प्रयोगकर्ता वार्ता:RajeshPandey/Archive 2011

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Archive 2010 | Archive 2011 | Archive 2012

मुख्य पृष्ठ[सम्पादन गर्नुहोस्]

तिहार लेख मुख्य पृष्ठमा धेरै बस्यो अब यसको स्थानमा मोतिराम भट्ट लेख उपयुक्त होला, तपाईं के भन्नु हुन्छ-

Bhawani
मोतिराम राखेर हेरियो। राम्रो feedback आयो पनि । धन्यवाद भवानी जी। राजेश ०३:०३, १८ जनवरी २०११ (UTC)

राजेशजी नमस्कार!

विकिपीडियाको उत्तरोत्तर प्रगतिको निम्ति तपाईंको योगदान महत्वपूर्ण रहिआएकोछ, विगतका दिनहरुमा ( व्यवहारिक जीवनको व्यस्तताले हो वा अन्य कारणवश) केहि मित्रहरु विकिबाट ओझेल भएको हुँदा यसको विकासमा शिथिलता आउन सक्ने सम्भावनालाई पनि नकार्न सकिंदैन।

अतः हामी सबैको व्यस्तताबाट केहि समय झिकि विकिलाई दिन सक्यौं भनें भाषा, जाति, देशको गौरव बढाउनका साथै हाम्रो ज्ञानकोषको भण्डार पनि भरि हुनेछ। अन्य भाषाहरुको विकिमा जुन प्रगति छ त्यो छक्कै लाग्दोछ र हामी पनि किन पछि पर्ने? धेरैलाई आफ्नो भाषा, आफ्नो देश, अनि जातिको निम्ति केहि गर्छु अनि नाम कमाउँछु भन्ने त हुन्छ नैं तर कुन बाटो पहिलाएर गर्ने, कसरी कसरी गर्ने आदि कुरामा अल्झेर उनीहरुले केहि गर्न पाउँदैनन्, हामी सबैले हाम्रा साथी-भाइ, छिमेकी, बन्धुबान्धव जसलाई कम्प्यूटरको केहि ज्ञान छ भनें उनीहरुसित बसेर कुरा गर्ने र यसबारे अलिकति पनि हामीले जानेको बताई दियौं भनें भावी पुस्ताहरुले यसको स्वाद चाख्नेछन् , धन्यबाद।--
Bhawani
सुझावको लागि धन्यबाद भवानी जी। तपाइको कुरा ठिक हो । राजेश ०२:५६, १८ जनवरी २०११ (UTC)

कृपया यो हेर्नुहोस् त[सम्पादन गर्नुहोस्]

राजेशजी नमस्कार, कृपया यो हेर्नुहोस्।

Bhawani

राजेश जी, हुन्छ म दुइ-चार दिन चलाउँदिन, तपाईंको प्रयोग चलुञ्जेल अन्तिम परिणाम ननिस्कुञ्जेल transliteration लाई अन्तमा यथास्थितिमा राख्नुहोला, किन भनें लेखहरुमा सम्पादन गर्नेहरुलाई समस्या पर्दो रहेछ र नैं मैले अस्ति परिवर्तन गरेकोथिएँ। भवानी गौतम ०२:५०, ३० जनवरी २०११ (UTC)

धेरै key हरुबाट पूर्ण विराम Type हुदैछ[सम्पादन गर्नुहोस्]

राजेशजी स्पेस (बार), (?) , (=) थिच्दा किन पूर्ण विराम आएको ? I have tried to correct, once I had corrected it in the morning but you are the author so may be working and have changed it, यो तपाइँले मिलाई दिनुहोस म त अहिले गूगल ट्रांस्लितरेसनबाट नै काम चलाउदैछु मेरो लागि त विकिको देवानागरिले काम गरेन सायद अरुलाई पनि त्यस्तै भयो होला कि ? विशेष रोमनाइस्ड (romanized)मा हेर्नुहोस र अस्तिको monobook.skin लाई पनि चालु नै राखिदिएर यसमा पनि नेपाली टाइप हुने बनाइदिनुहोला। जसले गर्दा आफुखुशी चलाउन सकिन्थ्यो,।।मैले हिन्दीको विकिपीडियालाई हेर्दा हिन्दीmonobook.skinमा देवनागरी टाइप हुँदो रहेछ र हिन्दीvector.skinमा पनि टाइप हुँदो रहेछ र संस्कृतमा पनि दुवैमा चल्छ। नेपाली विकिमा vector skin र मोनोबुक दुवैमा चल्ने बनाउनुहोला । I found other problems also, but i will inform you later on. Now onwards I shall be working on hi.wikipedia which is very easy to type, until you complete it, as soon as you complete the work I will be back, thanks. - भवानी गौतम १०:०२, २ फेब्रुअरी २०११ (UTC)

भवानीजी अब समयाभाव को कारणले विकीपिडियामा धेरै काम गर्न भ्याउँदिन। मोनोबुकमा common.js बाट चल्छ। vector ले बाँकिमा काम गर्छ। फुर्सदमा गरुँला। अर्को Javascript को error पनि छ। तपाइँले मिलाउनुभएको ठिक थियो तर मैले पनि त्यसमा परिवर्तन गर्दै थिएं। कसले के मा के गर्‍यो भनेर लेख्नु पर्ने हो, हामी ले त्यो नगर्दा परिवर्तनहरु जुधेर समस्या भएको हो। यौटा प्रयोगकर्ताले js फाइलमा काम गर्दा अर्को ले गर्न नपाउने ब्यबस्था(file lock system/subversion) हुन पर्ने हो।

हिन्दीमा यौटा Malyalam प्रयोगकर्ता र Mayur नामको प्रयोगकर्ताले यस्ता काम धेरै गरेका छन्। यि Professional Javascript developer हरु हुन जसले विकिपिडियाको लागि सित्तैमा काम गरेका छन्, तथा हिन्दीमा विकीपिडियाका Paid कर्मचारीहरु छन्। जनसंख्या हेरेर, र त्यहाँ रहेका श्रोत र साधनहरु नेपाली विकी संग तुलना गर्न नसकिने गरि धेरै छन्। यो त राम्रो कुरा हो कि नेपाली विकीमा भवानी गौतम, राम प्रसाद, गणेश पौडेल, आदि जस्ता Active contributors छन्। मैले गर्न सक्ने कोसिसहरु आजमाइसकेको छु। अहिले लाइ म २/४ दिन/ हप्ता वा महिना लाइ विकी बाट सन्यास लिने तरखरमा छु :) । त्यसैले सकेसम्म धेरै चिजहरु सल्टाएर जाने कोशिस मा छु । --राजेश ०३:५५, ५ फेब्रुअरी २०११ (UTC)

Rajeshji pl look here can you type Devanagari there?

नेपाली लेखन[सम्पादन गर्नुहोस्]

राजेशजी नेपाली लेखनमा के कस्तो प्रगति भयो? अहिले पनि पनि समस्या गएको छैन रहेछ।भवानी गौतम १६:१५, ५ फेब्रुअरी २०११ (UTC)

गुगल क्रोम र फायरफक्समा त लेख्न मिलिरहेको छ। तर समस्याहरु भने छन् अझै पनि। --राजेश १६:१७, ५ फेब्रुअरी २०११ (UTC)
Vector.js मा monobook.js लिंक गर्नु भऎकॊ रहॆछ मैलॆ हटाऎकॊ छु तै हुन्छ कि?भवानी गौतम १६:४२, ५ फेब्रुअरी २०११ (UTC)
अँ त्यो त गरेको थिएं भवानीजी। हटाउँदा ठिक हुदोरहेछ भने त्यसै गराइराखौंला । --राजेश १६:५९, ५ फेब्रुअरी २०११ (UTC)
translitaeration र romanized एउटै कुरा हो, तपाईंको romanizedमा धेरै प्रोब्लम छ, Transliteration is working in vector skin only. And in monobook skin (which was made by Eukesh) is now not working. checking this (देवनागरीमा लेख्न चेक सन्दूकमा क्लिक गर्नुहोला (परीक्षणकाल)। ESC - लिपि परिवर्तन, (IEमा ESC पश्चात Ctrl+z थिच्नुहोला) not working, So you should revert monobook skin in earlier position. And make Tradition Nepali available while logged in for traditional Nepali typist (but nowadays all type transliteration) if you can. भवानी गौतम ००:३५, ६ फेब्रुअरी २०११ (UTC)
romanized एउटै कुरा हो भने रोमनाइज्ड हटाउनुहोस Transliteration राख्नुहोस। नेपालमा प्रिती फन्ट(traditional layout) प्रयोग हुन्छ र प्रेस मा दशकौं देखि सबैले traditional नै प्रयोग गर्दै आइरहेका छन् । गोरखापत्र होस वा कान्तिपुर, सबै जसो पत्रिका मा यहि प्रयोग हुन्थ्यो र अझै पनि यस्तै फन्टहरु हुन्छ। नेपाली किबोर्ड पनि यसैमा आधारित छ। विकिपिडिया सबैको लागि हो र यो धेरै ले प्रयोग गरुन भन्ने मात्र मेरो आशय हो। मैले सकेको र भ्याएको effort गरिसकेको छु। --राजेश ११:११, ६ फेब्रुअरी २०११ (UTC)
मलाइ लाग्छ म आवश्यकता भन्दा बढि समय विकीमा बिताइरहेको छु । May be its time for a break. --राजेश ११:१७, ६ फेब्रुअरी २०११ (UTC)

राजेशजी देवनागरीको लागि मैले इन्-स्क्रीप्ट र Transliteration(ध्वन्यात्मक) दुवै सुव्यस्थित गरें। अब समस्या नपर्ला कि?

Bhawani

मैले तपाईंको सुझाव अनुरुप परिवर्तन गरें। धन्यबाद। --

Bhawani
धन्यबाद। --राजेश २२:५६, २२ फेब्रुअरी २०११ (UTC)

अनुवाद बारे[सम्पादन गर्नुहोस्]

राजेशजी मैले हिन्दी-नेपाली अनुवादक डाउनलोड गरेर अनुवाद गर्ने प्रयास गरें तर अनुवादित अंश कपी गर्न सकिएन कपी नभए पछि पेस्ट गर्न मिलेन के गर्दा हुन्छ? बताइदिनु होला।---भवानी गौतम १३:५६, २२ फेब्रुअरी २०११ (UTC)

कपि गर्न समस्या नपर्नु पर्ने हो। Control+C गर्दा हुन पर्छ। मेरोमा हुन्छ। भाविष्यमा म यसमा कपि गर्ने मेनु पनि राख्ने प्रयास गरुँला । --राजेश २२:५६, २२ फेब्रुअरी २०११ (UTC)
This version has cut/copy/paste in it. Download and Install You need to uninstall the previous versions before using this one. --राजेश २३:५१, २२ फेब्रुअरी २०११ (UTC)

अंक प्रयोग बारे[सम्पादन गर्नुहोस्]

नेपाली भाषा देवनागरी लिपिमा लेखिने हुँदा यसका अंक पनि देवनागरीमा नैं लेखिनु स्वाभाविक हो तर कतिपय सफ्टवेयरमा अंक लेख्न रोमन कै सहारा लिनु पर्ने हुँदा बाध्यतावश देवनागरीको ०,१,२,३,४,५,६,७,८ र ९ को सट्टा 0,1,2,3,4,5,6,7,8 र 9 लेख्नु परिरहेछ। वर्तमान विद्यार्थी पींढ़िलाई हेर्दा उनीहरु नेपाली लेख्छन् तर प्रायले अंकको प्रयोग अंग्रेजी भाषा कै गर्छन्, कतिपय यस्ता नेपालीहरु पनि भेटेकोछु जसले नेपाली गिन्ती जान्दैनन्। भारतको राष्ट्रिय हिन्दी सम्मेलनले त लिपि देवनागरी चलाएता पनि अंक अंग्रेजीको प्रयोग गर्ने निर्णय लियो। नेपाली प्रज्ञा प्रतिष्ठान ले के गर्नेछ त्यो त थाह भएन। भविष्यमा कुनै पनि समय नेपाली अंकको सट्टा अंग्रेजी अंक लेखिने सम्भाव्यतालाई नकार्न सकिंदैन।

अतः हामीले पनि विकिमा यसको प्रयोगबारे केहि सोच राखी यस विषयमा चर्चा गर्नु आवश्यक हो भन्ने मलाई लाग्छ। आ-आफ्ना सुझाउहरु यहाँ राख्न सबैलाई अनुरोध गर्दछु।-

Bhawani

तपाईंको योगदानलाई नेपाली समूदायले सधैं कदर गर्नेछ जो योगदान तपाईंबाट भएकोछ यसले विकिलाई शिखरमा लादैँछ। अनुवादको क्षेत्रमा जस्तो काम तपाईबाट भएको सायद अरु विकिमा सुरु भएकै छैन र तपाईंको योगदानमाथि मेरो श्रद्धा छ। राजेश जी मेटाइएको बारेको कुरा

इतिहास हेर्दा छर्लङ्ग हुनुपर्ने, अंग्रेजीको विकिपीडियाले पनि छर्लङ्ग पार्छ, मैले वार्तालाप पृष्ठमा जनाएकोछु। अर्को कुरा त्यो आइ पी ठेगानाबाट दुवै भाषामा उक्त जीवनीमाथि मात्र योगदान छ, प्राय सबैले कविता लेख्ने गरेकै हुन्छन् (विद्यार्थी अवस्थामा भए पनि), पत्रकारी पेशा धेरैको छ, सबै नेपालीहरुले आफ्नो परिचय दिन थाले विकिपीडिया जीवनीले नैं भरिन्छ। पन्थीको योगदान मात्र सूर्य थापा लेख थियो, उनले एउटै आइ पी बाट धेरै नामले खाता खोलेको प्रमाण पनि छ। मैले उनको नाम प्रयोगकर्ता पृष्ठमा सारिदिएकोछु। त्यसकोलागि प्रयोगकर्ता पृष्ठ नै उचित्त हुन्छ। आइ पी ठेगाना बन्द गरेकोछैन न त प्रतिबन्ध नैं लगाइएकोछ। तपाईं, म अरु सबैले केहि न केहि सबैतिर लेख्दैछौं तर हामी सबैले विकिमा आफ्नैबारेमा परिचय लेख्न थाले कसो होला कुनता नेपाली विकिको अवस्था अन्य भाषा भन्दा धेरै कमजोर छ यस्ता कुराले झन बिगार्छ। विकि ज्ञानकोष हो, मुख्य पृष्ठको सूचीमा दिएका लगायत अन्य सबै विषयमा जानकारी दिनु पर्नेहो। सबै पत्रकार, शिक्षक, चिकित्सक, इन्जिनियर आदि आदि सबै पेशाका व्यक्तिको परिचय दिनु पर्ने हो र?

अर्को कुरा नेपाली पत्र पत्रिका सम्बन्धी स्टब लेखहरुछन् तिनलाई कसैले चासो लिएर हेरकाछैनन् । ती मध्ये कुनै एक पल्ट झुल्केर अस्ताएकाछन् भने भने कुनै कुनैले विज्ञापनको भारी बोकेकाछन् , तिनको परिचय एक पंक्तिमा दिइएको छ, निकाल्ने व्यक्तिले पनि आफ्नो पत्रिकाको नाम बिर्सी सके होलान्। जसको चिप पपुलारिटी गेन गर्ने ध्येय हुन्छ त्यसले के गर्ला?। विकिपीडिया मात्र साहित्य होइन, कविता होइन, ज्ञान भण्डार हो। हामी प्रबन्धकले सम्पादन गर्दा व्यक्तिगत परिचय(चर्चित व्यक्ति बाहेक) र विज्ञापन भएका लेखलाई किनारामा राखी सम्पादन गर्नुपर्ने आवश्यकता मैले देखें।

उक्त कुरामा प्रबन्धकको नाताले सबै अध्ययन गर्नु होला उनले कहिले खाता खोले कुन आइ पी बाट आदि आदि। जब एउटा विकिमा यो काम भइसकेको छ त्यो नै नियम हो, भाषा अलग हो विकि त एउटै हो। कोहिबेला त यस्तो हुन्छ delete category मा नराखी झट्टै मेटाउनु पर्ने हुन्छ, यो पनि मलाई त त्यस्तै लाग्यो। यदि ठिक भएन भनें र मन नपरे उल्टाएर पुनः पहिला कै स्थितिमा ल्याउनुहोला। --

Bhawani
I didn't have much time to research yesterday. I can see now he did some tricks by creating multiple users to preserve his article in English Wikipedia. --राजेश ०७:५३, ११ मार्च २०११ (UTC)
राजेशजी are you ready to delete that article now?
Bhawani
Yes of course please go ahead and delete the article, you were right at the first place. Its the decision of the community and you did the right thing. --राजेश ०९:३७, ११ मार्च २०११ (UTC)
 सफल भयो-- Thanks
Bhawani

राजेशजी नेपाली विकिपेडियामा संरक्षित क्षेत्रको infoboxमा समस्या देखिएको छ कृपया त्यसलाई हेरिदिनु होला । - (Nirmal Dulal ०८:३७, १० मार्च २०११ (UTC))

Nirmalji I didn't get which infobox you are talking about.. Can you please be specific and tell me which infobox is it ? any link of the article/ template? --राजेश ०७:५३, ११ मार्च २०११ (UTC)
Nirmalji, Template:Infobox seems fine. Is there anything else to do? --राजेश १०:४७, १४ मार्च २०११ (UTC)

राजेशजी सुझावको लागि धन्यावाद, लियोनेल मेस्सीको पेजको ढाँचा:Infobox football biography को खराबीका कारण अझ केही नराम्रो देखिएको छ त्सलाई मिलाउन सहयोगको आशा राख्दछु । - (Nirmal Dulal १८:२३, १६ मार्च २०११ (UTC))

Good day Rajeshji, mistakenly there are 2 same pages in Wiki named लालुपाते फूल and रस्पुरकोट so could you merge लालुपाते फ़ूल with लालुपाते फूल and रस्पूरकोट with रस्पुरकोट, I’d like to thank you in advance. - Nirmal Dulal ०५:३२, २३ मार्च २०११ (UTC)

When I checked today, it was already merged . Welcome Nirmal ji. Thanks for pointing out though :) --राजेश १३:४७, २३ मार्च २०११ (UTC)

वार्तालाप पृष्ठबारे[सम्पादन गर्नुहोस्]

यहाँलाई मेरो निवेदन यो छ कि मैले हालैमा वार्तालाप पृष्ठहरुमा अरु विकिमा झैं सामग्री पृष्ठको सुधारको निम्ति प्रयोगकर्ताहरुलाई स्वागत सुझाउको एउटा ढाँचा बनाएको छु र यसको प्रयोग धेरै वटा पृष्ठहरुमा गरेको पनि छु। यस टेम्प्लेटलाई मेनुअल गर्दा समय खर्च हुने र यो समयमा अन्य उपयोगी कार्य गर्न सकिने भएकोले कुनै बोट (Bot)को प्रयोग गरि यो कार्य गर्न सकिन्छ। यसको निम्ति राजेशजीले मलाई सुझाउ पनि दिनु भएको छ, हालमा हाम्रा सदस्य माझका कुनै पनि बोट सक्रिय पाइन र नेपाली विकिमा सक्रिय कुनै बोट जस्तै (wikitanvirBot)को प्रयोग गराई यो कार्य गर्न सकिएला? यस बारे झलफल यहाँ गर्न अनुरोध गर्दछु।

Bhawani


"सिराहा" लाई सिरहा मा परिवर्तन गर्ने[सम्पादन गर्नुहोस्]

राजेश जी,

विकिपीडिया र अरु मिडिया पनि सिरहा जिल्लाको सहि हिज्जेको प्रयोगमा भ्रमित छन् । अङ्ग्रेजीमा Siraha लेख्दा ठीक छ, तर यसको नेपाली हिज्जे सिराहा नभईकन सिरहा हो । धेरै ठाउँमा अशुद्द हिज्जे प्रयोग गरिएको हुनाले कुनै bot चलाएर शुद्ध पार्न सकिन्छ ? --Abhishek Singh ०९:५९, १४ मार्च २०११ (UTC)
अभिषेक जी, धेरैजसो सिराहा लेखेको देख्छु। वस गाडीमा पनि लाहान सिराहा लेखेको देखेको छु। हामी २ जनाले भनेर मान्लान जस्तो त लाग्दैन त्यहि पनि हेरौं के हुन्छ जे होस शुद्ध लेख्नुपर्छ। --राजेश १२:३४, १४ एप्रील २०११ (UTC)

Hell, do you want to the bot add welcome message automatically to users when the account has created? I have requested on your bot approval page. I can start the bot as soon as the local community agreed to let the bot to do so. Thanks. Wikitanvir १३:४९, १२ एप्रील २०११ (UTC)

I have already added a support there. --राजेश १२:३०, १४ एप्रील २०११ (UTC)
Thanks for your support, please inform me when this request is done, then it will start working. Regards, Wikitanvir ०३:५६, १६ एप्रील २०११ (UTC)


GaneshBot लाई समर्थनको लागि अनुरोध[सम्पादन गर्नुहोस्]

राजेशजी,

मैंले नेपाली विकिपीडियाका केही जटील र झन्झटिला प्रशासनिक कामहरू गर्नका लागि GaneshBot को सृजना गरेको छु। तत्कालका लागि भाषिक सुद्धासुद्धि र व्याकरणको क्षेत्रमा काम गर्न यसको प्रयोग गर्ने सोच बनाएको छु। पछि लेखको संख्यात्मक तथा गुणात्मक बृद्धिमा पनि यसको प्रयोग गरिनेछ। अहिलेलाई यस बोटको लागि समर्थन गरिदिनुहुन सबै साथीहरूलाई अनुरोध गर्दछु। बोट निर्माण गरेपछि लोकल कम्युनिटीको समर्थनको आधारमा मात्र यसको Approval हुने भएकोले कृपया यहाँ गएर समर्थन गर्नुहुन अनुरोध गर्दछु। --Ganesh Paudel ०६:५२, २७ एप्रील २०११ (UTC)

Please Support me --GaneshBot ०७:०२, २७ एप्रील २०११ (UTC)

प्रिय मित्र राजेशजी,

मलाई नेपाली विकिपीडियामा ब्युरोक्र्याट बनाउन समर्थन र सहयोग गर्नुभएकोमा तपाईंँलाई मुरीमुरी धन्यवाद छ। वास्तवमा तपाँइको उत्प्रेरणाले नै म यहाँसम्म आइपुग्न सफल भएको छु।

अब हाम्रो काँधमा झन् ठूलो जिम्मेवारी आएको मैंले महसुस गरेको छु।

नेपाली विकि समुदायलाई अझ स्तरीय बनाई अगाडी बढाउनका लागि के कस्तो कार्य गर्न आवश्यक छ भन्ने विषयमा तपाँइको गहन सुझाव, सल्लाह र सहयोगको अपेक्षा गरेको छु। कुनैपनि विषयमा छलफल गर्न यहाँले म सँग कुनैपनि समयमा सम्पर्क वा पत्राचार गर्न सक्नुहुनेछ।

भविष्यमा तपाँइ-हाम्रो सहकार्यले अझ बढी प्रगति गर्न सकिनेछ भन्ने विश्वास लिएको छु। धन्यवाद--Ganesh Paudel ०१:४८, २७ मे २०११ (UTC)

वाक्य सच्च्याउनु होला[सम्पादन गर्नुहोस्]

राजेशजी, rajeshbot ले सच्च्याईएका सम्पूर्ण स्थानहरुमा द्वारा हुनु पर्नेमा द्धारा भएको पाएँ, साथै wikipedia translator मा पनि यहि समस्या देखिएको छ यसलाई सुधार गर्न मिल्छ भने गर्नुहोला । - Nirmal Dulal ०५:३५, १० मे २०११ (UTC)

धन्यवाद निर्मल जी । "द्धारा" को प्रयोग को बारेमा म नै अनभिज्ञ थिए। मेरो कम्प्युटरमा "द्धारा' फरक देखिएको हुन सक्छ जसलाइ म सबै ठाउँमा सहि भनेर प्रयोग गरिरहेको थिएँ। अबदेखि "द्धारा" लाइ हटाइदिनेछु । सच्च्याइदिनुभएकोमा धन्यबाद। --राजेश १७:५२, ११ मे २०११ (UTC)

महिना सम्बन्धमा[सम्पादन गर्नुहोस्]

राजेशजी, विकिपेडियामा अंग्रेजी महिनाहरु सम्बन्धि धेरै कुराहरु बाँझिएका छन् (जस्तै: यहाँयहाँ हेर्नुहोस), यस्तो धेरै स्थानमा भएकोले एक/एक गरि सुधार गर्न सम्भब भएन, कृपया यसलाई हेरेर सुधार गरिदिनु होला । - Nirmal Dulal ०५:२७, १५ मे २०११ (UTC)

  • Rajeshji, There are two words एप्रिल & अप्रिल, in many article, it's confusing, so check and make it right.- Nirmal Dulal ११:०५, १५ मे २०११ (UTC)

NEPAL WEEK ON SANSKRIT WIKIPEDIA[सम्पादन गर्नुहोस्]

I, Vaibhav Jain, administrator of the Sanskrit Wikipedia, hereby declares that Nepal Week is going to be celebrated on Sanskrit Wikipedia from 18 May to 25 May. Its my request to all of you to improve the Nepal related articles on Sanskrit Wikipedia. Vibhijain ०९:४६, १७ मे २०११ (UTC)

नमस्ते श्रीमान/श्रीमती, संस्कृत विकिपीडिया १८ मेइयात २५ मेइ नेपाल सप्ताह प्रार्चति। यदा तवं इदम पर्युप-आस् इच्छति तदा संस्कृतविकिपिदिये नेपाल सम्भन्दिन् लेखा उचितम् करोतु। संस्कृत विकिपिदिये हार्दिक शुभकामनाय। Vibhijain ०९:४६, १७ मे २०११ (UTC)

Hi Vaibhav, I am glad that Sanskrit Wikipedia is organizing a Nepal week. Keep up the good work and thanks for letting me know about it. --राजेश ११:२७, २२ मे २०११ (UTC)

राजेशजी तपाईंले पनि तपाईंको आफ्नो नामको लागि Bureaucratपदमा नियुक्तिको लागि यहाँ गएर प्रस्ताव राख्नुहोस्। हामी सबै मिलेर समर्थन गर्नेछौं किन भनें कुनै पनि विकिमा एकै चोटि दुइजनाको नियुक्ति हुँदो रहेछ, यदि यसो गर्दा मात्र नेपाली विकिले Bureaucrat पाउने रहेछ, आफ्नै Bureaucrat भए धेरै कामहरु गर्न सजिलो पर्छ। नत्र पछि झन् समस्या पर्दै जानेछ। भवानी गौतम ०३:२९, १९ मे २०११ (UTC)

Done --राजेश ११:२४, २२ मे २०११ (UTC)

Where is your application for bureaucrat?[सम्पादन गर्नुहोस्]

Dear Rajeshji,

I could not trace out your application for Bureaucrat in meta wiki. Can you so us the application? --Ganesh Paudel १०:४९, ३० मे २०११ (UTC)

ब्युरोक्रेट एक्सेसका लागि समर्थन बारे[सम्पादन गर्नुहोस्]

राजेशजी नमस्ते,

नेपाली विकिपीडियाको ब्युरोक्रेट एक्सेसका लागि मैंले आवेदन गरेको छु। यहाँ गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद। --Ganesh Paudel ०६:००, १९ मे २०११ (UTC)

Done --राजेश ११:२४, २२ मे २०११ (UTC)

यसमा राय दिनुहोस्[सम्पादन गर्नुहोस्]

राजेशजी यो हेरेर राय राख्नुहोस् -भवानी गौतम ११:०८, २२ मे २०११ (UTC)

Done --राजेश ११:२४, २२ मे २०११ (UTC)


अप्रिल र फेब्रुअरी बारे[सम्पादन गर्नुहोस्]

- म राजेश जी सँग असहमत छु । अप्रिल र फेब्रुअरी बारे नेपालका दुई विस्वसनीय संचार माध्यममा छापिएका यी लेखहरू हेर्नुहोला: फेब्रुअरी फेब्रुअरी अप्रिल -Krish Dulal १६:३५, २२ मे २०११ (UTC)

Thanks for the information about अप्रिल and फेब्रुअरी। I still think that it should be एप्रिल and फेब्रुवरी and that is the way I like to pronounce April and February. The standards will be अप्रिल and फेब्रुअरी at the end. If I had to modify I will still use अप्रिल and फेब्रुअरी while I can vote for एप्रिल and फेब्रुवरी। It was just a vote on my will. Thanks for the clarification. --राजेश १७:०८, २२ मे २०११ (UTC)

राजेशजी प्रशासकको निम्ति समर्थन गरि नेपाली विकिपीडिया सर्वप्रथम प्रशासक पदमा नियुक्ति दिलाउन जुन सहयोग गर्नुभयो त्यसको लागि मेरो यहाँलाई हार्दिक धन्यवाद -भवानी गौतम १२:१८, २६ मे २०११ (UTC)

राजेशजी नमस्कार, प्रशासक बन्नु भएकोमा बधाई, र अब उसो कसो अगाड़ि बढ्ने हो भन्ने बारे एउटा Road Map तयार गर्नु पर्छ जस्तो मलाई लागेको छ। अब उसो प्रबन्धक बनाउन र प्रशासक बनाउन यस्तो खाले निवेदनको व्यवस्था मिलाएकोछु। ठीक लागे मेरो वार्ता पृष्टमा दिनुहोला। अनि विकिमा सधैं एकपल्ट यस पृष्टमा हामीले नजर लगाउँ भन्ने मेरो आग्रह छ।भवानी गौतम ०१:५२, ३ जुन २०११ (UTC)

  • राजेशजी, बधाई छ। छलफल जारी रहोस्। सफलताको लागि शुभकामना। --Ganesh Paudel ०७:४८, ४ जुन २०११ (UTC)

स्वागत प्रशासकको रुपमा। मलाई संस्कृत विकिमा पनि प्रबन्धकको पद प्राप्त भयो अहिले सम्म यतिको योगदान पनि दिएँ-भवानी गौतम १५:२३, ५ जुन २०११ (UTC)

राजेशजी, अनुवादमा लाइको स्थानमा लाई र सबै विभक्तिहरु जोडेर लेख्ने बनाउनु होला।

उदाहरण स्वरुप:

  1. राम लाइ को सट्टा रामलाई etc.
  2. राम ले को सट्टा रामले etc.
  3. घर मा को सट्टा घरमा etc.
  4. तिमी लाई को सट्टा तिमीलाई etc.
  5. हिन्दी शव्द र नेपाली शव्द एउटै हुन्छ भनें अनुवाद नगराउने व्यवस्था गर्नुहोला यसले गर्दा ढिलो अनुवाद हुँदो रहेछ,जस्तै (हिन्दीको) परीक्षा/ (नेपालीको) परीक्षा भवानी गौतम १६:०९, ५ जुन २०११ (UTC)

राजेशजी यो पढेर विचार राख्नुहोस्-भवानी गौतम १३:२३, ६ जुन २०११ (UTC)

If you have time please comment here for the progress of wiki -भवानी गौतम १४:२७, ९ जुन २०११ (UTC)

राय दिनुहोस[सम्पादन गर्नुहोस्]

राजेश जी यो] हेरेर आफ्नो राय दिनुहोस । -Krish Dulal १७:३७, ९ जुन २०११ (UTC)

प्रारम्भिक लेखहरु[सम्पादन गर्नुहोस्]

नमस्कार, प्रारम्भिक रुपमा विकिपीडियामा यी लेखहरु हुनु अति आवश्यक रहेछ। हाम्रो विकि त प्रारम्भिक स्तरको पनि भएको रहेनछ। धेरै भाषाहरुले यो पार गरि सकेकाछ्न्। अंग्रेजीको यो पनि हेर्नुहोस्। हामीले यस तर्फ ध्यान दिने बेला भो, आफ्नो बहुमूल्य समयलाई कटौति गरि ती लेखहरुमाथि कार्य गर्न हजुरलाई अनुरोध गर्दछु। -भवानी गौतम ०१:३३, १६ जुन २०११ (UTC)

बोट कसरी चलाउने?[सम्पादन गर्नुहोस्]

राजेशजी नमस्कार, बोटको बारेमा विस्तृत जानकारी सहित इमेल गर्नुहोला। लेखहरुको सुधार र लेख संख्या बढाउनमा यसको प्रयोग गर्नु पर्छ जस्तो लाग्यो।-भवानी गौतम (वार्ता) १२:५४, १८ जुन २०११ (UTC)

निलो नीलो र गोर्खा पत्र[सम्पादन गर्नुहोस्]

Puzzled see this निलो गोरखा पत्रमा अनि this नीलो फेरि पनि गोर्खा पत्रमा ! अनि कसरी हुन्छ एकरुपता? कुन छान्ने?-भवानी गौतम (वार्ता) ०६:१२, १९ जुन २०११ (UTC)

कुन हटाउने र राख्ने, तपाईंले हेरेर मिलाउनु होला, भएन भनें रिभर्ट गर्दा हुन्छभवानी गौतम (वार्ता) १०:४२, १९ जुन २०११ (UTC)

शब्दकोषमा निलो नै छ। त्यसैले निलै राखौं। गोरखापत्रको भर पर्न सकिएन त्यो आफैमा बाझिरहेछ । गुगलको पनि भरोसा भएन त्यो पनि हामि जस्तै अलमलमा छ। --राजेश (वार्ता) १०:४८, १९ जुन २०११ (UTC)

ऱाजेशी हिजो वार्तालाप पृष्ट पनि परेछ, तपाईंको सन्देश पछि हटाएँ, जतिवटामा परिवर्तन भयो हिजो भयो, पुरानो स्थितिमा ल्याउँनेछु। अहिले मैले अरु केहि परिवर्तन गरेको छैन नेपालीमा विभक्ति प्रयोगमा सबै पृष्ठमा त्रुटि रहेछ यहि गर्दैछु र केहि शव्दहरु पनि अशुद्ध छन् ति मात्र शुद्ध पार्दैछु। त्यसमा पनि संख्या पछाड़ि मा अथवा को को बीचमा स्पेस हटेछ त्यो चाँड़ै सुधार्छु, जस्तै १९७० मा हुनु पर्नेमा(होला भन्छु) १९७०मा आदि भएकोछ थोरै मात्रा तर यो भन्दा बड़ि हजारौं शव्दहरुमा विभक्ति जोड्ने काम भएको छ, धेरै शुद्धिएको छ। तपाईंको बोटबाट १९७०माetc. लाई रिभर्ट गरेर सुधार्दा विभक्तिहरु जोडेको पुरानै स्थितिमा पुगेछ यो हेर्नुहोस् है त यसमा बोलचाल को लाई मैले बोलचालको बनाएँ, यस्तै अरु पनि तर तपाईंको बोटबाट बोलचाल को , खुट्टा को बनिएछ जो अशुद्ध हो, हेर्नुहोला। कतिवटा १९७०मा etc लाई सुधारेर १९७० मा बनाउँनु भयो धन्यवाद। सुझाव दिंदै जानुहोला।भवानी गौतम (वार्ता) १३:२९, २५ जुन २०११ (UTC)


यो हेर्नुहोस्।-भवानी गौतम (वार्ता) ०४:३८, २६ जुन २०११ (UTC)

यहाँ हेर्नुहोस्-BhawaniBot (वार्ता) १२:५९, २८ जुन २०११ (UTC)

My name is Victor Grigas and I'm a Storyteller at the Wikimedia Foundation. We're exploring new ways to explain why Wikipedia is so special and we’ve started a Wikipedia Stories Project, where we’re chronicling the inspiring stories of the Wikipedia community, especially editors and active contributors in the movement like you. I'll be traveling to Wikimania next month to collect stories for our 2011 Fundraiser. While there I'd love the chance to meet with you and hear your thoughts about Wikipedia. We’ll have a schedule of available times for you to sign up if you’re interested, but right now, we’d like to make the initial contact to gauge your interest. Please let me know by emailing me at vgrigas@wikimedia.org or responding on my talk page.

thank you,

VgrigasWMF (वार्ता) २२:१३, २२ जुलाई २०११ (UTC)

राजेश सर बधाई छ तपाई लाई म यो खता मा नया हो तर राम्रो छ यस बाट धेरै कुरा सिकने आशा राखेको छू तपाई पनि सहयिग गर्नु होला भन्ने आशा राखेको छू

Invite to WikiConference India 2011[सम्पादन गर्नुहोस्]


Hi RajeshPandey,

The First WikiConference India is being organized in Mumbai and will take place on 18-20 November 2011.
You can see our Official website, the Facebook event and our Scholarship form.

But the activities start now with the 100 day long WikiOutreach.

Call for participation is now open, please submit your entries here. (last date for submission is 30 August 2011)

As you are part of Wikimedia India community we invite you to be there for conference and share your experience. Thank you for your contributions.

We look forward to see you at Mumbai on 18-20 November 2011

Mohamed ElGedawy → محمد الجداوي[सम्पादन गर्नुहोस्]

Hi, I want to change my name from: "Mohamed ElGedawy" to: "محمد الجداوي", Because i have changed my username on many wikipedias.--Mohamed ElGedawy (वार्ता) ०७:३२, १४ अगस्त २०११ (UTC)

Hi ElGedawy, it looks like its alaready done, if there is anything else please let me know. Thanks --Rajesh (वार्ता) ०८:५४, १६ अगस्त २०११ (UTC)

विकिपीडिया:स्वशिक्षा[सम्पादन गर्नुहोस्]

प्रिय मित्र, नयाँ योगदाताहरुको लागि मैले हिन्दीबाट विकिपीडिया:स्वशिक्षा पाठ अनुवाद गरेको र यसमा अझै धेरै त्रुटि रहेको हुँदा तपाईंले पनि यहाँ क्लिक गरि ती त्रुटिहरुलाई सुधार्ने कार्य गर्नुहोला।-भवानी गौतम (वार्ता) ०८:२८, ६ सेप्टेम्बर २०११ (UTC)

माफ गर्नुहोला[सम्पादन गर्नुहोस्]

हिन्दीबाट आएका कतिपय शव्दहरु परिवर्तन गर्दा नेपालीका सही शव्द बिग्रेकोमा खेद प्रकट गर्दछु, तपाईंले खोजी गरेर बताईदिनु भएकोमा धेरै धन्यवाद, नेपालीमा धेरै नैं अशुद्ध शव्दहरु छन् र बेला-बेला ईमेल आउने, नेपाली विकिमा खराबी छ, अशुद्ध शव्दहरु छन् भन्ने आलोचना पनि रहेकोले यसको निम्ति कार्य गर्नै पर्छ। पुल्लिङ्ग शव्दको अन्तमा र अव्यय शव्दहरुको अन्तमा दीर्घ मात्रा (जस्तै:- कवी, पनी, माथी, लागी, अघी, पछी, अती, भोली, सङ्ख्याको अन्तमा वां र वीं सबै अशुद्ध शव्द हुन् यिनलाई कवि,पनि,माथि,लागि,अघि,पछि,भोलि र सङ्ख्याको अन्तमा औं) बनाउनु पर्ने भएको छ, यो त उदाहरण मात्र भयो हजारौं यस्ता शव्दहरु छन् ती सबै सुधार्नु पर्ने देखिन्छ। हिन्दीबाट आएका है, होता, पहचान, की, लगता छ आदि सुधार्न काम बाँकि छ। त्रुटि भएमा बेला-बेला झक-झक्याउनु होला है।धन्यवाद-१०:३२, ७ सेप्टेम्बर २०११ (युटिसी(UTC))

राजेशजी धेरै-धेरै धन्यवाद, मैले धेरै दुःख दिएँ, माफ गर्नुहोला -भवानी गौतम (वार्ता) ०२:३२, ८ सेप्टेम्बर २०११ (युटिसी(UTC))

RajeshPandeyजी नमस्कार,
मैले यहाँ सिसअप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! सरोज (वार्ता)

मत तथा समर्थन प्रदान गरि सिसअप बन्न सहयोग पु-याउने यहाँ RajeshPandeyजी लाई धेरै धेरै धन्यवाद ! आशा छ यहाँको निरन्तर सहयोग र समर्थन रहिरहने छ, र हामी सबैको सहकार्यबाट नेपाली विकिपीडियालाई नयाँ उचाईमा पु-याइ, नेपाली भाषा संस्कृति विकासमा टेवा पु-याउन सक्नेछौँ ।विश्व मानचित्रमा फैलिएर रहेका साक्षर नेपालीभाषीलाई आफ्नो ज्ञान बाडेर सबैलाई विकास पथमा अग्रसर गराउने कार्यमा यहाको साथको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।सरोज (वार्ता) ०८:२९, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))

विकिथन बारे[सम्पादन गर्नुहोस्]

राजेशजी, दशैंको धेरैधेरै शुभकामना। साथीहरूले दशैंको बेला सबैजना फूर्सतमा हुन्छन् भनेर विकिथन गर्नका लागि तय गर्नु भएको थियो। तर चाडका बेला सबैजना व्यस्त एवं मस्त हुने देखियो।

त्यसमा पनि सरोज जी जो यसको संयोजक तोकिनुभएको थियो वहाँ पनि बाहिर नै हुनुहुन्छ। अरू साथीहरू पनि। त्यसैले घटस्थापना देखि छठ सम्मको लागि विकीथन अवधि तोक्ने र त्यसको समापनको अवसरमा चाहिँ काठमाडौंमा विशेष कार्यक्रम गर्दा उचित हुन्छ कि? भन्ने विषयमा हामी केही साथीहरूको चर्चा भएको छ। तपाँइको राय दिनुहोला। ।--Ganesh Paudel (वार्ता) १६:४०, २५ सेप्टेम्बर २०११ (युटिसी(UTC))


शुभदिन शुभसमय[सम्पादन गर्नुहोस्]

शुभ दिन र शुभ समय र दिनभरको प्रशन्नताको कामना ; --सरोज (वार्ता) ०५:२३, २७ सेप्टेम्बर २०११ (युटिसी(UTC))

Hello Rajesh! Thank you for granting bot flag and sending me an email to inform me! That's more service than anyone can expect! Especially from a 'crat on a smaller wiki! I really appreciate it. I like the idea with your translator, since I do not speak or read any hi or ne I am not sure if I should use it. I don't want to create more work for you guys. Kind regards, --Hedwig in Washington (वार्ता) १२:३२, १४ अक्टोबर २०११ (युटिसी(UTC))

Net framework initialization error[सम्पादन गर्नुहोस्]

राजेशजी नमस्कार्। विशेष नेपाली अनुवादमा अहिले पनि मेरो Windows 7 home basic OS मा Net framework initialization error देखाइरहेछ धेरै कोशिश गर्दा पनि समाधान भएन। Window XP मा त्यही Net framework 4.0 ले काम गर्छ तर यसमा गरेन, नेपाली अनुवादको Properties मा compatibility मा Windows 7 देखाउँदैन, कसो गर्नु पर्ला। भवानी गौतम (वार्ता) १२:१०, १५ अक्टोबर २०११ (युटिसी(UTC))

राजेशजी मेरो अनुवाद चलेन, उपाय गर्नुहोला भवानी गौतम (वार्ता) ०२:०१, १७ अक्टोबर २०११ (युटिसी(UTC))

यो पनि त्यस्तै भयो। चलेन। भवानी गौतम (वार्ता) १३:४५, २२ अक्टोबर २०११ (युटिसी(UTC))

विचार राख्नुहोस्[सम्पादन गर्नुहोस्]

राजेशजी यो हेरेर आफ्नो विचार राख्नुहोस्।भवानी गौतम (वार्ता) ०७:४२, २९ अक्टोबर २०११ (युटिसी(UTC))

Hello RajeshPandey, I noticed that File:Wiki.png is not protected. This is the logo used for this project, and changing this file will change the logo on all pages of this project. People with bad intension may upload a bad image to vandalise the site logo easily. Please protect this logo by only allowing administrators to upload new versions. Please feel free to leave me a message. Kind Regards. --Bencmq (वार्ता) ११:३४, २९ अक्टोबर २०११ (युटिसी(UTC))

Oh I thought the protection level would suffice. Thanks once again. --Rajesh (वार्ता) १७:४४, २९ अक्टोबर २०११ (युटिसी(UTC))

आपने कुछ समय पहले हिन्दी विकिपीडिया पर RajeshBot का प्रयोग करके 1500 से अधिक साँचे अंग्रेज़ी विकिपीडिया से कॉपी-पेस्ट किये हैं। आपने edit summary में इनका स्रोत url नहीं दिया है जिससे इनका attribution टूट गया है। साथ ही, आपने ये साँचे बिना किसी समुदाय चर्चा अथवा अनुमति के वहाँ डाले हैं। अतः, मैंने अनुरोध किया है कि इन सभी साँचों को हिन्दी विकिपीडिया से हटा दिया जाए। इस बारे में चर्चा hi:सदस्य वार्ता:Mayur#Mass Bot import of templates पर हो रही है। आप वहाँ इस सम्बन्ध में अपने विचार प्रस्तुत कर सकते हैं। धन्यवाद--Siddhartha Ghai (वार्ता) २१:४८, २ नोभेम्बर २०११ (युटिसी(UTC))

please see thisभवानी गौतम (वार्ता) १०:२३, ७ नोभेम्बर २०११ (युटिसी(UTC))

मात्री भाषामा शिक्षा ____माताको दूध आदि आदि भनेर पृष्ठहरु बिगार्ने प्रयोगकर्तालाई मैले मातृभाषा र शिक्षा पृष्ठ बनाइदिएको छु, आई पी ठेगानामा कति प्रतिबन्ध लगाउने, अर्को कुनै राम्रो लेख्ने पनि ता सो आई पी ठेगाना चलाउन सक्छ, मैले रचनात्मक ढङ्गले धेरै आई पी ठेगानाको वार्ता पृष्ठमा पनि नदिएको हैन, तपाईं हामीले प्रतिबन्ध पनि नलगाएको हैन, यसर्थ अब अर्कै बुद्धि लगाएको आखिर प्रवेश गरेर सम्पादन गर्नेलाई यो रोकले केही गर्दैन, विशेष भारतकै कसैले यो काम गर्दैछ, खाता खोलेको चार दिन पछि प्रवेश गरेर सम्पादन यी पृष्ठमा जसले पनि गर्न सक्छ। मात्र अज्ञात प्रयोग कर्तालाइ रोक लगाएको हो। भवानी गौतम (वार्ता) १५:०२, २८ नोभेम्बर २०११ (युटिसी(UTC))

अति उत्तम :) यसको यो भन्दा राम्रो समाधान नहोला । हेरौं के हुन्छ। --Rajesh (वार्ता) ०४:१३, ३० नोभेम्बर २०११ (युटिसी(UTC))

दोस्रो वा दोश्रो[सम्पादन गर्नुहोस्]

राजेश जी, दोश्रो अनि तेश्रो नभएर दोस्रो र तेस्रो नैं हुन्छ यहाँ हेर्नुहोस्। अनि ठुलो नभएर ठूलो नैं हुन्छ यहाँ हेर्नुहोस् त। अनि पाईन्छ नभएर पाइन्छ नैं हुन्छ। I am correcting according to Books and dictionaries written in Nepal भवानी गौतम (वार्ता) ०८:४५, ६ डिसेम्बर २०११ (युटिसी(UTC))

Dear Rajesh ji,

I'm glad to know about you and other Wikipedians. I have lately been active in editing and expnding wiki articles, on almost every topic. I have help expanded few Nepal related articles as well. Can you please let me know how to be a member of Wiki Chapter Nepal or wiki community Nepal.

Thanks

Regards, Salman Gurung My wiki Profile

Thank you for your suggestions dai , sure I'll take care  !--सरोज(Saroj) (वार्ता) २०:०२, १८ डिसेम्बर २०११ (युटिसी(UTC))

-Krish Dulal ०३:५२, २० डिसेम्बर २०११ (युटिसी(UTC))

--सरोज(Saroj) (वार्ता) २२:२६, २५ डिसेम्बर २०११ (युटिसी(UTC))

.