नेपाली विकिपीडियामा विगत ३ महिना देखी निरन्तर योगदान दिएर आजको मितिमा लेखहरूको संख्या पाँचहजार बनाउन मदत गर्नु भएको र यसको गुणवत्तालाई बनाइ राख्नाको लागी तथा एक राम्रो प्रबंधकको समस्त दायित्व निभाउनु भएको उपलक्षमा म तपाइलाई म र म जस्तै अन्य नयाँ प्रयोग कर्ताहरूको तर्फबाट Mr. wikipedian बार्न स्टार सप्रेम भेट चढाउँदै छु।
मैल यो तपाईलाई बार्न स्टार दिएँ किनकी विकिको नियम अनुसार कुनै पनि प्रयोगकर्ताले कुनै पनि अन्य प्रयोगकर्तालाई यो पदक उसको कुनै विशेष कामको लागी प्रदान गर्न सक्छ, आशा छ तपाईँ नेपाली विकिपिडियाको गुणवत्ता एवं प्रतिष्ठालाई बनाइ राख्नु हुनेछ साथै मेरो यो पदक पनि स्विकार गर्नु हुने छ। धन्यावाद!
तपाईको नयाँ वार्ता पृष्ठमा तपाईलाई स्वागत छ। तपाईलाई यहाँ घुमाउरो प्रश्न सोधिदै छ। यसको उत्तर पनि घुमाउरो नै हुनु पर्ने छ। यदी प्रश्न बुझ्न सक्नु भएन भने अलिकती दिमागी मिहनत पनि गर्नुहोला। प्रश्न यस प्रकार रहेको रहेको छ- " कुनै एक पवित्र मन्दिरमा तिनवटा हिन्दू देवताका मुर्ति राखिएका छन्। जसमा दुइटा मुर्ती भगवान गणेशका छन् एक भगवान श्रीरामको छ। भगवान गणेशका मुर्तीहरूमा पूर्ण दैविक शक्ती छ। तर श्रीरामको मुर्तीमा त्यति शक्ती छैन। प्राय जसो मन्दीरमा नास्तीक तथा दानविय आक्रमण भै रहन्छ। त्यो आक्रमण रामले देख्छन् उनले आफ्ना मित्र देवता गणेशका मुर्ती तिर हेर्दा गणेशका मुर्तिहरू आफ्नो योग निन्द्रमा मस्त रहेको पाएर आफैमा दु:खीत भएर चुप्प लागेर दैत्यहरूको त्यो आक्रमण हेरि रहन्छन्। मन्दिरमा भइ रहने यो आक्रमणलाई रोक्नको लागी के गर्नु पर्ला?" प्रश्नको सहि उत्तर दिएर कृपया धन्यवादको पात्र बन्नु होला।
नमस्कार पौडेल ज्यू तपाइलाई एक घुमाउरो प्रश्न सोधिएको थियो त्यसको उत्तर न आएकाले म तपाईको ध्यान आकर्षण गराउदै छु।
--आर॰पी॰जोशीकुरा गर्नुहोस् ०५:३८, २३ जुन २०१० (UTC)
जवाफ
कुनै मुर्तिले क्यै गरेको देख्नुभएको छ? अहँ मलाई त अहिलेसम्म मुर्तिले केही गरेको छैन यद्यपि हामी भगवान प्रति अगाध आस्था राख्छौं र मूर्ति पूजा गरिरहन्छौं। विचरा श्रीरामको मूर्ति सिमेन्टको होला त्यसले धनुकाँड कसरी चलाओस् त। यस्तो आक्रमण रोक्न बलिया बाङ्गा बडिबिल्डर हरूलाई भगवान झैं सिँगारेर मन्दिरमा राख्नुपर्छ अनि चाख्छन् आक्रमणकारीहरूले कि कसो? - गणेश पौडेल ०८:५३, २३ जुन २०१० (UTC)
ठिक उत्तरको लागी धन्यवाद तर गणेशको मुर्तिहरूमा पुर्ण दैविक शक्ति प्राप्त छ मन्दिरमा बाहिरिय र दानविय आक्रमणकारीहरूलाई रोक्नको लागी गणेश मुर्तीहरूले पूर्ण कदम चाल्नु पर्ने हुन्छ। तपाईँले ठिक अन्दाज लगाउनु भयो रामको मुर्ती सिमेन्टकै हो। तर गणेश मुर्तिहरूले योग निन्द्राबाट जागेर मन्दिर रक्षाको लागी पूर्णतया कोशिस चाल्नु पर्ने हुन्छ। नत्र यी दानविय आक्रमणबाट मन्दिर ध्वस्त हुन बेर छैन। मन्दिरमा भएका सामाग्रीहरूलाई दानवहरूले छुन न सक्ने गरि बचाउनका साथै दानवहरूलाई जति सक्दो चाँडो रोक्नु पर्ने गणेशका मुर्तिको काम हो रामको सिमेंटको मुर्ती त आक्रमणकारीहरूले भत्काएको जग्गामा ठिक गर्न सक्छ त्यो पनि उसको धनुषले साथ दिएमा मात्र।
पौडेल ज्यृ नमस्कार तपाईले लेखेको कुचोको श्रेणिकरण गजब गर्नु भयो अम्लिसोको कुचो बन्छ त्यसैले अम्लिसोलाई त category:बाली अथवा category:नगदे बालीमा राख्न सकिन्छ तर कुचो त एक बढार्नमा प्रयोग हुने घरेलु औजार हुनु पर्छ। यसैले यसको श्रेणीकरण अलि मेल नखाने जस्तो मानेर मैले परिवर्तन गर्न खोजेको थिएँ भकुण्डोलाई उल्टाएकोले चिसिएको मन तातिन नपाउदै अर्को लेख उल्टाएमा झनै रिसाउनु होला भन्ने डरले केही गरेँन। मैले यो हजुरलाई जानकारी दिएको हो यसलाई अन्यथा लिएर दु:ख नमानी बक्सेला। जदौ!
पौडेल ज्यू मैले तपाईलाई संदेस लेख्न लाग्दा हतारमा केही गल्ती भएकाले केही छिनको लागी तपाईँ नगदे बाली श्रेणीमा पर्नु भएछ तर मैले ध्यान दिएको थिएँन तपाईले मेरो वार्तालाव पृष्ठमा दिएको संदेस देखेर मैले ठिक गरि दिएँ अब देख्नु नै भयो होला। तर मलाई तपाईको "<तपाईले मलाई नगदेबाली श्रेणीमा राखिदिनु भयो किन होला? मलाई म आफु नगदे बाली भए जस्तो लाग्दैन।>" भन्ने वाक्यले साह्रै हँसायो। म एक्लै यो वाक्यलाई सम्झी सम्झि हाँसी रहेको छु। यस्तै हाँसो मलाई एउटा नयाँ लेख च्याम्पटीले हँसायो। लेख राम्रो छ पढेर तपाईँ पनि मनोरंजन लिनु होला। नमस्कार!
प्रविन जीले च्याम्पटी जस्तै अरूपनि धेरै राम्रा लेखहरू लेख्नु भएको छ। वहाँले लेखेको लेखहरूमा नयाँ प्रयोगकर्ता भएकाले अलिकति विकिकरण गर्न आवश्यका छ सबै लेखहरू रोचक र ज्ञान वर्धक छन्। कति पय त मैले सुधार्दै छु मोबाइलमा न अटेका पृष्ठ बाहेक मोबाइलमा अटेका लेखहरू मैले सुधार गरेको छु। मैले वहाँलाई प्रयोगकर्ता पृष्ठ बनाउन धेरै सम्झाएँ तर वहाँ मान्नु हुन्न। पछिल्ला दिनहरूमा प्रविन जीको योगदान निकै देखिएको छ। एक चोटी तपाईँ पनि वहाँलाई प्रयोगकर्ता पृष्ठ बनाउने बारे सम्झाउनु होला।
मैले यो परियोजना पृष्ठको थालनी गरेको छु त्यसमा आफुले जानेका केही कुराहरू लेखेँ पनि तपाईले पनि आफ्नो अनुभवले भ्याए सम्म यो परियोजना पृष्ठमा योगदान दिनु पर्छ होला साथै तपाईले देख्नु भो होला तपाईको पृष्ठमा नयाँ टेम्प्लेट लगाइएको छ। यो टेम्प्लेट सबै जना प्रबंधकहरूले आफ्नो प्रयोगकर्ता पृष्ठमा लगाउन् भन्ने मेरो अनुरोध छ। नमस्कार!
Hi. गणेश जी.
म नेपाली विकिपीडियामा धेरै समयदेखि योगदान गर्दै आएको छु र निरन्तर योगदान गरी रहने छु। विकिपीडियामा मेरो Edit संख्या अरु प्रयोगकर्ताहरू भन्दा धेरै छ। मेरो Edit संख्या 2,350 भन्दा बढिनै छ। कृपया मलाइ Vote दिएर Admin बन्न मद्दत गर्नुहोस। Vote दिन कृपया यहाँ थिच्नुहोस।
धन्यवाद -- Nepaboytalk १७:१०, २४ जुन २०१० (UTC)
पौडेल ज्यृ नमस्कार! आफुले शृजना गरेको यो पृष्ठ सान्दर्भिक बनाउने आग्रह गर्दै छु।--आर॰पी॰जोशीकुरा गर्नुहोस् ०९:११, २७ जुन २०१० (UTC)
सम्झाउनुभएकोमा धन्यवाद रमेशजी--गणेश पौडेल ०५:४१, २८ जुन २०१० (UTC)
पौडेल ज्यू नमस्कार! मैले सुघा बनाएको थिएँ तपाईले सुगा बनाउनु भो। दुवै लेखलाई एकै सहि हिज्जे के हुन्छ त्यो विचार गरेर दुवैलाई रिडाईरेक्ट गरिहाल्नुहोस् अर्को कुरा अछाम जिल्लामा गा.वि.स.का नामहरू लेख्दै थिएँ तपाईले के परिवर्तन गरिदिनु भयो सेव गरेर हेर्दा त पृष्ठ बिग्रियो मेरो मोबाइलमा पुरा पेज आउदैन त्यो भएकाले लेखमा सुधार गर्नुहोला लेखको सुरुमा नै {{stub}} छ त्यसलाई हटाएर तल राख्नु होला साथै लेखमा खण्डहरू फरक गरेर छुट्टाइ दिनुहोस्।
Thank you so much that you visited on my talk page. पौडेल जी तपाँईको कुरा एकदम सत्य छ कि नेपाली भाषा समुद्ध भयेर पनि नेपाली विकिपीडियामा लेखहरूको संख्या एकदमै कम छ किनकी यो विकिमा Regular प्रयोगकर्ताहरू छैनन र प्रयोगकर्ताहरूको सख्या पनि धेरै कम छ। राम प्रसाद जोशी अनि तपाँईको सहयोगले हाम्रो विकिले पनि द्रुत गतिमा विकास गर्न शुरु गरेको छ। खैर म तपाँईहरू जति सहयोग गर्न सकेको छैन किनकी म नेपाली राम्ररी जान्दिन र नेपाली ब्याकरण न पढेको हुनाले मेरो नेपाली लेखाई पनि अशुद्ध छ। यो विकिमा हामीले मिलेर काम गर्यो भने राम्रो हुने छ। I hope कि मेरो कुनै लेखमा अशुद्धि भेट्टाउनु भयो भने त्यसलाई शुद्ध गर्न मेरो विनती।
Thank you once again.
Nepaboytalk ०९:४८, २८ जुन २०१० (UTC)
आज मैंले विकीपिडियामा सबैभन्दा बढी नयाँ लेख (मोटामोटी १०२ वटा नयाँ लेख) सुरू गरेको दिन हो। यी लेखहरू धेरै छोटा र नाम मात्रका छन्। यिनलाई पूर्ण लेख बनाउन सके यसको अर्थ हुने थियो। सबै साथीहरूलाई पनि गुणस्तरीय नयाँ लेख थपेर लेख संख्या बढाउन आग्रह गर्दछु।-गणेश पौडेल ११:२९, २८ जुन २०१० (UTC)
पौडेल ज्यू धेरै ठुटा लेखहरू रचना गर्नु भएकोमा धन्यवाद! त्यसमा कतिपय लिँकहरू छोडिने काम मबाट भएको थियो। तपाईँ यो लेखमा भएका लिँकहरूमा पनि ठुटा तयार गर्नुहोला मेरो आजभोली नेटवर्क समस्याका साथै व्यवहारीक समस्या पनि छ। तै पनि समय निकालेर विकिपीडियामा हाजिर लगाउने काम निरन्तरता रहोस् यी लेखहरूलाई पनि हेर्नुहोस्।
राम प्रसाद जोशी ज्यूले तपाँईलाई सन्दर्भित गर्दै मेरो वार्ता पृष्ठमा एक सन्देश छोडनु भएको छ।
Nepaboytalk ०४:०९, ३० जुन २०१० (UTC)
रामप्रसादजीको चिन्ता
गणेशजी रामप्रसादजीको सन्देश मैंले पनि पढें। वहाँ नेपाली विकीपिडियालाई आफ्नो सन्तान भन्दा पनि बढी माया गर्नुहुन्छ। त्यसैले उहाँलाई विकीपिडियाको असाध्यै चिन्ता लाग्छ। तर विकीमा अर्काले लेखेका लेखहरू सम्पादन गर्ने, थप्ने, घटाउने, सार्ने र मेट्ने सम्मका कामहरू निरन्तर भैरहेका हुन्छन्। आफ्नो लेख अरू कसैले सम्पादन गर्यो भन्दैमा रिसाउनु उहाँको गल्ती हो जस्तो मलाइ लाग्छ। यद्यपि वहाँको चिन्ताको हामी सबैले कदर गर्नुपर्छ। उहाँजस्तो योगदानी मानिस हाम्रालागि सधैंभरी चाहिन्छ र धेरैजना चाहिन्छ। -गणेश पौडेल ११:३७, ३० जुन २०१० (UTC)
विकिपीडिया एक सार्वजनिक सम्पति हो र यस सम्पतिलाई हरेक ब्यक्ति जो यसको भाषा बुझ्दछले यसमा फेर बदल गर्ने अधिकार राख्दछ, त्यो अधिकार तब अमान्य हुने छ जब कसैले यस सम्पतिलाई नष्ट गर्न खोज्दछ अथवा राम्रा लेखहरू मेटाएर गलत लेख राख्न खोज्दछ। यदि तपाँईले लेख्नु भयेको लेखमा कसै अरुले सम्पादन गर्न खोज्दैछ भने अमान्य हुने छैन। अमान्य तब हुने छ जब त्यो लेखमा केही गलत सन्देशहरू देखिन्छ। यदि तपाँईलाई केही अमान्य लाग्दछ भने तपाँई त्यो लेखको वार्तालाप पृष्ठमा टिप्पणी गर्न सक्नुहुनेछ र बहुमतलाई त्यो लेख अमान्य लाग्यो भने त्यसमा फेर बदल गर्न सकिने छ अथवा मेटाइने छ। राम ज्युले यो कुरो बुझ्नु पर्छ।
Nepaboytalk १२:०६, ३० जुन २०१० (UTC)
हुनत मैले तपाईको लेखको खोइरो गरेको छैन तै पनि तपाईलाई त्यस्तो लाग्छ भने म माफी माग्दै छु। मैने तपाईले बनाएको लेख प्रेमेजङ्को सहराना गरेर यो लेखलाई राम्रो लेखमा छनौट गर्ने सल्लाह दिएको यो लेख भन्दा पनि इलाम जिल्लालाई सम्म पनि विकिपीडिया मुख्य पृष्ठमा राख्ने कुरा मैले पहिले देखि नै चलाएको हो। बरु तपाईले नै हिन्दू धर्म नामको लेखको खोइरो गरे जस्तो मैले माने किनकी त्यसको वार्ता पृष्ठ र छनौट रायमा तपाईले राय नै सिधा बिरोधात्मक नभए पनि बिरोध गर्नु भयो यो लेख मेरो आफ्नो कपिराईट हैन न मैले यसो भन्न खोजेँ यो लेख ज्ञान वर्धक र पपुलर लेख हो तपाईले यसको अलिकती पनि सपोट दिनु भएन यो लेख एक महिना पहिले नै मुख्य पृष्ठमा राख्न चैन गरिएको थियो मेरो प्रस्तावमा गणेश जीले समर्थन दिनु भएको थियो तै पनि मैले यो लेखलाई निर्वाचित लेख उम्मेदवारमा राखेन आज पनि पहिले प्रेमेजुङ्लाई राखेर पछी हिन्दृ धर्मलाई राखेँ। यसबाट पहिले पालो प्रेमेजुङ्कै छ। अर्को कुरा अहिले हिन्दू धर्म लेख पुरै तयार छैन अधुरो छ। यसैले यो लेखलाई समय लाग्ने छ। तर तपाईले त्यसको सपोट न दिएकाले मैले केही गलत लेखेको भए मलाई माफ गर्दिनु भन्ने विनम्र अनुरोधका साथ
धन्यवाद रामप्रसादजी। अब हामी यी लेखहरूलाई स्तरीय बनाएर चाँडै नै निर्वाचित गर्न तर्फ लागौं। त्यसका लागि लिङ्कमा भएका शीर्षकहरूमा ठुटो लेख तयार गर्न सकेसम्म म पनि लागिपर्नेछु।--गणेश पौडेल ००:४५, ३ जुलाई २०१० (UTC)
पौडेल ज्यू नमस्ते।
म एक समस्यामा फँसेको छु कृपया समाधान गर्न तरिका बताउनुहोस अथवा तपाँईको विचार ब्यक्त गर्नुहोस। केही दिन यता देखि एउटा Unique problemमा म फँसेको छुँ। यदि म कुनै नयाँ लेख लेख्दैछु भने त्यो Save भई हाल्छ यो विकिपीडियामा तर आफुले लेखेको कुनै पुरानो लेखमा सम्पादन गर्न खोज्दा, हुँदै हँदैन Message दिन्छ- OOPS! . के म माथि कसैले Ban लगाको हो?
पौडेल ज्यू नमस्कार! भगवान जानुन् माथिको समस्या के हो?, कस्तो हो? तर गणेश जीले यसको आरोप मलाई लगाउनु भो वहाँले आफ्नो वार्ता पूष्ठ लॉक गर्नु भएकोले मैले वहाँलाई यसो गर्न हुदैन बरु प्रयोगकर्ता पृष्ठ लॉक गर्नुहोस् वार्ता पृष्ठ लॉक गर्दा त तपाईले प्रबंधक अधिकारको दुरूपयोग गरेको मानिन्छ भन्ने कुरा सम्झाउदै मेल गरेको थिएँ यसैमा वहाँले मेरो यहाँ निकै बिजेती गर्नु भो। मेरो पुरानो खातामा अवरोध लगाउने पनि गणेश जी नै हुनु हुँदो रहेछ। मलाई त थाह छैन प्रयोगकर्तालाई रोक्ने काम प्रबंधकले मात्र गर्छन् होला गणेश जी आफै प्रबंधक भएर पनि यति कुरा न थाह पाएर उल्टो मलाई आरोप लगाउनको साथै मेरो ठुलो बिजेती सम्म गर्नु भएको छ। हेर्नुहोला मैले तपाईहरूलाई आत्मिय मित्र मानेर तपाईहरूको सहयोग गर्दै आएको साथै हौशला बढाउन अलङ्कार दिएको कुरा सहित वहाँलाई न राम्रो लाग्यो। यसको निर्णय अब तपाई नै गर्नुहोला। किन भने तपाई यो विकिपीडियाको आजको सन्दर्भमा सबै भन्दा पुरानो र अनुभवी प्रयोगकर्ता हुनुहुन्छ। नमस्कार! हजुरले यो संदेस पढेर पनि कुनै उत्तर दिनु भएन मैले सहि गर्न विर्से छु। हुनत तपाई पनि सायद मबाट दु:खी हुनु हुन्छ तर मैले माफी मागी सकेको थिएँ।--आर॰पी॰जोशीकुरा गर्नुहोस् १९:१४, ५ जुलाई २०१० (UTC)
पौडेल ज्यू जो विकिपीडिया सम्बन्धिका समाचारहरू छन् तिनलाई मुख्य पृष्ठमा भएको "हाम्रा समाचारहरू" भन्ने लिँकलाई क्लिक गरेर त्यहाँ लेख्दा कस्तो होला? "हालैका घटनाहरू" भन्ने पृष्ठमा त बाहिरिए समाचारहरू लेख्दा राम्रो होला कि? कृपया आफ्नो प्रतिक्रिया दिनुहोला। नमस्कार!--आर॰पी॰जोशीकुरा गर्नुहोस् ०७:४५, ६ जुलाई २०१० (UTC)
धन्यवाद रामजी। मैंले त्यस पृष्ठमा पनि राखिदिएको छु।-गणेश पौडेल ०७:५५, ६ जुलाई २०१० (UTC)
धन्यवाद! पौडेल ज्यू एक काम गर्नुहोस् हालैका घटनाहरू पृष्ठ त एक आयोजना पृष्ठ हो। तर यो एक लेख पृष्ठमा देखिन्छ। यसलाई आयोजना पृष्ठमा देखाउन के गर्नु पर्ला? त्यस्तै चौतारी पृष्ठ पनी आयोजना पृष्ठ नै हो त्यो पनि लेख पृष्ठको रूपमा देखिन्छ। मैले भरखरै बनाएको विकिपीडिया:प्रबन्धकहरू भन्ने पृष्ठ पनि आयोजना पृष्ठ नै हो यो पनि लेख पृष्ठमा देखिदै छ। यस्तै अरूपनि धेरै पृष्ठहरू छन् जो आयोजना पृष्ठ हुन् तर लेख पृष्ठको रूपमा देखिदैछन्। यिनलाई कुन तरिकाले आयोजना पृष्ठमा राख्न सकियला? त्यसको टुङ्गो लगाउनुहोस् साथै केही लामा लेखहरूलाई अर्ध सुरक्षित गर्नुहोस् ताकी कुनै अनामक आइ पीले खराब गर्न नपावस्।--आर॰पी॰जोशीकुरा गर्नुहोस् ०८:२२, ६ जुलाई २०१० (UTC)
पौडेल ज्यू नमस्कार यो पूस्तकको लागी सल्लाह दिनु भएकोमा धन्यवाद मैले उत्तम प्रसाद जीले आफ्नो प्रयोगकर्ता पृष्ठमा दुर्गा कवच लेखीरहेको देखेर वहाँलाई यो पाठ विकि पूस्तकमा लेख्ने अनुरोध गर्दै यो पूस्तकको थालनी पनि गरि दिएको थिएँ। वहाँले पनि मैले भने जस्तै गर्नु भयो अनि मैले विकि पूस्तकका प्रबंधक ढकाल ज्यूलाई यसको सुधार गर्न भनेकाले सुधार गरेर मलाई खबर गर्नु भएछ मलाई साह्रै खुसी लाग्यो कि मैले आरम्भ गरेको पूस्तक मुख्य पृष्ठमा राखियो। मेरो विचारमा हामीहरूले नेपाली विकिपीडियाको साथै विकि पूस्तकमा पनि योगदान दिदै जानु पर्छ। खास गरेर विकि पूस्तकको बारेमा मलाई पनि त्यति थाह छैन तै पनि यो पूस्तकहरूको तल नेपालीमा अर्थ लेख्दा राम्रो होला जस्तो छ। कृपया आफ्नो प्रतिक्रिया सहित नेपालीमा अर्थ लेख्नको लागी तपाईको पनि आमन्त्रण गरिएको छ।
नेपाली विकिपीडियाको बारेमा छलफल गोष्टी गरेकोमा मेरो तर्फबाट काठमांडौमा भएका सबै विकि पिडियन मित्रहरूलाई बधाई छ। साथै युकेश जी र शंकर जी लाई विकिपीडियामा योगदानको आमन्तरणको संदेस पठाउन म तपाईलाई बिनम्र अनुरोध गर्दछु। धन्यवाद!
पौडेल ज्यू विकिपीडियामा वार्ता पृष्ठ र चौतारी आदी छलफल गर्ने पृष्ठहरू लामो हुदै जान्छन् जसले गर्दा पेज लोड हुनमा धेरै समय लाग्छ। यसलाई सजिलो बनाउनको लागी {{पुरालेख}} बनाएर पेजमा राखिएको छ। जसमा पहिले देखीका पुरा लेखहरूको छन्। पुरालेखको नेपाली अर्थ पूर्ण सूची पनि भन्न सकिन्छ। तर टैम्प्लेट बनाउन सजिलोको लागी र टेम्प्लेट प्रयोग गर्न सजीलोको लागी पुरालेखको नाम राखेको हो। पृष्ठमा पुरालेख टेम्प्लेट प्रयोग गरेर राखेर भएका लेखहरू पुरालेख 1, 2, ..... आदी भाग बनाएर राख्न सजिलो हुन्छ। जस्तै:-यो हेर्नुहोस् हिजोको तपाईले लेखेको संदेस विकिपीडिया:चौतारीमा थियो त्यसलाई मैले कपि गरेर त्यहाँ राखि दिएँ त्यसमा तपाईको कुनै गल्ति थिएन चौतारी पृष्ठमा नयाँ संदेस छोड्ने लिँक गलत दिईएको थियो। त्यहाँ क्लिक गरेर तपाईले लेखेको संदेस न भेटिने ठाउँमा गएर बसेको थियो। यो लिँक पहिले ठिक थियो तर चौतारी पृष्ठ झैँ धेरै विकिपीडियाका आयोजना पृष्ठहरू लेखको रूपमा देखिन्थे मैले चौतारी पृष्ठलाई आयोजना पृष्ठमा परिवर्तन गरेँ त्यसैले माथी बताइएको लिँक गलत भयो तर अब मैले सुधारी सकेको छु धन्दा नमान्नुहोस्। अँझै पनि केही कुरा सोध्नु छ भने सोध्नुहोला। नमस्कार!
कुनै पनि लेखलाई सम्पादन गर्नु अथवा बदल्नु भन्दा पहिले लेखमा दिएको लिँक कत्तिको ठिक छ, त्यसको लिँक कहाँ जाँदै छ, यो लिँकलाई कसरी प्रयोग गर्न सकिन्छ आदी कुराको ध्यान दिन अनुरोध गरिदै छ। चौतारी पृष्ठमा धेरै जनाले आफ्नो आफ्नो कारिगरी देखाउन लाग्नु भएको छ। जसले गर्दा पहिले त्यो पृष्ठ आयोजना पृष्ठ नभएर लेख पृष्ठको रूपमा देखिन्थ्यो अर्को कारीले गर्दा हिजो एक संदेस लुकेर बस्यो आज फेरी Wikipedia:चौतारी/अभिलेख-1 सम्पादन गर्नु पर्ने भएको थियो यदी मैले यहाँ न हेरेको भए कुनै नयाँ प्रयोगकर्ताले नयाँ पृष्ठ सम्पादन गर्ने थिए त्यसैले अरु लेखहरूमा जे जसो भए पनि विकिपीडियाका आयोजना पृष्ठहरूमा छलफल विना खेलवाड नगर्न मेरो विनम्र अनुरोध छ।
पौडेल ज्यू नमस्कार! मेरो विचारमा यो प्रयोगकर्तालाई अबरोध गर्नु पर्छ। यो हेर्नुहोस् यो प्रयोगकर्ताका योगदानहरू एक त यो प्रयोगकर्ताको नाम नै त्यस्तै छ। अर्को यो प्रयोगकर्ताले खाता बनाए बित्तिकैका योगदान देखेर मेरो बिचारमा यो प्रयोगकर्तालाई निषेध गरिनु पर्छ। बाँकी तपाँइको इछ्छा।--आर॰पी॰ जोशीकुरा गर्नुहोस् ०६:२५, १५ जुलाई २०१० (UTC)
रामजी धन्यवाद। यो प्रयोगकर्ता ब्लक भएको छ।--Ganesh Paudel ०६:३५, १५ जुलाई २०१० (UTC)
पौडेल ज्यू नमस्कार! मेरो आफ्नै हातबाट ज्योतिष नामको लेखमा गल्ती भएर मैले पहिले लेखेको धेरै डाटाहरू मेटिन गयो। कारण के भयो भने मैले राशिहरूको नाम सच्याउनको लागी राशि-चक्रबाट राशिहरूको नाम र चिन्हहरू कपि गरेर पेस्ट गरेँ त्यसमा एक भुल भएछ पछि मैले त्यसको सुधार गर्दा "ग्रहहरू" र "तिथीहरू" का नाम र टिप्पणी मेटीयो अब तपाईँले उक्त पृष्ठको इतिहास हेरेर ग्रह र तिथिहरूलाई जस्ताको त्यस्तै कपि गरेर अहिले बनाइएको ग्रहको ठाउँमा ग्रह र तिथीको ठाउँमा तिथिलाई पेष्ट गरि दिनुहुन विनम्र अनुरोध गर्दै छु। किन भने डाटा धेरै भएकाले मोबाइल ब्रोजरले काम गर्दैन। तपाइले सहयोग गर्नु हुनेछ भन्ने पूर्ण आशामा छु।
पौडेल ज्यू तपाँईले अहिले बनाएका गा.वि.स.हरू सम्बन्धी लेखहरू कुन जिल्लामा पर्छन् मैले हेर्दा ति गा.वि.स.हरूको नाम तेह्रथुम जिल्लाको पृष्ठमा लेखेको देखेँ तर तपाईले गा.वि.स.हरू सबै ताप्लेजुङ् जिल्लाका बनाउनु भो के कस्तो हो?
तपाईँलाई कतै सपना त भएको छैन? कसले गरेको छ त्यो कुरालाई चौतारीमा राखेर बिरोध? अस्ति तपाईले चौतारीमा पुरालेख भन्ने लिँकलाई बिगारेकाले मैले यसो न गर्नुहोला पृष्ठको रूप बिग्रन्छ भनेर तपाईँको वार्ता पृष्ठ र चौतारीमा लेखेको थिएँ त्यसैलाई विरोध गरेको मान्नु भएको छ भने पहिले नै भन्नु पर्थ्यो त्यसमा तपाईँले गलत लिँक दिनु भएको थियो मैले नहेरेको भए नयाँ पृष्ठ बन्ने थियो। त्यसैले मैले तपाईँ लगायत सबै साथीहरूलाई यसो नगर्न आग्रह गरेको थिएँ। आज त तपाईँलाई सपना भए जस्तो छ चौतारीमा मैले हिजो आफ्नो बिचारहरू राखेबाट कुनै सम्पादन नै गरेको छैन। यदी मेरो भुतले केही लेखेको भए म जान्दैन मलाई थाहा छैन की गा.वि.स.हरू कुन जिल्लामा पर्छन् भनेर गा.वि.स.को नाम हेर्दा एक जिल्लाको पृष्ठमा थिए तपाँईले लेख अर्को जिल्लाको गा.वि.स.को नाममा बनाउनु भयो मैले आफुले थाहा नपाएको कुरा तपाँईलाई यसबारे ज्यादा जानकारी होला भनेर सोधेको हो। तपाईहरू मलाई यसरी कसैले केही आरोप त कसैले केही आरोप लगाउने नगर्नुहोस् यदी मलाई विकिपीडिया सम्पादन नगर भन्न चाहनु भएको हो भने सिधै भन्नुहोस्
मलाई प्याच्चै आरोप लगाइहाल्नु भन्दा पहिले तपाईँले चौतारी पृष्ठको सम्पादन कसले गरेको हो या विरोध कताबाट उठ्यो भनेर जान्न पृष्ठको इतिहास तथा नयाँ परिवर्तन हेर्नु पर्ने थियो। सम्पादकको हस्ताक्षर नभए पनि इतिहास त थियो त्यसको प्रयोग गर्नु पर्ने थियो मैले तपाईको संदेस पढेर सिधै तपाईको वार्ता पृष्ठमा लेखेर चौतारीको इतिहास हेरेँ कसैले सम्पादन गरेर पाठ्यलाई हटाए जस्तो छ। मलाई त्यो प्रयोगकर्ताको हो भन्ने थाह छ तर म उनको नाम यहाँ लेख्न चाहन्न कसैले केही गरेमा अथवा कसैलाई कुनै समस्या उत्पन्न भएमा आरोप मलाई नै लाग्छ त्यसैले म अब नेपाली विकिपीडियामा सम्पादन गर्दैन नजाने पनि नेपाली विकिपीडियालाई केही विकसीत बनाउने मेरो विचार थियो। मैले दिएका योगदानहरूलाई राख्ने मेटाउने अथवा जे पनि गर्ने तपाईको इछ्छा मैले सबैको आँखाको कसिंगर भएर यहाँ काम गर्नु धिक्कार हो। धिक्कार मैले यो विकिपीडियालाई आफ्नो मातृभाषा भएकाले मातृत्वको आदर दिएको, धिक्कार मैले आफ्नो अमुल्य समय खेर फालेर रात दिन यसैको निमित्त पागल बनेको, धिक्कार मैले नेपाली विकिपीडियन साथीहरूलाई आफन्त मानेर नेपाली विकिपीडिया र नेपाली विकिपीडियनलाई माया गरेको। अब देखी तपाईँहरू नै सुख पृर्वक सम्पादन गर्नु होला नमस्कार!
नेपाली विकिपिडियामा तपाईंले धेरै योगदान दिनुभएको रहेछ, सूचना एवं प्रविधि विषयको विद्वान् पनि हुनुहुंदो रहेछ, मैले यहांको कार्यलाई प्रशंसाको दृष्टिले हेरेकोछु, तपाईको सुझाउको कदर गर्दै जे जस्तो हुन्छ भ्याए जति र सके जति म पनि योगदान दिनेछु। नेपाली भाषा विश्वका लगभग तीन करोड नेपालीहरूको मातृभाषा हो, भारतका धेरै राज्यहरू, भूटान र बर्मामा अरु(अन्य भाषा-भाषी) धेरैले यो भाषा बोल्छन् र पढ्छन्। नेपाली विकीमा पनि अंग्रेजी विकीमा जस्तै चाहिए जति ज्ञान-सामाग्री भेटियोस्, नेपाली विकीले भावी-पींढीको ज्ञान-परिपूर्ति गर्न सकोस् यहीं चाहना लिएर हामी अघि बढौं। यहाँलाई मेरो सुझाउ यही छ- एकार्कामा आफूले जानेको कुरा बताउँदै जाऊँ। हाम्रो सम्पर्क बढोस्, माया बढोस् जसको फल सबै नेपालीभाषीले चाखून् र विकीको स्वाद पाउँन्।
सम्पर्क इ-मेलः-[bsgskm@gmail.com] भवानी गौतम १६:०७, २१ जुलाई २०१० (UTC)
मलाई कसैले झुठा आरोप लगाएमा म राम्रो मान्दैन म मात्र नभएर सबैको बानी त्यस्तै हुन्छ झुठो आरोप कसैले पनि सहन गर्न सक्दैन। तर अब मैले तपाईहरूको संका मेटाउनको लागी चौतारी पृष्ठमा अर्को नयाँ टेम्प्लेट बनाएर राखि दिएँ जसले यो पूष्ठको सम्पादन कसले गरेको भन्ने कुरा स्पष्ट पार्ने छ। टेम्प्लेटलाई तपाई लगायत अन्य प्रयोगकर्ताहरूले आफ्नो वार्ता पृष्ठमा पनि राख्न सक्नु हुनेछ जसले गर्दा यो पूष्ठको सम्पादनको बाट भयो भन्ने कुरा थाहा हुनेछ मैले चौतारीमा विकिपीडियाम के हुदैछ भन्ने नयाँ शिर्षक पनि थपेको छु र केही सामाग्रीहरू राखेको पनि छु। त्यसमा तपाई नयाँ सामाग्री थप्न सक्नु हुनेछ। त्यसको लागी नयाँ थप्नु होस् भन्ने ठाउँमा थिच्नुहोला साथै पहिलेका कुराहरूलाई राख्न पहिलेको भन्ने ठाउँमा थिचेर लेख्नु होला सुधारको लागी सल्लाह दिनु होला गंगाको किनाराम कुस्ती लड्नको घ्यू खानु पर्ने भयो यता घ्यू पाइदैन सकिन्छ भने अलि पठाइ दिनु होला अनि नेपालमा के कस्तो छ आजकल हाम्रो तिर फोन पनि लाग्दैन घरको चिन्ता लागिरहेको छ।
पौडेल ज्यू नमस्कार! व्यस्तताको कारण म केही दिन विकिपीडियामा ऑफ रहेको छु अहिले विकिपीडिया खोलेर हेरेँ तपाईँले केही संसदहरूको बारेमा लेख बनाएर त्यसमा संविधान सभाको सम्बन्धित वेबको यु आर एल जोड्न खोज्नु भएको रहेछ। धेरै राम्रो तर तपाईले गरेको काममा एक गल्ती गर्नु भएछ त्यो सुधार गर्नुहोला तपाईले नजानेर गरेको गल्ति म यहाँ लेख्दै छु एक दुइटामा मैले सुधारी दिएको छु जो तपाईँ यु आर एलको बिचमा यस्तो चिन्ह(|) दिएर अगाडी नेपालीमा लेख्नु हुन्छ त्यो गलत हुन्छ यदी तपाईले त्यो ठाउँमा थिच्नु भयो भन अमान्य वेब ठेगानाको सन्देश तपाईले प्रयोग गरेको ब्रौजरले दिनेछ। अब मैले सुधारेको लेखमा यु आर एलमा थिचेर हेर्नुहोला तपाई सम्बन्धीत ठाउँमा पुग्नु हुनेछ। यसैले तपाईले जति लेखमा उक्त चिन्हको प्रयोग यु आर एलको पछाडी गर्नु भएको छ त्यो हटाउनु होला। धन्यवाद!
पौडेल ज्यु नमस्कार! रिसाउनु भए जस्तो छ गल्ती भएको भए माफ गर्नुहोला विकिपिडियाको बारेमा छलफलमा सहभागी हुनु भएन किन? म बाट रिसाए पनि विकिपीडियाको हितको लागी मैले लिएको निर्णय ठिक अथवा बेठिक कस्तो छ छलफलमा सहभागी भएर आफ्नो बिचार व्यक्त गर्नुहोला!
कुनै पनि मान्छेले एक्लै निर्णय लिन्छ भने त्यसमा म शब्दको प्रयोग हुन्छ त्यो निर्णयलाई "मेरो निर्णय" (व्याक्ती गत निर्णय)लाई "हाम्रो निर्णय" (सामुहीक निर्णय)मा बदल्नको लागी सबैले समर्थन दिनु पर्ने हुन्छ यदी त्यो निर्णय उसको व्याक्तीगत निर्णय सम्म मात्र सिमित रहन दिनको लागी निर्णयको बिरोध गरिन्छ। मेरो विचारमा विकिपीडियाको कुनै पनि प्रयोगकर्ताहरू एक ठाउँमा भेला भएर सामुहिक निर्णय लिन असम्भव छ। त्यसैले विकिपीडियाको बारेमा छलफलको लागी यो पृष्ठको सब पेजको सृजना गरियो जसको नाम चौतारी (छलफल गर्न भेला हुने एक ठाउँ)को नाम दिएको हो त्यस्तै अन्य विकिमा पनि यो पृष्ठलाई अलग अलग नाम दिएर छलफल गर्ने काममा ल्याएको पाइन्छ। त्यसैले यो एक आयोजना पृष्ठ (प्रोजेक्ट पेज) भयो। तसर्थ यो पृष्ठमा कुनै पनि प्रयोगकर्ताले एक्लै निर्णय लिएर आफ्नो विचार प्रस्तुत गर्छ भने अरूले त्यसको समर्थन अर्थात बिरोध गर्छन्। अन्य भाषाको विकिपीडियामा पनि यसरी कार्य भएको देखिन्छ। यदी तपाईलाई म शब्दबाट घूणा छ भने निर्णयको बिरोधमा उभिनुहोस्। यसरी टाढाबाट राजा दशरथको बाण जस्तै संकेतात्मक बाण न छोड्नुहोस्। धन्यवाद! --आर॰पी॰ जोशीकुरा गर्नुहोस् ०७:०५, २९ जुलाई २०१० (UTC)
फुलेक गाविसलाई मैले Category:deleteमा राखेको थिएँ तर तपाईँले त्यसलाई बचाउनु भयो किन होला? यो लेखलाई मेटाउनु पर्ने कारणहरू यहाँ उल्लेख गर्दै छु तपाईँलाई उचित लागेमा मेट्नु न भए बचाउनुस्
यो लेखको डुब्लिकेट लेख पहिले देखी नै तयार छ हेर्नुहोस्
यो लेख धेरै चोटी रिडाइरेक्ट भएको छ जस्तै तेर्थुम, फुलेक् गाविस, अनि धेरै ठाउँमा मैले यो लेखलाई फुलेकसँग रिडाइरेक्ट गरेको थिएँ फेरी यो लेखलाई अर्को ठाउमा रिडाइरेक्ट गरियो
त्यसैले मैले यो लेखलाई Category:deleteमा राखिदिएँ तपाईले त्यसलाई बचाउनु भयो यो लेखलाई मेटे पछी फुलेकलाई फुलेक गाविसमा पनि सार्न सकिन्छ तर जब सम्म यो लेख मेटीदैन तबसम्म यो अर्को लेखलाई यो नाम दिएर सार्न सकिदैन। बाँकी तपाँईको ईछ्छा।
नमस्कार पौडेल ज्यू अब म भोली नेपाल आउदै छु। मसँग नमस्तेको सिम छ त्यसको GPRS सेटिङ र इन्टरनेट चार्जको बारेमा थाह भए भन्नुहोला अब मेरो विकिपीडियामा सम्पादन कार्य लामो समय सम्म बन्द हुने छ। मैले सुरू गरेका अधुरा लेखहरूलाई तपाईहरू पुरा गरेर विकिपीडियाम गुणस्तरमा राख्नु हुनेछ भन्ने पूर्ण आशा सहित आजको दिनमा भ्याए जति लेखहरूलाई केही लिङ्किङ गरि दिन्छु बाँकीको काम तपाईहरूको जिम्मा लगाउदै छु। म बाट तपाईको वार्तालाप पृष्ठमा अथवा विकिपीडियाको कुनै पनि छलफल पृष्ठमा रुखो सम्पादन भएको भए माफ गर्दिनु जिन्दगी र समयले साथ दिएमा फेरी विकिपीडियामा फर्किने वाचा गर्दै नमस्कार!--आर॰पी॰ जोशीकुरा गर्नुहोस्योगदान १०:५८, १७ अगस्ट २०१० (UTC)
गणेशजी नमस्कार! तपाईंको सुझाउ अनुसार केही हदसम्म सिक्किम लेखमा मिसिएका हिन्दी र अंग्रेजी शव्दको नेपालीकरण गरें, पूरा लेखलाई नैं शुद्धिकरण गर्न भनें केही समय अवश्य लाग्नेछ भवानी गौतम १५:३४, २४ अगस्ट २०१० (UTC)
धन्यवाद। पौडेल ज्यू तपाँइले मेरो सराहना गर्नु भयो मलाई धेरै खुशी लाग्यो।
पौडेल ज्यु मेरो दिमागमा एउटा विचार थियो म त्यो भन्न चाहँदै छु शायद तपाँईलाई पनि ठिक लाग्ला।
मेरो विचार थियो कि:- माथिको Welcome logo पछि तल "चुनिएको लेख" राख्ने। त्यसको दाहिने पटी "प्रमुख चित्र" त्यो भन्दा तल "प्रमुख समाचार" त्यसको दाहिने छेउमा "के तपाँईलाई थाहा छ"।
तल Demo हेर्नुहोस:-
Welcome Note
चुनियेको लेख
प्रमुख चित्र
के तपाँईलाई थाहा छ?
प्रमुख समाचार
अन्य
अन्य
मेरो विचारमा "चुनिएको लेख"को दाएँ तर्फको Searchbox बेकार छ। त्यो हटाउनु पर्छ र देवनागरीमा लेख्ने उपकरणहरूलाई सबैमन्था माथिको Option "यो विकिपीडियामा देवनागरी ब्यवस्था" सँग राख्नु पर्छ।
कृपया आफ्नो प्रतिक्रिया दिनु होला।
म आफ्नो मो नम्बर इमेल गर दिन्छु धन्यवाद।
NPAB0Y (talk) ०१:०४, ३ सेप्टेम्बर २०१० (UTC)
मलाई स्थायी सिसप अनुमति दिलाउनुहुने समस्त साथीहरूलाई धन्यवाद छ। आगामी दिनमा नेपाली विकिपीडियालाई संसारको उत्कृष्ट विकी पेज बनाउन सकियोस् भन्ने हाम्रो चाहना हो।
यस कार्यका लागि नेपाली विकिपीडियामा दर्ता हुनुभएका सबैजना साथीहरूलाई एक पटक सकृय रूपमा सहभागिता देखाउनुहुन्छ भन्ने विश्वास लिएको छु। यस प्रकृयाका लागि मेरा सबै विकि साथीहरू र खासगरी
राजेश पाण्डे
भवानी गौतम
सरोज ढकाल
क्रिस दुलाल
Jose77
शङ्कर पोख्रेल
Jusjih
युकेश रञ्जित
इन्दिवर
राम प्रसाद जोशी
गणेश कटुवाल
राजेश कोइराला
लगायतका सबै साथीहरूलाई धेरैधेरै धन्यवाद। यस क्रममा मैंले चौतारीमा दिएका ३ वटा प्रश्नका जवाफहरूलाई आत्मसात गरी अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु। धन्यवाद --Ganesh Paudel ०६:४२, २१ नोभेम्बर २०१० (UTC)
Please do NOT spam user talk pages of random users. Most reasonable "greeting bots" (in other projects) only greet users who made at least one edit. FYI, small projects like this one usually have "notify me by e-mail" option as deafult. Alex Smotrov १५:०३, २२ नोभेम्बर २०१० (UTC)
Thanks. It was not the spam. I have received many good feedbacks from the users. We'll try to use bot for such works in near future.--Ganesh Paudel १६:२६, २२ नोभेम्बर २०१० (UTC)
गणेश जी बधाइ छ सिसपको लागि। केहि चित्रहरू भेटेको थिएं जुन तपाइले पनि अपलोड गर्नुभएको देखायो यसमा, अनि मेटाउँदा मेटाउँदै तपाइलाई नै थाहा दिएमा राम्रो होला भनेर यो सन्देश छोड्दैछु।
नेपाली विकि बढिरहेको देख्दा खुसि लागिरहेछ। तर खालि लेखहरूलाइ निरुत्साहित गर्नु पर्यो। खालि लेख बढ्ने सम्भावना भए ठिक छ नत्र नकारात्मक असर पर्छ र विकिको स्तर घटेको मानिन्छ। हाल सम्म नेपालि विकिको स्तर राम्रो मानिएको छ, जति खालि लेखहरू, वा खालि पान्नाहरू वढ्छन् त्यति negative points बढ्छ। खासगरि हरेक पृष्ठमा यौटै content भएका ३ देखि ४ लाइन लेखिएका stub हरू देखिएको छ।
विकिपीडियाको उत्तरोत्तर प्रगतिको निम्ति तपाईंको योगदान महत्वपूर्ण रहिआएकोछ, विगतका दिनहरूमा ( व्यवहारिक जीवनको व्यस्तताले हो वा अन्य कारणवश) केहि मित्रहरू विकिबाट ओझेल भएको हुँदा यसको विकासमा शिथिलता आउन सक्ने सम्भावनालाई पनि नकार्न सकिंदैन।
अतः हामी सबैको व्यस्तताबाट केहि समय झिकि विकिलाई दिन सक्यौं भनें भाषा, जाति, देशको गौरव बढाउनका साथै हाम्रो ज्ञानकोषको भण्डार पनि भरि हुनेछ। अन्य भाषाहरूको विकिमा जुन प्रगति छ त्यो छक्कै लाग्दोछ र हामी पनि किन पछि पर्ने? धेरैलाई आफ्नो भाषा, आफ्नो देश, अनि जातिको निम्ति केहि गर्छु अनि नाम कमाउँछु भन्ने त हुन्छ नैं तर कुन बाटो पहिलाएर गर्ने, कसरी कसरी गर्ने आदि कुरामा अल्झेर उनीहरूले केहि गर्न पाउँदैनन्, हामी सबैले हाम्रा साथी-भाइ, छिमेकी, बन्धुबान्धव जसलाई कम्प्यूटरको केहि ज्ञान छ भनें उनीहरूसित बसेर कुरा गर्ने र यसबारे अलिकति पनि हामीले जानेको बताई दियौं भनें भावी पुस्ताहरूले यसको स्वाद चाख्नेछन् , धन्यबाद।--
Ganesh ji welcome message kay liye dhanyavad. My primary [user page and [talk page is on English Wikipedia and I'm primarily active there. --Faizhaider १०:४४, ४ जेनवरी २०११ (UTC)