ सालमा काठमाण्डौ प्रबेस गरेका थिए |

शिक्षा[सम्पादन गर्नुहोस्]

आफ्नो जन्मस्थान कास्की जिल्लामा नै प्राथमिक शिक्षा हासिल गरेका उनले भारतको मध्येप्रदेश स्थित संगीत बिश्वबिद्यालयबाट स्नातक शिक्षा हासिल गरेका हुन् | यसका साथै उनले भारतमै कथक नृत्यमा डिप्लोमा हासिल गरेका थिए |

पेसागत जीवन[सम्पादन गर्नुहोस्]

पूर्ण नेपाली तत्कालिन युवराज दिपेन्द्र बिर बिक्रम शाह संग

एक सांगेतिक कार्यक्रममा सहभागी हुन काठमाडौँ प्रवेस गरेका उनले काठमाण्डौलाई नै आफ्नो कर्मस्थल बनाए| बहुचर्चित गायक तथा संगीतकार स्व. गोपाल योञ्जन समिपमा आफ्नो कला प्रस्तुत गर्ने मौका पाएका उनले बिस्तारै उनीसंगै आफ्ना सांगेतिक यात्रा सुरु गर्ने सुनौलो अवसर पनि पाए | संगीतकार तथा नृत्य प्रशिक्षकको रूपमा कार्य गर्ने क्रममै उनले पूर्व राज परिवारका सदस्यहरूलाई समेत अद्यापन गराएका थिए | यसक्रममा उनले पूर्व युवराज पारस बिर बिक्रम शाह, स्व. युवराज दिपेन्द्र बिर बिक्रम शाह, स्व.अधिराजकुमार निरञ्जन बिर बिक्रम शाह, स्व.अधिराजकुमारी स्व्रुती राज्य लक्ष्मी देवी शाह आदि लगायत अन्य राज परिवार सदस्यहरूलाई संगीत अद्यापन गराएका थिए |

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

गोपाल योञ्जन संगको सहकार्यमा उनले नेपाली चलचित्र छेत्रको विभिन्न चलचित्रमा काम गरेका थिए ।

  • बदलिदो आकाश (१९८३)
  • अर्को जन्म
  • कान्छी (१९९१)
  • माया प्रिती (१९९१)

पदक तथा प्रमाण पत्रहरु[सम्पादन गर्नुहोस्]

  • शुभ राज्यभिसेक (तक्मा) - २०३१
  • गद्दी आरोहण पदक - २०२८ - २०५३
  • दुर्गम सेवा पदक - २०२०
  • श्री ५ वीरेन्द्र ऐश्वर्या पदक - २०५८